• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

स्वास्थ्यकर्मीलाई पञ्जाधिकारीको जिम्मेवारी


  •   बुधबार, भदौ १५, २०७९ मा प्रकाशित
  • म्याग्दी १५ भदौ

    Advertisement

    सिएमए अजय यादव म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको स्वास्थ्य चौकीमा कार्यरत हुनुहुन्छ । तर यादवले स्वास्थ्य सेवाका साथसाथै स्थानीय पञ्जाधिकारीको काम गर्दै आउनुभएको छ ।

    कारण हो, वडामा सचिव नहुन् । पेशा, अध्ययन र अनुभव स्वास्थ्यसम्बन्धी भए पनि वडा सचिवको प्रशासनिक काम गर्नुपर्दा समस्या झेल्नुपरेको उहाँको भनाइ छ । म्याग्दीका १८ वटा वडा कार्यालयमा सचिव नहुँदा स्थानीय तहले पञ्जाधिकारीको जिम्मेवारी स्वास्थ्यकर्मी र प्राविधिक सहायकलाई दिएका छन् । जन्म, मृत्यु, बसाइँसराइ, विवाह, दर्ता र सम्बन्ध विच्छेदको काम गर्ने वडा सचिवको काम स्वास्थ्यकर्मीलाई दिइएको हो । दोहोरो जिम्मेवारीले काम गर्न समस्या भएको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् ।

    स्वास्थ्य र वडा कार्यालयसँगै नभएको ठाउँमा सेवाग्राहीले भनेको समयमा सेवा पाउन समस्या छ । स्वास्थ्य संस्थामा बिरामीको उपचार, परामर्श, औषधि वितरण र नियमित प्रशासनिक काम प्रभावित बनेको छ । म्याग्दीका छ वटा स्थानीय तहमा ४५ वडा छन् । धवलागिरि गाउँपालिकाको वडा नम्बर १, ४ मालिकाको २, ३ र ४, मङ्गलाको १, ३ र ४, रघुगङ्गाको ४, ६ र ७ तथा अन्नपूर्ण गाउँपालिकाको २ र ८ नम्बर वडा कार्यालयमा सचिव छैनन् ।

    धवलागिरिको ६, मालिका गाउँपालिका–७ बिम, रघुगङ्गा गाउँपालिका–८, अन्नपूर्ण गाउँपालिकाको ३ र ४ नम्बर वडाको सचिवको जिम्मेवारी प्राविधिक सहायकलाई दिइएको छ । धवलागिरि गाउँपालिकाको वडा नम्बर ४ मुदीमा आन्तरिक लेखा परिक्षक तिलक पौडेललाई वडा सचिवको जिम्मेवारी दिइएको छ ।

    गाउँपालिकाको आन्तरिक आम्दानी, खर्च प्रणालिलाई चुस्त, व्यवस्थित र पारदर्शी बनाउनुपर्ने जिम्मेवारी भए पनि वडा सचिवको रुपमा पञ्चाधिकारीको काम गर्नुपरेको पौडेलले बताउनुभयो । स्थायी दरबन्दीका कर्मचारीले मात्र पञ्जाधिकारीको काम गर्नुपर्ने व्यवस्था भएकाले स्वास्थ्यकर्मीलाई जिम्मेवारी दिनुपरेको मालिका गाउँपालिकाका प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताउनुभयो ।

    “भौगोलिक विकटताले एउटै सचिवलाई दुई वटा वडाको जिम्मेवारी दिन पनि सम्भावना छैन”, उहाँले भन्नुभयो, “अरु विकल्प नभएपछि स्वास्थ्यकर्मी र प्राविधिक सहायकलाई वडा सचिवको जिम्मेवारी दिनुपरेको हो ।” दुई वर्षअघि प्रदेश लोकसेवा आयोग उत्तीर्ण गरेर स्थानीय तहमा आएका कर्मचारी घरपायक र सुविधायुक्त ठाउँमा सरुवा भएर जान थालेपछि ग्रामीण र दुर्गम क्षेत्रका वडा तथा पालिकामा जनशक्ति अभाव हुन थालेको हो ।

    लोकसेवा उत्तीर्ण भएर आउने प्रशासनिक र प्राविधिक जनशक्ति केही समय काम गरेपछि आफूलाई पायक पर्ने र सुविधायुक्त ठाउँमा सरुवा भएर जाने गरेका छन् । जिल्लाकै जनशक्ति कम छन् । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकामा लेखा, शिक्षा, योजना अधिकृत र इञ्जिनीयरको दरबन्दी रिक्त भइसकेको छ ।

    मंगला गाउँपालिकामा शिक्षा अधिकृत नहुँदा शिक्षकको आन्तरिक मूल्याङ्कन प्रभावित हुदाँ वृत्ति विकासमा असर पुगेको शिक्षक हुमनाथ पाण्डेले गुनासो गर्नुभयो । धवलागिरिबाट हालै मंगला गाउँपालिकामा सरुवा हुनुभएका प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले जनशक्ति अभाव म्याग्दीको सेवा प्रवाहमा प्रमुख चुनौतिका रुपमा रहेको बताउनुभयो । “बाहिरी जिल्ला घर भएका कर्मचारी सकेसम्म म्याग्दीमा आउन नमान्ने, आए पनि छिट्टै सरुवा भएर जाने गर्छन्”, उहाँले भन्नुभयो, “दीर्घकालीन समस्या समाधानका लागि जनशक्ति उत्पादन गर्न नयाँ पुस्तालाई सरकारी सेवाप्रति आकर्षित गराउनुपर्ने देखिन्छ ।”

    विकास निर्माणका कामलाई गुणस्तरीयता प्रदान गरी बजेट समयमै खर्च गर्न स्थानीय तहलाई कर्मचारी अभावले समस्या भएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । लोक सेवा आयोगमा मागिएको स्थायी दरबन्दी पदपूर्ति नहुँदासम्मका लागि करारमा कर्मचारी नियुक्त गर्न लागिएको उहाँले बताउनुभयो । रासस

    बुधबार, भदौ १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.