• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

विपीका विश्वास पात्र पाण्डेको सांसद बन्ने धोको


  •   शनिबार, भदौ १८, २०७९ मा प्रकाशित
  • सूर्यप्रसाद अधिकारी, चितवन । राजनीतिमा चुनौतीमात्र हुँदैन सेवा गर्ने अवसर पनि हुन्छ । अवसर विनाको राजनीतिले आफूले चाहेजस्तो परिणाम ल्याउन सक्दैन । ‘नाम होस कि बदनाम तर गुमनाम नहोस’ भन्ने भनाई सबैको लागि चरितार्थ नहुन सक्छ राजनीतिमा । तर राजनीतिमा यस्ता मान्छे पनि भेटिन्छन् जसको नाम हुन्छ , न बदनाम , न त उनीहरुसँग दाम नै तर केवल योगदानमात्रै । उनीहरु केवल कामको लागि भोका हुन्छन् लाभका लागि होइन । महाभारतमा श्रीकृष्णले भने झैं निष्काम कर्मबाट प्रेरित हुने मान्छे राजनीतिमा त झनै दुर्लभ छन् । त्यस्तै दुर्लभ मध्येका एक हुन् भरतपुर नगरपालिका वडा नम्बर २ , क्षेत्रपुर निवासी ऋषिराज पाण्डे ।

    Advertisement

    उमेरले ७ दशक नाघ्दा पनि उही जोश, उतिनै फूर्ति अनि उत्तिनै उर्जा पनि । पाण्डेले आफ्नो सम्पूर्ण जीवन पार्टी र देशको लागि खर्चे । तर कहिल्यै महत्वपूर्ण अवसर पाएनन् वा त्यसका लागि मरिहत्ते गरेनन् । अवसरको लोभमा कहिल्यै आफ्नो स्वाभिमानलाई साटेनन उनले । राजनीतिको नशा अझै छ उनीमा र उनले हिम्मत हारेका छैनन । देशका लागि केही गर्छु भन्ने अठोटका साथ अझ सक्रिय राजनीतिमा होमिने अठोट गरेका छन उनले ।

    नेपाली काँग्रेसका शिर्ष नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्राई, गिरीजा प्रसाद कोइरालाको सामिप्यमा रहेर कैयौ बर्ष बिताए उनले । आज ती शिर्ष निेता यो धर्तीमा त छैनन तर इतिहासको साक्षीका रुपमा उनी अझैपनि सक्रिय जीवनमा छन् । क्रियाशील पार्टीको पहरेदारको रुपमा परिचित छन् ,उनी अहिलेको नयाँ पुस्ताको लागि जिउँदो इतिहास हुन् ।

    वनारसमा विपी लगायतका नेतासँगको उठवस देखि नेपालमा आएर पार्टीको लागि सक्रिय भएका वेला उनले मोलेका जोखिम अहिलेका कुनै वरिष्ठ नेताको भन्दा कम छैन । पञ्चायतको चरम दमनको बीचमा पनि उनको प्रजातन्त्र प्रतिको आस्थामा कहिल्यै कमी आएन । त्यतिबेलाको समय पञ्चायत र दरबारको दबदबा थियो । जनतालाई दमन गर्नु , स्वतन्त्रता रुपमा बोल्न नदिनु त्यति बेलाको शासकका प्राथमिकतामा पथ्र्यो । तर केही राष्ट्रसेवक , देशप्रेमी केही नेता पनि थिए जसले कुनै न कुनै रुपमा जनताको आवाज उठाईरहन्थे । ‘तर उठाएर के गर्नु जति कराएपनि जति चिच्याएपनि त्यो सबै निरर्थक बन्थ्यो त्यतिबेला ।

    ‘हामीले कहिले कुनै कुनामा कुनै ठाउँमा पञ्चायत विरोधी, राजा विरोधी केही बोल्यो कि लगेर जेलमा कोचिहाल्थ्यो’ पाण्डे सुनाउँछन् । २०२६ सालमा उनी त्यतिखेर काठमाडौमा कमर्स पढ्थे ।
    जीवनको ७० औं बसन्तमा पनि उनलाई आफ्नो जीवन भन्दा देशकै चिन्ता छ ।

