• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

सौराहामा आम्दानीको स्रोत हात्ती : बँधुवा बनाएर काममा जोताउँछन् होटल व्यवसायी


  •   सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
  • शाश्वत पन्त/चितवन, २० भदौ ।।

    Advertisement

    अहिले सौराहाको तापमान ४० डिग्री सेल्सियस छ, गर्मी अझ उकालो लाग्दो छ । तर बँधुवा हात्ती पुनमकली (ठूलो) का लागि राम्रो सुविधासहितको ठाउँ छैन । उसका लागि जस्तापाताको एउटा टहरो छ, त्यो पनि यो बडेमान हात्तीभन्दा थोरै मात्रै अग्लो छ।

    पुनमकली (ठूलो) बसेको हात्तीसारको बाहिरी क्षेत्र करिब १०० वर्ग फिटमा फैलिएको छ । यदि उसलाई यहाँ कुनै चिज उपयुक्त छ भने त्यो यही क्षेत्रफल मात्रै हो । उसले खाने, दिसा–पिसाब गर्ने यही टिनको छानामुनि हो । दिनमा एकपटक माहुतेले यसको सरसफाइ गर्छन् । पानी पर्दा हात्तीसार बसिनसक्नु हुन्छ, छेउछाउबाट पानी पसेर पोखरी बन्छ । पुनमकली (ठूलो) लाई बस्न असहज हुन्छ । उसका अगाडि र पछाडिका दुवै खुट्टामा फलामका जञ्जिर बाँधिएका छन् ।

    उखरमाउलो गर्मीमा जंगल डुल्नुपर्ने पुनमकली (ठूलो) ले दिनभर उभिएर बिताउनुपर्छ । गर्मी मौसममा जंगलमा खासै पर्यटक छैनन् । त्यसैले उसले दिनभर सिक्रीमा बाँधिएर बिताउनुपर्छ ।
    एक महिनापछि अब पर्यटनको सिजन सुरु हुँदैछ । त्यसपछि पुनमकली (ठूलो) पर्यटक बोकेर हिंड्न व्यस्त हुन्छ । बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म भ्याईनभ्याई हुन्छ । यो बीच पुनमकली (ठूलो) र माहुते खानपिन नभनी विना आराम निरन्तर पर्यटकलाई घुमाइराख्छन् ।

    यसको केही किलोमिटर पूर्वतिर पुनमकली (सानो) को हात्तीसार छ । जसको बस्ने ठाउँ ठूलो पुनमकलीभन्दा अलि फराकिलो छ । त्यस बाहेकका दुःख उस्तै छन्– उखरमाउलो गर्मीमा टिनको छानामुनि जमिन खोस्रिंदै बस्नु ।

    शरीरभरि माटो दलेर बाहिर जान चाहेको संकेत गरिरहेको छ पुनमकली (सानो) । तर जंगलमा जान पर्यटक छैनन् । आक्कलझुक्कल माहुतेले घाँस खुवाउन लगिहाले बेग्लै कुरा । नत्र अझै केही साता त्यत्तिकै उभिएर बिताउनुपर्छ उसले ।
    ठूलो र सानो पुनमकली मात्रै होइन, सौराहामा राखिएका हरेक बँधुवा हात्तीको अवस्था यस्तै छ । उनीहरूको प्रयोग एउटा काममा मात्रै छ, मालिकका लागि आम्दानीको स्रोत बनिदिने । सिजनमा उनीहरू दिनरात नभनी काम गरेर राम्रो कमाइ गरिदिन्छन् ।

    यसरी आम्दानीको स्रोत बनिरहेका हात्तीलाई बँधुवा बनाएर रात–दिन काममा लगाइन्छ । अशक्त नहुँदासम्म विना विश्राम काममा लगाइराखिन्छन् । जब उनीहरू हिंडडुल गर्न सक्दैनन्, अशक्त हुन्छन् त्यसपछि पनि सजिलो गरी मर्न दिइँदैन, हतार–हतारमा उनीहरूलाई भारततिर बिक्रीका लागि लिलामीमा राखिन्छ । अनि हात्ती मालिकले त्यसरी आएको पैसाले नयाँ र हुर्किंदै गरेको हात्ती खरिद गर्छ र यही काममा लगाउँछ ।

