• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

रातको समयमा गाउँ पसेका जङ्गली हात्तीको आतङ्क


  •   मङ्गलबार, भदौ १४, २०७९ मा प्रकाशित
  • सिन्धुली, भदौ १४

    Advertisement

    जिल्लामा जङ्गली हात्तीको त्रास बढेको छ । रातको समयमा गाउँ पसेर आतङ्क मच्चाउन थालेपछि त्रास बढेको हो । तीन वटा हात्तीले दुधौली नगरपालिकामा मात्रै वर्षको चार पटकसम्म दुःख दिने गरेको स्थानीयवासी बताउँछन् ।

    “हात्तीले कहिले कुन ठाउँमा पुगेर आतङ्क मच्चाउँछन् भन्ने कसैलाई थाहा हुँदैन, जहिल्यै त्रासमा बस्नु परेको छ”, दुधौली नगरपालिका–३ खट्टेपानीकी आइतीमाया सार्कीले सुनाउनुभयो । एक हप्तादेखि कमलामाई नगरपालिकाको वडा नम्बर ८, ९, १०, १३ र १४ मा प्रवेश गरेको हात्तीले घर भत्काउनुका साथै अन्नबाली नास गर्न थालेपछि छिमेकी वडाका स्थानीय बासिन्दाको समेत निद्रा हराम भएको छ ।

    हात्ती गाउँ पसेको जानकारी दिने भरपर्दो सूचना प्रणाली नभएकोले यस्तो समस्या भएको स्थानीय बचरी कार्की बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हात्ती गाउँमा पसेको जानकारी दिइने साइरन वा अन्य भरपर्दो सूचना प्रणाली अपनाउन सके यसबाट हुने मानवीय तथा भौतिक क्षतिमा कमी आउने थियो ।”

    गत शनिबार हरितालिका तीजको लागि कुटेर राखेको एक मुरी चामल हात्तीले खाइदिएको स्थानीय पुर्णबहादुर मश्राङ्गीले बताउनुभयो । घरको एक पाखो भत्काई थप पाँच बोरा धान नास गरिदिएको उहाँको भनाइ छ । उहाँको छिमेकी बालानन्द बरालको आइतबार राति करिब दुई कठ्ठामा लगाएको धान उखेलेर र माडेर सखाप बनाइदिएको छ ।

    “राति सुतिराखेको बेलामा तीनवटा हात्ती आएर खेतमा भर्खर मलजल गरी हरियो भएको धान माडेर मैदान बनाएर सखाप बनाइदियो । म त आँखा देख्दिन, राति हात्ती आयो भनेर सबैले हल्लाखल्ला गरेपछि थाहा भयो”, एकहत्तर बर्षिय बरालले भन्नुभयो, “हात्तीले माडेर मैदान पारेको धान अब सखाप भयो, यसको क्षतिपूर्ति पाउन पाए हुन्थ्यो ।”

    यही सात भदौँमा कमलामाई नगरपालिका–९ मा देखिएको हात्तीले हालसम्म कहाँ र कति क्षति गर्यो भन्ने एकिन तथ्याङ्क सङ्कलन भइसकेको छैन । एक सातामा हात्तीले दर्जनौं गोठ, भान्साघर भत्काउनुका साथै अन्नपात, केरा र धान खेतीमा क्षति पु¥याएको बताइएको छ ।

    जङ्गली हात्तीले गाउँमा पसेर गरेको क्षतिबारे स्थानीयले जानकारी दिएपछि कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोख्रेल आइतबार र सोमबार स्थलगत निरीक्षणमा निस्कनु भएको थियो । अनुगमनको क्रममा केही घर आंशिक रुपमा भत्काई दिएको र अन्नबालीमा नोक्सान गरेको पाइएको उहाँले बताउनुभयो । “हात्तीले नोक्सान गरेको एकिन विवरण सम्बन्धित वडालाई तत्काल सिफारिस गर्नु भनेको छु । हात्ती पीडितलाई उचित क्षतीपुर्तिको व्यवस्था हामी गछौँ”, नगरप्रमुख पोख्रेलले भन्नुभयो ।

    हात्तीको आक्रमणले पु¥याएको नोक्सानी अनुसार वडाको सिफारिसमा नगरपालिकाले तत्काल राहत उपलब्ध गराउने उहाँले आश्वास दिनुभएको छ । धेरै समयअघिबाट हात्तीको समस्या उस्तै रहेकोले यसको न्यूनिकरण गर्न सम्बन्धित निकायसँग समन्वय समेत भइरहेको उहाँले बताउनुभयो ।

    हात्तीको त्रासले गर्दा स्थानीयहरु रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन् । हात्तीको आक्रमणबाट बच्न थप सजग रहन नगर प्रमुख पोख्रेलले सबैलाई आग्रह गर्नु भएको छ । तीन वटा हात्तीको समुहले यसअघि भत्काएका घरहरुको पुनःनिर्माण सुरु नहुँदै पुनः भत्काउन सुरु गरेपछि हात्ती पीडित स्थानीय बासिन्दा चिन्तित भएका छन् । (रासस)

    मङ्गलबार, भदौ १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.