    गोर्खाको दुर्गम गाउँ खोप्लाङ्मा उनको जन्म भयो । बाबु अदालतको विचारी पदमा , प्रशस्त जग्गा जमीनले गर्दा पनि ५ जना दाजुभाई ४ दिदी बहिनी भएका उनका बुबालाई परिवारको पालनपोषणमा कमी थिएन । सानैदेखि विपिका किताव खोजेर पढ्ने बानी परेका ऋषिलाई भने गोरखाको त्यो गाउँ साँघुरो हुँदै गयो । २०२५ सालमा एसएलसी दिएपछि उनको गन्तव्य बन्यो काठमाडौं । ‘मैले पहिलेनै एसएलसी पास गरेपछि काठमाडौंमैं त्यही पढ्दै गर्ने राजनीतिमा पनि सक्रिय रहने विचार काठमाडौं हानिएको हुँ ’ उनले आफ्नो राजनीतिका शुरुवाती दिन सम्झे । क्याम्पसको पढाईसँगै शुरु भयो उनको राजनीतिक यात्रा पनि ।

    त्यसपछि त्यतिबेलाका चर्चित नेता मार्सल जुलुम शाक्य लगायत अन्य साथीहरूसँग उनको भेट भयो । भेटसंगै घनिष्ठता पनि बढ्दै गयो । त्यतिबेला कृष्ण प्रसाद भट्टराई पनि प्रतिबन्धित काँग्रेस पार्टीको मुल राजनीतिमा उक्तिकै सक्रिय थिए । शाक्यसँग संगत गर्दै जाँदा भट्टराईको नजरमा पनि उनी परे । ‘म शुरुमै क्याम्पसको स्ववियु निर्वाचनमा उठें , जितेंपनि ’ उनले आफ्ना राजनीतिक फड्को बारे सुनाए । त्यसपछि उनको सक्रियता झनै बढ्दै गयो । सबै नेताको प्रीय र विश्वासिला पात्र बन्न सफल भए उनी ।

    त्यसको केही समयपछि नेपाल विद्यार्थी संघ स्थापना गर्ने र त्यसको केन्द्रिय समिति निर्णय गर्न निर्वाचनको तयारी थालियो । ‘यसको लागि हामीले पशुपतिनाथ पारीको मन्दिर , कहिले स्वयम्भुको जंगल रोज्ने गथ्र्यौ,कहिले किलागलको गोप्य कार्यालय ’ उनी भन्छन् । आखिरमा केन्द्रिय महाधिवेशन त्रिभुवन विश्वविद्यालयमा भयो उनी मार्सल जुलुम शाक्यको प्यानलबाट केन्द्रिय सदस्यमा निर्वाचित भए । ‘म नेविसंघको संस्थापक केन्द्रिय सदस्य हुँ ’ गर्व गर्छन उनी ।

    त्यतिबेला विपी कोइराला र गणेशमान सिंह वनारसमै बसेर विरोधको विगुल फुक्थे । नेता कार्यकर्तालाई निर्देशन दिने गर्थे। त्यतिनै बेला भारतमा चुनावी सरगर्मी चलेको थियो । यसै शिलशिलामा उनी १९७१ तिर चुनावी माओल बुझ्न भारत भ्रमणमा निस्के पाण्डे । त्यहाँ नै विपी कोइरालासँग उनको भेट भयो । ‘मैले उहाँलाई राम्रोसँग बुझेको तर मलाई उहाँले पहिलो पटक देख्नुभएको । मेरो अनुहार देख्ने बित्तिकै म कस्तो छ भनेर थाहा पाईहाल्नुभयो ।’उनले विपिको पहिलो भेटबारे सविस्तार गरे। केही साथीहरुसँग भारत भ्रमणमा निस्केका उनलाई भने विपिले तत्काल नेपाल फर्कन रोके। ‘मलाई बढी विश्वास गरेर होकि के हो थाहा भएन । काम छ तिमी यहींँ बस्नु केही दिन भन्नुभयो’ विपिको भनाई सम्झिर्दै उनले भने ।
    त्यतिबेला सुर्वणशमशेर कलकत्तामा आफ्नै घरमा बस्थे । तात्कालिन भारतका प्रधानमन्त्री ईन्दिरा गान्धी लगायसँग भेट गर्ने मौका मिल्यो घुम्ने क्रममा ।विपिले भनेका अह्राएका काम तत्काल शिरोधार्य गर्ने उनले सजिलै विपिको मन जित्दै गए । ‘काठमाडौंमा पढ्दै गरेको मलाई तिमीले मलाई सहयोग गर्नुपर्छ । यही पढ भनेर पो भन्नु भयो’ पाण्डे सुनाउँछन् ।

