काठमाडौँ १५ भदौ
महाभियोग लागेसँगै निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग सिफारिस समितिको बैठकमा पुगेका छन् ।महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई एक साताअघि बयानको लागि बोलाउने निर्णय गरेको थियो।
उनलाई महाअभियोगमा रहेका २१ आरोपमा आधारित भएर प्रश्न सोधिने छ । उनीविरुद्ध गएको फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो।




