काठमाडौँ १५ भदौ
श्रृजनशील लघुवित्त वित्तीय संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपियाँ बराबरको साधारण शेयर (आईपीओ) आज भदौ १५ गते बुधबारदेखि निष्काशन खुला भएको छ ।
कम्पनीले प्रतिशेयर १०० रुपियाँ अंकित ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको हो । उक्त आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ ।
कूल ३ लाख ९३ हजार ७ सय ५० कित्तामध्ये ५ हजार ४ सय ७० कित्ता कर्मचारीहरुका लागि, १९ हजार ६ सय ९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो ।
सर्वसाधारणका लागि छुट्याएको आईपीओ ३६ हजार ८ सय ५९ जनाले मात्र १०–१० कित्ता पाउने छन् ।