    त्यसपछि उनी वनारसकै एउटा विश्वविद्यालयमा अध्ययन गर्न गए । ‘म कलेजको कक्षा सकाएपछि उहाँसँगै हुन्थे, उहाँले अह्राएको काम र राजनीतिक कार्यक्रममा जाने गर्थें ।’ विपिले गरेको विश्वास अझैपनि उनले बिर्सेका रहेनछन् ।
    शुरुवाती क्षणमा विपिसंँगै खाने बस्ने गरेपनि त्यसको केही दिनपछि भने उनलाई विपीले नजिकै एउटा धर्मशालामा कोठा व्यवस्थापन गरिंदिए । ‘शैलजा दिदी, गणेशमान हामी एउटै भान्सा गथ्र्यौ’ वनारस बसाईबारे उनी थप्छन् ।

    विपि वनारस भएपनि उनले नेपालको राजनीतिक गतिविधिलाई राम्रोसँग नियालिरहेका हुन्थे । हरेक कुराको सूचना विपिसँग तत्कालनै आईपुग्थ्यो । एकदिनको कुरा हो विपिले उनलाई गोर्खा गएर त्यहांँको सुरक्षा अवस्था र सुरक्षाकर्मीको तथ्यांक ल्याउन आदेश दिए । गोर्खा जन्म घरभएपनि उनलाई गोर्खाको बारे त्यति बिस्तृत विवरण भने थाहा नभए पनि उनले हुन्छ भनिदिए ।

    अजिंगरको आहारा दैबले पुरयाउंँछ भने झैं उनी वनारसबाट फर्केर सिधै गोर्खा पुगे । बाटोमा आफ्नो कामको जिम्मेवारी कसरी पुरा गर्ने सोच्दै आएका उनको त्यतिखेर आफ्नै मामा गोर्खाको सिडीओ कार्यालयमा सुब्बा पदमा काम गर्छन भन्ने थाहा थियो । ‘म दिउसोतिर मामाको अफिस जान्थे , मामासंँगै कुरा गर्ने गर्थे तर म किन के को लागि गएको भन्ने मामालाई पनि थाहा दिएको थिइन । उनी भन्दै गए ‘त्यसपछि मामासंँग सुरक्षाकर्मी संख्या, अवस्थाबारे जिज्ञासा राख्दै तथ्यांक लिन थालें । त्यसपछि त्यो विवरण बोकेर एक महिनापछि वनारस पुगेर विपिलाई बुझाएँ । त्यसपछि त मलाई झननै विश्वास गर्नुभयो। अरुलाई बरु धेरै बस्न भन्नुहुन्थेन मलाई एकदम माया गर्ने ।’ उनी भन्छन् ।
    विपिले अह्राएको काम उनले फत्ते गरेपछि फेरी एकदिन उनलाई विपिले अर्को काम लगाए । ‘तिमी यो एउटा तरुण पत्रिका र एउटा चिठ्ठी बोकेर काठमाडौं जानु र कसैले थाहा नपाउने गरी ऋषिकेश शाहलाई दिनु ।’ विपीको भनाई अहिले पनि ताजै छ उनमा । त्यति बेला ऋषिकेश शाहको दरबारमा राम्रो सम्पर्क थियो र त्यहांँको सबै गतिविधि विपिलाई पुरयाउंँथे । उनी पनि विपीको विश्वासिला पात्र थिए । शाह कहिले काहीँ भारतका विश्वविद्यालयमा ‘गेष्ट लेक्चर’ भएर जांँदा हुँदा भेट गर्ने गर्थे । त्यसैले विपीले नै उनलाई दरबार राख्ने प्रपञ्च मिलाएका थिए रे ।