    त्यसो त मान्छे बोकेर हिंडडुल गर्न नसक्ने भएपछि कतिपय बँधुवा हात्तीलाई त्यसै अलपत्र छाडिएका उदाहरण पनि छन् । अलपत्र अवस्थामै उनीहरूको मृत्यु पनि हुने गरेको छ । यसले हात्ती संरक्षणमा सरकार, निकुञ्ज, हात्ती मालिकको सोचाइ के छ भन्ने देखाउँछ ।

    जब आशा मर्छ

    सौराहाको एक बँधुवा हात्ती काजलकली १९ असार २०७९ मा प्रकृति संरक्षण कोषको कार्यालय नजिक मृत अवस्थामा भेटियो । कतिपयले यो मृत्यु वृद्धावस्थाका कारण भएको ठाने । पोस्टमोर्टम रिपोर्टले चाहिं क्षयरोगका कारण ज्यान गएको देखायो । तर सौराहाका माहुते र अभियन्ताहरू यो मान्न तयार छैनन् । उनीहरूको बुझाइमा काजलकलीको मृत्यु हेरचाहको अभाव र लापरबाहीका कारण भएको थियो ।

    अरू हात्ती जस्तै काजलकलीलाई पनि कुनै बेला भारतबाट जंगल सफारीका लागि नेपाल ल्याइएको थियो । वर्षौं काम गरेपछि कोरोना महामारी देखाउँदै काजलकलीलाई भारतमै बिक्री गर्ने तयारी गरिएको थियो ।

    तर, काजलकलीको बुढ्यौली अवस्था दयनीय थियो । दाँत झर्न लागिसकेका थिए, स्वास्थ्य बिग्रिंदो थियो । राम्रोसँग खान पनि छाडिसकेको थियो । तर पनि मालिक उसलाई बेच्न चाहन्थे ।

    जस्तो अवस्थामा भए पनि हात्तीको किनबेच गैर कानुनी काम हो । नेपालले हस्ताक्षर गरेको दुर्लभ वन्यजन्तुको अन्तर्राष्ट्रिय ओसारपसार सम्बन्धी सन्धि अनुसार पनि हात्ती खरिद वा बिक्री गर्न पाइन्न ।

    तीन वर्ष अगाडि नेपाल सरकारले एउटा निर्देशिका जारी गरेको थियो । त्यो निर्देशिकाले नेपाल र भारतबीच हात्तीको अवैध व्यापारमा कडाइ गरेको थियो । यो निर्देशिका अनुसार पनि काजलकलीलाई बिक्री गर्न मिल्दैनथ्यो । तर, कतिसम्म भने काजलकलीलाई बिक्री गर्न वीरगञ्ज आसपास नेपाल–भारत सीमा क्षेत्रमै पुर्‍याइसकिएको थियो l

    तर यसको सुइँको नेपाल प्रहरीले पाएर काजलकलीलाई उद्धार गरी सौराहा ल्यायो र होटल पार्कसाइडको पछाडि राख्यो । काजलकलीका नेपाली मालिकले फेरि उसलाई भारत लगेर बिक्री गर्ने प्रयास गरे, तर सफल भएनन् ।

    दोस्रो प्रयासमा चाहिं उनले हात्ती नै छाडिदिए । किनकि, मालिकले हात्ती बिक्रीका लागि पहिल्यै पैसा लिइसकेका थिए ।

    सीमा क्षेत्रसम्मको यात्राले काजलकली थकित थियो । त्यसमाथि फर्किएर आउँदा बिरामी पनि भयो । मालिकले बिक्री गरिसकेको भनेर रेखदेख गरेनन् । भारतका नयाँ मालिक चाहिं आफ्नो लगानी डुब्न लागेकोमा तनावमा थिए ।

    काजलकलीको  रेखदेख राम्रो भएन, स्वास्थ्य अवस्था झन् कमजोर हुँदै गयो । अभियन्ताहरूले यो हात्तीलाई सहयोग गर्ने प्रयास पनि गरे । प्रकृति संरक्षण कोष उनको रेखदेखका लागि भेटनरी डाक्टरहरू पठाएको बताउँछ । तर, स्वास्थ्यमा सुधार देखिएन, १९ असारमा काजलकलीको मृत्यु भयो ।

