• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. संघीय संसद्को बैठक बस्दै

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

माछा बिक्रीबाट मनग्ये आम्दानी


  •   सोमबार, भदौ १३, २०७९ मा प्रकाशित
  • कञ्चनपुर १३ भदौ

    Advertisement

    बेलौरी नगरपालिका–३ बन्धातालका सोवरन रानाले वार्षिकरुपमा रु तीन करोड लाख ७५ लाख बढीका माछा बिक्री गर्दै आउनुभएको छ । माछापालनका लागि उहाँले १५ पोखरी निर्माण गर्नुभएको छ ।

    ती पोखरीमध्ये उहाँले १० वटामा माछा र पाँच पोखरीमा भुरा उत्पादन गर्दै आउनुभएको छ । “माछा बिक्री गरेर मात्रै रु एक करोड ५० लाख रकम आउछ”, उहाँले भन्नुभयो, “माछाको भुरा रु १० लाखको वर्षमा बिक्री हुन्छ ।” माछा र भुरा बिक्री गरेर आएको रकममध्ये रु एक करोडको हाराहारीमा आम्दानी हुने गरेको छ । धेरै रकम माछाको चारो, जग्गाको भाडा, पोखरी व्यवस्थापन र कामदारको ज्यालामा खर्च हुने गरेको छ ।

    उहाँको पोखरीमा रोहु, नैनी, भाकुर, कमन कार्प, ग्रास कार्प, विगेट कार्प, पङ्गासिस र रुपचन्दलगायतका माछा पालिएका छन । पोखरीमा वर्षमा एक हजार पाँच सय क्वीन्टल माछा उत्पादन हुने गरेको छ । प्रति क्विन्टल माछा रु २५ हजार देखि रु ३० हजारसम्ममा बिक्री हुने गरेको छ ।

    माछापालन गरिएको १५ बिघा जग्गामध्ये आठ बिघा जग्गा रु दुई लाख ५० हजारका दरले वर्षको भाडा तिर्ने गरी लिजमा लिईएको छ । पोखरीमा उत्पादीत माछा स्थानिय बजारसँगै धनगढी र महेन्द्रनगरसम्म बिक्री हुने गरेको छ । सिजनमा तीस क्विन्टल बढी माछा भारतमा समेत बिक्री हुने गरेको छ ।

    माछापालनकै लागि किसान रानाले बैंकबाट रु एक करोड ९० लाख कर्जा लिनुभएको छ । तीमध्ये पोखरी निर्माण र अन्य भौतिक संरचना निर्माणमा रु एक करोड ५० लाख रकम उहाँले खर्च गर्नुभएको छ । अढाइ दशकदेखि माछापालन व्यवसायमा संलग्न रहँदै आउनुभएका उहाँले बाह्रै महिना घरमै बसीबसी आम्दानी गर्नसक्ने व्यवसाय भएकाले यसलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।

    “भारतीय माछासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “माछालाई खानाका रुपमा पोखरीमा राख्ने दानाको दर रेट उच्च हुँदा निकै समस्या छ, भारतीय माछा निर्वाध रुपमा भित्रिँदै आएको छ, दानाको मूल्य उच्च हुँदा कम मूल्यमै माछा बिक्री गर्नु पर्दछ ।” दानामा मात्रै वर्षमा रु एक करोड बढी खर्च हुने गरेको उहाँको भनाइ छ ।

    मानव स्वास्थ्यका लागि निकै हानिकारक मानिएको फर्मालिन नामको रसाइन हालेर भारतीय माछा भित्रिने गरे पनि नियन्त्रणको प्रयास नहुने गरेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । “डेथ बडीलाई कुहिनबाट जोगाउनका लागि त्यस्तो रसाइनको प्रयोग हुन्छ”, उहाँले भन्नुभयो, “खानै नहुने सि ग्रेडको माछा भारतबाट निर्वाधरुपमा ल्याइने गरेको छ, त्यसको नियन्त्रण हुन जरुरी छ, यसबारे उपभोक्ताले सचेत हुनसमेत जरुरी छ ।”