    पाण्डे त्यसको भोलिपल्टनै तरुण पत्रिका र चिठ्ठी बोकेर काठमाडौं फर्के । ‘पत्रिकाको बारेमा त थाहा थियो तर चिठ्ठीमा के थियो मलाई थाहा थिएन ’ उनी भन्छन ।
    पाण्डे काठमाडौं आउने वित्तिकै त्यो पत्रिका र चिठ्ठी जस्ताको तस्तै ऋषिकेश शाहलाई दिए । तर त्यसको भोलिपल्ट पत्रिका दरबारमा पुगेपछि भने त्यहाँ हंगामा भयो । पाण्डेलाई शाहले आफ्नो घरमा २, ४ दिन लुकेर बस्न सुझाए । त्यहिदिन फेरी तात्कालिन मन्त्री प्रयागराज सिंह माथि बम प्रहार भयो । त्यसपछि झन् ठुलो हंगामा मच्चियो । ‘भारतबाट कोही सुराकी आएको हुनुपर्छ भनेर दरबारियाले शंका गरे,’ पाण्डे भन्छन् ।

    त्यसको केही दिनपछि शाहले आफ्नै गाडीमा पाण्डेलाई वनारस फर्कन थानकोट सम्म पुरयाए । ‘त्यतिबेला गाडी पनि त्यति थिएनन म ट्रकमा चढेर बाइरोडको बाटो भारतको सीमा हुँदैसिधै वनारस पुगें ’ पाण्डे जोखिम मोलेर काम फत्ते गरेकोमा गर्व गर्छन् ।
    २०३२ सालमै चितवन झरेर स्थायी बसोबास गर्दै आएका पाण्डे कहिले भारत कहिले नेपाल गरेर आउने जाने गर्थे । नेपालबाट गएका नेताहरु, गणेशमान, कृष्ण प्रसाद भट्टराई , शैलजा आचार्य लगायतसँग नेपालमा परिवर्तन ल्याउनु पर्छ , प्रजातन्त्र ल्याउनु पर्छ भन्ने घनिभुत छलफल हुने गथ्र्यो । पञ्चायत र शाह वंशको दमन र दबाब कारण विपी निकै चिन्तित बन्थे । तर निकास तत्काल निक्लने छाँट थिएन ।

    त्यसको केही बर्षपछि ओखलढुंगा काण्ड भयो कांँग्रेस कार्यकर्ता धेरै मारिए । ‘त्यसपछि वीपी नेपाल फर्कने निधो गर्नुभयो २०३३ सालमा तर त्रिभुवन विमानस्थलमा आउने वित्तिकै गणेशमान सहित उहांँ पनि गिरफ्तारीमा पर्नुभयो । ’पाण्डे भन्छन । गिरफ्तारी गरेको केही समयपछि फेरी उनीहरु जेलमुक्त भए । शीर्षनेताहरु बीच फेरी प्रजातन्त्र प्राप्तीको लागि छलफल बैठक हुन्थ्यो । अब शान्त तरीकाले बिद्रोह गर्ने । २०३६ सालमा जनमत संग्रह भयो । पाण्डेलाई भरतपुरको जिम्मा लगाईयो । ‘म भरतपुर संयोजक भएंँ सशस्त्र क्रान्तिको बेला’ उनले भने । त्यसपछि उनी भरतपुर नगरपालिकाको कांँग्रेसको पहिलो नगर सभापति पनि भए ।

