चितवन । पार्टीभित्रको बेथिती वारे खरो रुपमा उत्रिने काँग्रेसका युवा नेता सुवोध प्रधानले प्रदेश सभा सदस्यमा आवेदन दर्ता गराएका छन् । बाग्मती प्रदेश सभा सदस्यका लागी चितवन क्षेत्र नम्बर २ (क) बाट समानुपातिक तर्फ उनले नाम दर्ता गराएका हुन् । पार्टीलाई विकास , रचनात्मक बाटोमा अघि बढाउन र आवाज उठाउन प्रदेश सभा सदस्य हुन उनले खोजेका हुन् । पार्टीको क्षेत्री य समितिमा उनले बुधवार आवेदन दिएका छन् ।
उनी विभिन्न चुनावी क्रममा अग्रपक्तिमा खटिदै आएका छन् । २०७० सालमा शुशिल कोइराला चितवनबाट निर्वाचन लड्दा प्रधान अग्रमोर्चामा खटिएका थिए । सानै उमेर देखि उनी पार्टीको गतिविधिमा सक्रिय छन् । वुवा श्यामकृष्ण प्रधानको प्रेरणाबाट राजनितीमा लागेका उनी पार्टीका विकृति र विसंगतिका विरुद्ध आवाज उठाउदै अआएका छन ।
उनका वुवा श्यामकृष्ण र विपी कोईराला घनिष्ठ साथी हुन् । प्रधानकै घरबाट कोइरालाले राजनैतिक रणनिति तयार गर्थे । त्यसैबेलादेखी उनमा विपीको प्रभाव परेको थियो । त्यसबेलादेखी नै उनी पार्टीमा सक्रिय थिए । सानै उमेरमा राजनितिमा चासो राखेका प्रधान पार्टीलाई जनतामुखी बनाउने अभियानमा छन् । उनलाई पार्टीमा स्पष्ट र खरोबक्ताका रुपमा सबैले चिन्छन् ।
उनी काँग्रेस निकट लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष हुन् । साथै उनी नेपाल तरुणका पूर्व केन्द्रीय सदस्य हुन् ।




