स्याङ्गजा । आगामी मंसिर चार गते हुन गईरहेको संघ र प्रदेशको निर्वाचनका लागि नेपाली काँग्रेसबाट स्याङ्जामा सयभन्दा बढीको आवेदन दर्ता भएको छ ।
दुई संघिय निर्वाचन क्षेत्र र चार प्रदेश निर्वाचन क्षेत्र रहेको स्याङ्जामा प्रत्यक्ष र समानुपातिकका लागि एक सय एक जनाले नाम देखाएका हुन् ।
आवेदन दर्ता गर्नेमा कांँग्रेस उपसभापति देखि पार्टीका प्रभावशाली नेताहरु होमिएका छन ।
क्षेत्रिय समिति र प्रदेश समितिले काँग्रेस पार्टीबाट सांसद बन्न इच्छुकहरुबाट आवेदन माग गरे पछि दुवै क्षेत्र र प्रदेशमा गरी १०१ जनाले ६ पदमा उमेद्वार बन्नका लागि आवेदन दिएका हुन् ।
नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ्, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ र युवा उद्यमी खुमाप्रसाद अर्यालले दुवै क्षेत्रमा संघिय सांसदका लागि नाम दर्ता गराएका छन् । गुरुङ र श्रेष्ठले क्षेत्र नम्वर १ बाट समानुपातिकमा पनि नाम दर्ता गराएका छन् । दुवै जनाले दुवै क्षेत्रमा उम्मेदवारीका लागि नाम दर्ता गरेपछि जिल्लामा तरङ्गगित समेत बनेकोे छ । दर्जनौको आवेदन परेपछि उपसभापतिलाई ठूलो सकस भएको छ ।
संघिय सांसदका लागि १ महिला सहित ३ जना र समानुपातिका लागि १ महिला सहित २ जना क्षेत्रले सिफारिस गरि पठाउनु पर्ने केन्द्रीय समितिले निर्देश गरेको छ ।
यसै गरी प्रदेशमा पनि १ महिला सहित ३ जना र समानुपातिका लागि १ महिला सहित २ जना पठाउनु पर्ने छ । केन्द्रीय समितिको परिपत्र अनुसार स्याङ्जाबाट संघिय सांसदका लागि ६ जना र समानुपातिकका लागि ४ जना र प्रदेश सांसदका लागि १२ जना र समानुपातिकका लागि ८ जनाको नाम सिफारीस हुनुपर्ने छ । जसका लागि स्याङ्जाबाट ३० जनाको नाम सिफारीस हुनुपर्ने छ तर आकांक्षीको संख्या १०१ पुगेपछि ७१ जनाको नाम सिफारीस गर्न प्रदेश, संघिय क्षेत्र र जिल्लालाई हम्मे हम्मे देखिन्छ ।
नेपाली काँग्रेस स्याङ्जाका प्रवक्ता भरतप्रसाद लम्सालले स्याङ्जा क्षेत्र नम्वर १ बाट प्रत्यक्ष संघिय सांसदका लागि ८ जना, समानुपातिकका लागि ३ र क्षेत्र नम्वर २ बाट १० जना प्रत्यक्ष, ४ जनाले समानुपातिकमा आकांक्षा देखाएको जानकारी दिए ।
यसै गरी स्याङ्जा क्षेत्र नम्वर १ को प्रदेश (क) बाट प्रत्यक्षमा ९ जना र समानुपातिकबाट ८ जनाले आकांक्षा देखाएका छन् भने प्रदेश (ख) बाट प्रदेश सांसदका लागि प्रत्यक्ष ८ र समानुपातिकबाट १४ जनाले आवेदन दिएका छन ।
नेपाली काँग्रेसबाट संघीय र प्रदेश सांसदको लागि आकांक्षा देखाएका उम्मेदवारहरुको नामावली.
स्याङ्जा क्षेत्र नम्बर १,संघिय सांसद प्रत्यक्ष तर्फ
१. राजु थापा २. धनराज गुरुङ
३. गोपालमान श्रेष्ठ ४. गोविन्दबहादुर रानाभाट
५. खुमाप्रसाद अर्याल ६. बुद्धिबहादुर राना
७. इन्द्रबहादुर गोदार ८ सुवोध अधिकारी
स्याङ्जा क्षेत्र नम्वर २ संघिय सांसद प्रत्यक्ष तर्फ
१. गोपालमान श्रेष्ठ २. खुमाप्रसाद अर्याल
३. शंकरप्रसाद पाण्डे ४. धनराज गुरुङ
५. खगेन्द्रराज रेग्मी ६. भोजराज अर्याल
७. सरस्वती अर्याल तिवारी ८. भागवतप्रकाश मल्ल
९. लाल गोपाल अर्याल १०. मोहनप्रसाद पाण्डे