    ‘काजलकलीको मृत्यु हात्तीमाथि गरिएको लापरवाही हो, जसले जे दाबी गरे पनि उसलाई मृत्युको मुखमा पुर्‍याएर त्यत्तिकै छाडिएको हो’ चितवनका अभियन्ता सुजन श्रेष्ठ भन्छन्, ‘हामी हात्तीलाई दुर्लभ वन्यजन्तु भन्छौं, तर यसको संरक्षणका लागि केही पनि गर्दैनौं । निश्चित व्यक्तिको आम्दानीका लागि हामी यसलाई प्रयोग गर्छौं, सेवा लिन्छौं । तर, अन्तिममा मृत्युको मुखमा छाडिदिन्छौं ।’

    चितवनका अभियन्ताहरू यसमा प्रकृति संरक्षण कोषको कमजोरी रहेको बताउँछन् । तर, कोषको जैविक विविधता संरक्षण केन्द्रका प्रमुख बाबुराम लामिछाने आफूहरूले गर्ने ठाउँ धेरै नभएको बताउँछन् । ‘भन्नलाई सजिलो छ, तर काम गर्ने सवालमा हामीलाई पनि धेरै गाह्रो छ’ उनले भने, ‘यस्ता हात्तीको संरक्षणका लागि न स्रोत छ, न लगानी नै ।’

    चितवन राष्ट्रिय निकुञ्ज मात्र होइन, अन्य चिडियाखाना, सर्कस, क्याम्प लगायतमा राखिएका बँधुवा हात्तीहरूलाई अन्य पशु जस्तै व्यवहार गर्ने प्रवृत्ति रहेको लामिछाने स्वीकार्छन् । उनको भनाइमा हात्तीमाथि गरिएको व्यवहारले यो संकटापन्न जनावर हो भनेर सोचिएको जस्तो नै लाग्दैन । कतिपय मालिकले बँधुवा हात्तीलाई अरू पशु जस्तै व्यवहार गर्ने गरेको लामिछाने स्वीकार्छन् ।

    काजलकलीको मृत्युमा पनि यस्तै लापरवाही भएको हुनसक्ने उनी बताउँछन् । केन्द्रका प्रमुख लामिछानेका भनाइमा, सन् २०२० पछि मात्रै कम्तीमा पनि २० बढी हात्ती भारतमा अवैध रूपमा बिक्री भइसकेका छन् । ‘सरकारले नै बलियो प्रावधान ल्याएर कडाइ नगरेसम्म कोषले मात्रै केही गर्न सक्ने अवस्था हुँदैन’, उनी भन्छन् ।

    काजलकलीको मालिक खोज्ने प्रयास पनि गर्‍यो । तर हात्ती कसको हो भनेर कसैले पनि बताएन । युनाइटेड हात्ती जंगल सफारी सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीका अनुसार हात्ती सहकारीअन्तर्गत ल्याइएको थियो र स्वास्थ्य अवस्था ठिक नभएपछि यसका सञ्चालकलाई व्यापारिक काममा प्रयोग नगर्न भनिएको थियो ।

    ‘काजलकलीसँग जे भयो त्यो दुखद् हो, तर ७२ वर्षको यो हात्ती वृद्धावस्थामा पुगिसकेको थियो र टिबीको बिरामी थियो’ उनको मृत्युपछि विदेशीले गलत सूचना फैलाउने कोशिश गरेको दाबी गर्दै उनले भने । यस्तो कुराले हात्तीका मालिकहरूलाई कुनै असर नगर्ने तिवारी बताउँछन् । उनको भनाइमा मालिकहरूका लागि हात्तीको व्यापार गर्नुको अर्थ लाभ–हानि बाहेक अरू केही रहन्न ।

    ‘कतिपय यहाँ हात्ती हेर्न भनेर आउँछन्, सफारीका लागि प्रयोग गरिएका हात्तीको तस्वीर खिचेर नेपालमा हात्ती संरक्षण हुँदैन, यसको राम्रो हेरचाह हुन्न भनेर भ्रम फैलाउँछन्, यसकै नाममा चन्दा उठाउँछन्’ तिवारी भन्छन्, ‘त्यसरी चन्दामा हजारौं रुपैयाँ उठाउँछन्, त्यसको १० प्रतिशत पनि यहाँ खर्च गर्दैनन् । वास्तवमा उनीहरूले चितवनको नाम मात्रै बिगारिरहेका छन् ।’