    माछामा लाग्ने रोग निदानका लागि ‘ल्याब टेष्ट’को व्यवस्था नहँुदा कुनै बेला रोगकै कारण माछा मर्दा निकै ठूलो क्षतिसमेत व्यहोर्न बाध्य हुने गरेको उहाँको भनाइ छ । “रानाले पशु निर्देशनालयबाट ५० प्रतिशत अनुदानमा पिकअप भ्यानसमेत पाउनुभएको छ । पिकअप भ्यान पाइएपछि माछा बेच्न, भुरा ल्याउन र चारो ल्याउन निकै सहज भएको छ, ग्राहकले अर्डर गरेअनुसारको माछा तुरुन्तै डेलिभरी गर्न सकेका छौँ”, उहाँले भन्नुभयो, “पहिला भाडाको गाडी खोजेर माछा डेलिभरी गर्नुपर्दथ्यो ।”

    व्यावसायिकरुपमा माछापालन गर्ने किसानलाई अनुदानको रकम दिनुपर्ने उहाँ बताउनुहुन्छ । पहुँचका भरमा माछा नपाल्ने खेतमा खाल्डो खनेको देखाएर अनुदान लिने कार्य भइरहेको उल्लेख गर्दै उहाँले वास्तविक माछापालन गर्ने किसानलाई मात्रै अनुदान दिइनुपर्ने बताउनुभयो । माछापालनसँगै रानाले कडक नाथ जातको कुखुरापालन र बाख्रापालन व्यवसायसमेत सुरु गर्नुभएको छ । कडकनाथ जातको कुखुरा प्रतिकिलो रु एक हजार दुई सयका दरले बिक्री हुने गरेको छ ।

    सिजनमा पाँचदेखि छ क्वीन्टल कुखुरा दैनिक बिक्री हुँदै आएको छ । किसान रानाले सञ्चालन गरेको माछा फार्ममा दैनिक १० जनाले रोजगारी पाएका छन् । “काम बढी भएका बेला बढी कामदारले काम पाउँछन”, रानाले भन्नुभयो, “निरन्तररुपमा दश जनाले काम पाएका छन् ।” उहाँले विसं २०५४ देखि निरन्तररुपमा माछापालनको कार्य गर्दै आउनुभएको छ । जिल्लामै माछापालनमा उहाँ ठूला किसानका रुपमा परिचित रहेका छन् ।

    सुरुमा दुई बिघा जग्गामा दुई पोखरी निर्माण गरी उहाँले माछापालन व्यवसायमा हात हाल्नुभएको हो । यसका लागि उहाँले बंैकबाट रु २५ लाख कर्जा लिनुभएको थियो । उहाँजस्तै नगरपालिकामा २८ किसानले व्यावसायिकरुपमा माछापालन गरेका छन् । नगरपालिकाको पशु शाखाका प्रमुख तारादत्त अवस्थीका अनुसार ठूलो मात्रामा माछापालन गर्ने किसानको सङ्ख्या छ रहेको छ ।

    “कम्तीमा एक बिघादेखि १५ बिघा जग्गामा पोखरी बनाई किसानले माछापालन गरेका छन्”, उहाँले भन्नुभयो, “माछापालनमा लागेका किसानलाई लक्षित गरी भुरा, चारो र अन्य आवश्यक उपकरणमा अनुदान दिनका लागि कार्यक्रम सञ्चालन गरेका छौँ, गत वर्षसमेत माछापालनमा संलग्नलाई पोखरी निर्माणसँगै मर्मतका लागि अनुदान दिइएको छ ।”

    माछा उत्पादनमा लागेका किसानको दक्षता वृद्धिका लागि तालिमको समेत प्रतिवर्ष मागका आधारमा व्यवस्था गरिँदै आएको उहाँको भनाइ छ । रासस

    सोमबार, भदौ १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.