चितवन । चितवनमा मौरीको घारमा विष हालेर नष्ट गर्ने एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नम्बर ९ का बर्ष २३ का दिपेन्द्र थापा रहेका छन ।
थापाले गएको बिहिबार(भदौ ९) गते राती रत्ननगरनगरपालिका वडा नम्बर १६ बुद्धटोल स्थित प्रभा केसी थापाले सञ्चालन गरेको पशुपक्षी तथा मौरी फार्ममा दिपेन्द्रले बिष हालेर ५५ वटा घार मौरी नष्ट गरेका थिए ।
घटनाको सुक्ष्म रुपमा अध्ययन गरी प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो । विष हाल्ने थापा मौरी पालक केसीको कान्छा ससुराको छोरा( देवर) रहेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको छ । विषबाट मौरी मरेपछि केसीको ११ लाख बराबरको क्षति भएको भन्दै नेपाल मौरीपालक महासंघले दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको थियो ।
भाउजुको फार्मको ५५ वटा मौरीको घारमा विष हालेर नष्ट गर्ने देवर पक्राउ
भाउजुको फार्मको ५५ वटा मौरीको घारमा विष हालेर नष्ट गर्ने देवर पक्राउ
तपाईको प्रतिक्रिया