    उनले त्यस्तै अवस्था आए आफू त्यस्ता गतिविधिमा संलग्न व्यक्ति र संस्थाविरुद्ध कारबाहीमा पनि उत्रिन सक्ने चेतावनी दिए । ‘यही समूह रमाइलोका लागि जनावरको शिकार गर्दा बोल्दैन, साँढे जुधाइ जस्तो खेल खेलाउँदा मौन बस्छ । तर हाम्रो हात्तीको विषयमा चाहिने नचाहिने कुरा गरेर बस्छ’, तिवारी भन्छन् ।

    कतिपय हात्ती मालिकको हात्तीप्रतिको व्यवहार राम्रो छैन । यो कुरा तिवारी पनि स्वीकार गर्छन् । तर, उनको भनाइमा, बाहिर सार्वजनिक भएजस्तो चितवनमा हात्तीको सह्यारसुसार त्यति नराम्रो छैन जति प्रचार गरिएको छ ।

    जसले अहिले हात्तीका मालिकले राम्रो व्यवहार गर्दैनन् भन्छन्, उनीहरूलाई वास्तविकता थाहा नभएको तिवारीको भनाइ छ । ‘यी हात्तीहरू हाम्रा सम्पत्ति हुन्, मान्छेले आफ्नो घरलाई माया गर्छन् कि गर्दैनन् रु’ तिवारी प्रश्न गर्छन्, ‘हाम्रो लागि यी हात्ती भनेका घर जस्तै हुन् ।’

    तर स्थलगत भ्रमणले वास्तविकता अलि फरक देखाउँछ । हात्तीका मालिकहरू यिनीहरूलाई हेर्न विरलै आउने गरेको माहुतेहरू बताउँछन् । साउन अन्तिमतिर एक दिन सौराहा पुग्दा गुलावकली अलि असहज अवस्थामा थियो । दाँत बाहिर निस्किएका थिए । मुखबाट निरन्तर र्‍याल झरिरहेको थियो । सजिलोसँग खान पनि सकिरहेको थिएन ।

    ‘ऊ रोकिंदै रोकिंदै खान्छ, आफ्नो सूँड मुखमा राख्छ । उसलाई केही कारणले एकदम धेरै दुखाइ भइरहेको छ’ माहुते भन्छन्, ‘मैले यसबारे हाकिमलाई बताएको थिएँ, यो समस्या देखिएको दुई वर्ष भइसकेको थियो, तर उनले वास्तै गरेनन् ।’

    कोही फेरिंदै पनि छन्

    सौराहामा सबै हात्तीका मालिक नराम्रा मात्रै छैनन् । समयसँगै केही बदलिएका पनि छन् । तीमध्येका एक हुन्, ध्रुव गिरीस जो सपना भिलेज लजका सञ्चालक समेत हुन् ।

    सन् २०१८ मा एकजना अमेरिकी पाहुना हात्तीसारमा गएर फर्किंदा गहभरि आँसु पार्दै आएकी थिइन् । ‘माहुतेले हात्ती कुटेको देखेर उनलाई धेरै दुःख लागेछ, त्यसपछि उनी सहयोग गर्ने चाहनासहित सोध्दै मलाई भेट्न आएकी थिइन्’ गिरी सम्झन्छन् । उनले ती पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्ज र स्थानीय सरकारसमक्ष उजुरी दिन सुझाए । तर, त्यस्तो उजुरी दिनुको केही अर्थ देखिएन ।

    ‘यसपछि मैले जंगल सफारीमा हात्ती नै नपठाउने निर्णय गरें, बरु अरू काममा लगाउन थालें’ उनी भन्छन्, ‘अहिले यहाँ हात्तीसँग झाडीमा घुम्ने, हात्तीका लागि खान्की संकलन र तयार गर्ने जस्ता क्रियाकलाप गरेर पर्यटकले मनोरञ्जन लिन पाउँछन् ।

    ‘सौराहाका धेरैले हात्ती सफारी हटाएको भन्दै मलाई गाली पनि गर्छन्’ गिरी भन्छन्, ‘धेरैले मलाई पर्यटनको एउटा आकर्षण मार्ने कोसिस गरेको आरोप पनि लगाएका छन्, तर उनीहरूले यसमा के समस्या छ भन्ने कहिल्यै बुझ्ने कोसिस गरेनन् ।’

    उनीसँग अहिले ६ वटा कामबाट बाहिरिसकेका हात्ती छन्, जसलाई जञ्जिरमा बाँधिएको छैन, खुला स्थानमा राखिएको छ । ‘उनीहरू हात्तीलाई चेन नबाँधी राख्न असम्भव भन्थे, व्यावहारिक नहुने बताउँथे’ गिरीले भने, ‘तर हामीले त्यसलाई गलत साबित गरिदियौं ।’

