काठमाडौं १० भदौ
काठमाडौं महागरपालिकाले आज शुक्रबार त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ क्षेत्र खाली गराउने भएको छ। विभागको बेसमेन्ट पार्किङ खाली गराउन महानगर प्रमुख बालेन शाहको टोली त्यहाँ पुगेको छ।
विभागले बनाएको बेसमेन्टलाई ‘वेटिङ रुम’का रुपमा प्रयोग गरिरहेको छ । जुन पार्किङका रुपमा प्रयोग हुनुपर्ने थियो । तर, पार्किङ प्रयोजनको क्षेत्र सो प्रयोजनमा प्रयोगमा ल्याउन नसक्दा सेवाग्राहीले भने सास्ती भोग्न बाध्य भएका हुन्।
३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको हो। मेयर शाह आफैं फिल्डमा खटिएर अवैध संरचना भत्काउन निर्देशन दिइरहेका छन्।




