• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ६. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

अन्नपूर्ण पदमार्ग : यात्रा छोटियो तर सास्ती घटेन


  •   सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
  • मनाङ २० भदौ 

    Advertisement

    नेपाल भित्रिने बाह्य पर्यटकको रोजाइमा हिमाली जिल्ला मनाङ पर्दछ । विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको १०औँ स्थानमा परेको मनाङको अन्नपूर्ण पदमार्गमा पर्यटक आउने अनुकूल समय अब सुरु भएको छ ।

    यहाँ आउने विश्वका पर्यटक यसै पदमार्गलाई गन्तव्य बनाएर आउने गर्दछन् । उनीहरु यो पदमार्गको यात्राका लागि लामो तालिकासहित आउँछन् । तर अहिले भने उनीहरुको यो तालिका फरक भएको छ । तय गरिएको तालिकाभन्दा पहिले नै यात्रा सकिने गरेको छ ।

    लमजुङको सदरमुकाम बेँसीसहरदेखि सुरु हुने पदमार्गको यात्रा छोटो समयमा पूरा गर्न सकिने भएको छ । अब बेँसीसहरबाट चामे–खाङ्सारसम्म यात्रालाई छोटो बनाउँदै जीपको माध्यममार्फत पुग्न सकिने र तोकिएको समयभन्दा छिटो नै यात्रा पूरा गर्न सकिनेगरी अन्नपूर्ण पदमार्गको यात्रा छोटिएको छ । काठमाडौँ वा पोखराबाट एकै दिनमा मनाङ पुगेर अन्नपूर्ण पदमार्गको यात्रा तय गर्न सकिने पर्यटकको भनाइ छ ।

    विश्वका पर्यटकको रोजाइमा मनाङ ङिस्याङ गाउँपालिका–८ थोराङ्ला भञ्ज्याङ पर्दछ । विगतमा थोराङ्ला पार गर्न १८ दिन लाग्थ्यो । तर अहिले यो यात्रा सडक सञ्जाल विस्तारसँगै छोट्टिएको छ । मनाङ सडक सञ्जालसँग जोडिएसँगै पदमार्गको दूरी पनि घटेको हो । माथिल्लो मनाङ, खाङ्सारसम्म सवारीमार्फत सहजरुपमा एकै दिनमा पुग्नसक्ने भएपछि पदमार्गको यात्रा छोटिएको स्थानीय बताउँछन् ।

    अहिले माथिल्लो मनाङसम्म सवारीमा यात्रा गरेपछि तीन दिनमा थोराङ्ला पार गर्न सकिन्छ । यसरी यात्रा गर्दा लेक लाग्ने सम्भावना भने बढी हुने गरेको उनीहरु बताउँछन् । कम उचाइबाट एकसाथ आएका पर्यटक उच्च स्थानमा अक्सिजनको अभावले लेक लाग्ने गरेको उनीहरु बताउँछन् । यात्रा सहजरुपमा सक्ने लक्ष्यसहित बाह्य तथा आन्तरिक पर्यटक आउने गरेको स्थानीय बताउँछन् ।

    लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्लालाई एउटै मार्गले फूलको माला झैँ गरी जोडेको छ । यसै मार्गलाई गन्तव्य बनाएर आउने बाह्य पर्यटकले १८ दिनमा पूरा गर्ने पदमार्गको दूरी अहिले घटेको छ । सडक सञ्जालले जोडिएसँगै केही स्थानमा पर्ने यो पदमार्ग नै देखिँदैन । सडकले जोडिएकाले कतिपय मार्गमार्फत् हिँड्नुपर्ने अवस्था नै रहँदैन ।

    कहीँ मोटरेवल सडक सञ्जालले पदमार्गमा हिँड्न अप्ठ्योरो पनि पर्ने गरेको छ । यसले गर्दा पनि पदमार्ग छोटिन थालेको हो । पदमार्गसँगै सडक सञ्जाल सञ्चालन हुँदा पदयात्रीले सास्ती भने बेहोर्नु परेको छ । यसले गर्दा पदयात्री सवारीको प्रयोग गर्न बाध्य भएका छन् । पदमार्ग र सडक सञ्जाल फरक भएमा मात्र पदयात्रीलाई सहज हुने पर्यटकको भनाइ छ ।

    लामो तालिका बनाएर अन्नपूर्ण पदमार्गको यात्रामा आएकी फिनल्याण्डकी नागरिक निया बताउनुहुन्छ भन्नुहुन्छ, “सडक सञ्जाल विस्तार भएको राम्रो हो । पदमार्ग मासिनु हँुदैन । पदयात्रा गर्न आउने पर्यटकलाई साँघुरो सडक सञ्जाल त्यसैमाथि पदमार्ग जोडिदा यात्रा गर्न कठिन हुने रहेछ । यसलाई मनाङवासीले ध्यान पु¥याउँदै संरक्षण गर्नुपर्छ”, नियाले भन्नुभयो ।

    पदमार्गमार्फत् हिँड्ने क्रममा सडकमा धुलो र हिलोले गर्दा सास्ती बेहोर्नु परेको उहाँको अनुभव छ । सडक र पदमार्गलाई फरक तवरबाट संरक्षण गर्न सकिएमा सहज हुने र यात्रीलाई पनि आनन्दले यात्रा गर्ने वातावरण बन्ने पर्यटकको भनाइ छ । मुस्ताङ जिल्लाबाट भने थोराङ्ला जाने केही तल्लो भागसम्म सडक सञ्जाल विस्तार गरिसकिएको छ । उता मनाङपट्टिको भागमा भने पदयात्रा गर्नुपर्ने अवस्था कायमै छ । मनाङतर्फभन्दा मुस्ताङले छिटो थोराङ्ला पुग्नसक्ने बनाएको छ ।

    पदमार्गको केही स्थानमा बाढी र पहिराले क्षति पु¥याएकाले संरक्षण, मर्मत तथा नयाँ ट्र्याक निर्माण गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) का प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । “हिमपातमा पनि पर्यटक आउँछन् । पर्यटकलाई सहज बनाउन एक सय मिटर दूरीमा खम्बा राखिएको छ । सडक सञ्जालको नजिक रहेका पदमार्गलाई सहज बनाउन स्थानीय तहसँग समन्वय गरी व्यवस्थापनको तयारीमा छौँ”, गौतमले भन्नुभयो ।

    पदमार्गमा फालिएका फोहोरमैला व्यवस्थापनका लागि स्थानीय तहहरुले ठाउँ–ठाउँमा खाल्डो बनाएको छ । यात्राका क्रममा पर्यटकलाई दिसापिसाब लाग्दा सहज होस् भनेर स्थानीय तहले मनाङका बस्तीबाहेकका क्षेत्रमा शौचालयको व्यवस्थापनसमेत गरेको छ । तिलिचो ताल, थोराङ्ला भञ्ज्याङलगायतका पर्यटकीय क्षेत्रमा शौचालयको व्यवस्थापन गरिएको छ । यस पदमार्गमा अनावश्यक फोहरमैला नहुने भएकाले त्यस क्षेत्रको जलवायु संरक्षण हुनेछ ।
    रासस

     

    सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    • ६.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.