• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

कैलालीमा व्यवस्थित बसपार्क नहुँदा सवारी पार्किङमा समस्या


  •   आइतबार, भदौ १२, २०७९ मा प्रकाशित
  • भजनी १२ भदौ 

    Advertisement

    कैलालीको भजनी नगरपालिकाको एक महत्वपूर्ण समस्या हो बसपार्क । जिल्लाको पुरानो सदरमुकामसमेत रहेको भजनीमा सवारीसाधन पार्किङका लागि बसपार्क छैन । कतै त्यस्तो अन्य निजी पार्किङस्थलसमेत छैन । बसपार्क नहुँदा सवारीसाधन सडकमै पार्किङ गर्नुपर्ने बाध्यतामा सवारी चालक छन् ।

    बसपार्क नभएकै कारण रातभर बस सडकको किनारमै पार्किङ गर्नुपरिरहेको बसचालक कृष्ण चौधरी बताउछन् । “बिहानै धनगढीका लागि भजनीबाट पालो पर्छ । राति भजनीमा बस्नुपर्छ ।” उनले भने, “रातभर बस सडकमा पार्किङ गर्नुपर्छ । रातको समयमा बसमा कसैले आक्रमण गर्ने हो कि भन्ने डर मनमा भइरहन्छ ।” खुला सडकमा बस पार्किङ गर्नुपर्दा व्यवसायी निकै डराउने गरेका छन् । उनले कैयौं सवारीधनी भजनी रुटबाट सवारी चलाउनै नमान्ने गरेको बताए ।

    रातिका समयमा कतै आफ्नो सवारीसाधन तोडफोड हुने हो कि भन्ने त्रास रातभर हुने गरेको सन्तोष कठरिया बताउछन् । “बिहानै भजनीबाट पालो परेको दिन साँझ भजनी गएर रात बस्नुपर्छ । आफ्नो बसाइ सुरक्षित भए पनि बस सडकमा पार्किङ गर्दा ध्यान रातभर सडकमै हुन्छ”, उनले भने, “बसपार्क भजनीका लागि निकै आवश्यक छ । आज बसपार्क नभएकै कारण बस व्यवसायी भजनी आउन नै मान्ने अवस्था छैन ।” अहिले भजनीबाट छोटो दूरीमा धनगढी, नेपालगञ्ज र लामो दूरीका लागि काठमाडौँसम्मका लागि बस छुट्ने गरेको छ । छोटो दूरीमा २० देखि आधा घण्टाको फरकमा बस छुट्ने गरेको छ ।

    पूर्व–पश्चिम राजमार्गको सुखडबाट करिब २० किलोमिटरभित्र रहेको भजनी पुग्ने सडकको अवस्था पनि निकै नाजुक छ । एकपटक कालोपत्र भइसकेको सडकको अहिले पुनः मर्मतसम्भार भइरहेको छ । एकातिर सडकको समस्या र अर्को पार्किङको समस्याले भजनी बजारले विकासमा फड्को मार्न नसकेको स्थानीय भोजराम चौधरी बताउछन् ।

    बसपार्क नभएकै कारण बजार क्षेत्रमा पार्किङको समस्या भएपछि दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । दैनिक सवारी चाप बढ्दै गएको छ । भजनी बजारमा व्यवसाय गर्दै आएका हरि देवकोटाको पसलको अगाडि प्रायः सवारीसाधन पार्किङ हुने गरेका छन् । पसलको अगाडि सवारीसाधन पार्किङ हुँदा व्यवसायमा समेत असर परेको उनी बताउछन् । “व्यवसायमा त असर परेकै छ, कैयौँ दुर्घटना आँखा अगाडि भएका पनि छन्”, उनले भने, “विकल्प छैन, सवारी चालक पनि रहरले नभई बाध्यताले पार्किङ गर्दै आएका छन् । ट्राफिक प्रहरी पनि निरीह बन्नुपरेको छ ।” उनले बसपार्क नभएकै कारण भजनी क्षेत्रबाट सार्वजनिक सवारीसाधनको आवागमनमा कमी आएको भन्दै त्यसलाई स्थानीय सरकारले गम्भीरताका साथ लिनुपर्ने बताएका छन् ।

    नगरपालिकाले बसपार्कका लागि महुल्याल सामुदायिक वनको खाली जग्गा प्रयोग गर्ने निर्णय गरेको थियो । सो निर्णय अहिलेको जनप्रतिनिधिले खोज्दा नभेट्टाएको नगरप्रमुख केवल चौधरीले जानकारी दिए । उनले भजनीको सबैभन्दा ठूलो समस्यामध्ये बसपार्क निर्माण नै भएको बताए । “हामीसँग जग्गा भएको भए पनि सहजै काम अगाडि बढाउन सकिने अवस्था थियो । जग्गा छैन, कहाँ, काम कसरी अगाडि बढाउने ?” उनले भने, “अहिले जग्गाको खोजी गरिरहेका छौँ । सम्भवतः जग्गा पाएलगत्तै बसपार्क निर्माणको प्रक्रिया अगाडि बढाउँछौँ ।”

    उनले बसपार्क निर्माणका लागि धेरै बजेट चाहिने र नगरपालिकाको बजेटले निर्माण सम्भव नभएको जनाउँदै यसका लागि सङ्घीय सरकारसँग समन्वय पनि भइसकेको जानकारी दिएका छन् । “हामीले सङ्घीय सरकारसँग बजेट माग गरेका छौँ, उनले जग्गा यकिन भए बजेटमा समस्या नहुने प्रतिक्रिया दिएका छन्”, नगरप्रमुख चौधरीले भने, “बसपार्कको विषयमा हामी निकै गम्भीर छौँ, लागिरहेका छौँ । आशा गरौँ बसपार्क निर्माण हाम्रै पालामा हुन्छ ।” रासस

    आइतबार, भदौ १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.