काठमाडौं २० भदौ
प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताएका छन् ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार महारथी शर्माको कार्यालयमा भएको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको हो।नेपालको पाँच दिने भ्रमणको सिलसिलामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतबार काठमाडौं आइपुगेका हुन् ।