    त्यतिबेला प्रतिबन्धित नेपाली कांँग्रेस जिल्ला कार्य समिति थियो । उनी त्यसबाट यता लगातार तीन पटक सम्म जिल्ला उपसभापति भए । उनलाई तात्कालिन भरतपुर नगरपालिकाको मेयर बन्न मन थियो तर उनलाई उपमेयरमा लड्न अनुरोध गरियो । ‘मैले मेयर पाइन मुक्तिलाल चुकेजी पाउनु भयो त्यसपछि मेरो सट्टामा जगन्नाथ पौडेलजीले उपमेयर हुनुभयो,’ उनी गुनासो गर्छन । महत्वपूर्ण अवसरबाट वञ्चित रहेका उनलाई त्यतिबेला कहिले कुन पद र कुन स्थानमा हुत्याईन्थ्यो थाहा नै हुन्थेन । ‘मैले न खुरापाती जानें नत चाकरी जानें । त्यसैले म राजनीतिमा पछि परें ’ उनको बुझाइ छ ।
    प्रजातन्त्रको लागि उनी कैयौपटक काठमाडौ, चितवन , गोर्खामा धरपकडमा परे, गिरफ्तारीमा परे, चितवनबाट गोर्खा धपाईए तर उनले प्रजातन्त्रको लागि कसैसंँग सौदाबाजी गरेनन् । ‘मलाई एकपटक भाषण गर्दागर्दै प्रहरीले गिरफ्तार गर्यो अनि तात्कालिन सिडीओले चितवन छोड् भने, त्यसको अघिल्लो दिन मैले भारतबाट ल्याएका सबै तरुण पत्रिका रातभरी नारायणगढमा छरेर बिहानै भरतपुर एयरपोर्टबाट गोर्खा गएंँ । यो कुरा कसैलाई पनि पत्तै भएन ।’ उनीसंँग यस्ता घटनाका श्रृंखलानै छ ।
    तर विपी, किसुनजीको निधन पछि भने उनी टुहुरो जस्तै भए , छन् पनि । नेपालमा प्रजातन्त्रको लागि दशकौं देखि योगदान गरेका पाण्डे आज गुमनाम जस्तै बनेका छन । कमैले चिन्छन कमैले बुझ्छन उनलाई । हुनत उनले कैयौ पदका अवसर पाउँदा पनि त्यसको लागि मरिहत्ते गरेनन । ‘म कस्तो मान्छे भने अरुले तपाईनै बस्नु पर्छ हुनुपर्छ भने मात्र पद र अवसर लिन्थें । साथीभाईको चाहनालाई कहिल्यै कुण्ठित गरिन ।’राजीनितीमा त्याग पनि हुनुपर्छ भन्ने कुरा उनलाई राम्रो संँग थाहा रहेछ ।
    तर अहिलेको राजनीति अभ्यास र पछिल्लो राजनीति गतिविधि प्रति भने वितृष्णा छ उनलाई । ‘अहिलेको राजनीति लाई के राजनीति यो लाजनीति हो। पद पाउन मरिहत्ते गर्ने पाएपछि नातावाद र भ्रष्टाचारमा लिप्त हुने ’ चिन्तित हुन्छन उनी । धेरै बर्षको राजनीतिक उत्तारचढाव खेपेका उनलाई यसपटकको संघीय निर्वाचनमा भने चितवनको क्षेत्र नम्बर २ (ख) बाट चुनावमा सहभागी हुने ईच्छा भएको र हालै मात्र समानुपातिक बाट आवेदन दिएका छन् । ‘म यसपटक क्षेत्र नम्बर २ (ख) बाट समानुपातिकमा नाम दर्ता गराएको छु । यसमा पार्टीले मेरो आवश्यकता ठान्छ जस्तो लाग्छ मलाई’ उनको आशा अझै मरेको छैन ।

    ‘पछिल्लो राजनीति घटना क्रम र परिवर्तनका कारण युवाहरु राजनीतिमा आकर्षण भईरहेका बेला पाण्डे जस्ता प्रजातन्त्रका सेनानी , अनुभवी, निष्ठावान नेतालाई पार्टीले एकपटक भएपनि मौका दिएर न्याय गर्लात ? त्यो भने हेर्न बाँंकी नै छ ।’

    शनिबार, भदौ १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.