चितवन १० भदौ
नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले शुक्रबार जनताको साथमा काङ्ग्रेस अभियानको शुभारम्भ गरेको छ । कांग्रेस जिल्ला कार्यसमितिले शुक्रबार नारायणगढमा एक भब्य समारोहका बिच जनताको साथमा कांग्रेस अभियानको शुभारम्भ गरेको हो । शुभारम्भ समारोह तथा तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सह महामन्त्री डिना उपाध्यायले ससदिय निर्वाचन हार्ने छुट नेपाली कांग्रेसलाई नभएको बताउनु भएको छ । सह महामन्त्री उपाध्यायले आगामी मसिर ४ गते हुने ससदिय निर्वाचनमा हार खाने र हार्ने छुट नेपाली कांग्रेसको कुनै तह र तप्काका नेता कार्यकर्तालाई नभएको समेत स्पष्ट पार्नु भयो । मसिर ४ को चुनाव कुनै पनि हालतमा जित्नु पर्छ उपाध्यायले भन्नू भयो । पार्टी माथी लागेको आरोपको बारेमा जनताका माझमा गएर प्रष्ट सग कुरा राख्ने उद्देश्यका साथ अभियान चलाएको उहाँको भनाइ छ ।
जनताको साथमा कांग्रेस अभियानको लागी चितवनमा केन्द्रिय प्रतिनिधिको रुपमा खटिएर आउनु भएका श्याम कुमार घिमिरेले कांग्रेस बिना देशको भबिस्य सम्भब नरहेको प्रष्ट पार्नु भयो । नेपाली काङ्ग्रेस को राजनीतिमा चितवनका महिला नेत्री हरुको ठूलो भूमिका र योगदान रहेको पनि घिमिरेले बताउनु भयो ।