    स्ट्याण्ड अफ फर इलाफेन्ट ९हात्तीका लागि उठौं० नामक गैरसरकारी संस्थामा राखिएका दुई हात्ती इभा र ल्याम्हो दैनिक सामुदायिक जंगलमा टहलिन जान्छन् । नियमित काममा प्रयोग गर्न नसकिने अवस्थामा पुगेका अरू दुई हात्ती पनि यहाँ जञ्जिरविनै खुला छाडिएका छन् ।

    उनीहरूलाई राखिएको हात्तीसार ठूलो छ, जसले गर्मी र पानीबाट सुरक्षित राख्छ । प्यास लाग्दा पानी पिउनका लागि सानो पोखरी पनि छ ।

    उनीहरू प्रायः हरेक दिन चारदेखि पाँच घन्टा सामुदायिक जंगलतिरै भेटिन्छन् । ‘यसरी घुमेर आएका हात्ती खुशी देखिन्छन्, हात्ती जंगलमा हुँदा जे हुनुपर्ने हो, उनीहरूले त्यो सुविधा पाएका छन्’ संस्थाका एक सह(संस्थापक फ्लोरियन बोल्ट भन्छन्, ‘जंगलमा उनीहरूले गैंडा, बाघ र अरू जंगली जनावर पनि देख्छन्, उनीहरू बुझ्छन् कि यो उनीहरूको खाली समय हो । उनीहरू अझै पर्यटकका लागि राखिएका हात्ती नै हुन्, तर त्यो महसुस नै नहुने खालको वातावरण छ ।’

    संस्थाले केहीअघि ‘हात्तीसँग खुशीको पल’ नामक एउटा कार्यक्रम नै गरेको थियो । यो कार्यक्रम पछाडिको सोच एकदमै साधारण थियो, सामुदायिक जंगलमा हात्ती जताजता हिंड्छन्, उनीहरूसँगै हिंड्ने ।

    व्यापारिक प्रयोजनका लागि राखिने बँधुवा हात्तीलाई भाडामा ल्याएर बोल्ट र अर्की सह–संस्थापक माइकल बेली थुप्रै पटक पैदल यात्रामा निस्किएका छन् । ‘त्यहाँ चुनौती पनि छन्, तर राम्रोसँग गर्ने हो भने समस्या हुँदैन’ बोल्ट भन्छिन्, ‘यो कार्यक्रमलाई अमेरिकी ट्राभल एजेन्सी ट्रिपाभाइजरले यात्राका लागि आकर्षकको एक नम्बर सूचीमा राखेको थियो ।’

    यो कार्यक्रम सफल हुँदै जाँदा ‘हात्तीका लागि उठौं अभियान’ले व्यापारिक प्रयोजनका लागि राखिएका हात्तीका मालिक भेटेर यस्तो गर्न सकिन्छ भनेर सुझाएको थियो । तिवारी र अरूले ठाडै अस्वीकार गरे । किनकि, हात्ती सफारीबाट सहजै भइरहेको नियमित आम्दानी रोकियोस् भन्ने उनीहरू चाहँदैनथे । र, उनीहरूले संस्थाका अधिकारीहरूलाई त्यसका लागि चितवन तयार भइनसकेको बताएका थिए ।

    ‘हामी त्यसका लागि तयार छैनौं, किनकि अन्त जे चल्यो, त्यो यहाँ पनि चल्छ भन्ने छैन’ तिवारी भन्छन्, ‘यो टाइगर टप्सका लागि काम लाग्यो किनकि, उनीहरू धनी छन्, राम्रो लगानी छ ।’ उनको बुझाइमा सपना भिलेज रिसोर्टमा पनि वैदेशिक लगानी छ, त्यही कारण यो सम्भव भएको हो । उनी थप्छन्, ‘बाघको संख्या बढिरहेका बेला हात्तीसँग जंगलमा हिंड्नु एकदमै असुरक्षित पनि हुन्छ ।’

    तिवारीको बुझाइमा व्यापारिक प्रायोजनका लागि राखिएका हात्तीका मालिकहरू थोरै मान्छे राखेर जंगल सफारी गराउन तयार छन् । तर, हात्तीको जंगल सफारी नै रोकिए चितवनको पर्यटन नै मर्न सक्छ भन्ने उनको बुझाइ छ ।

    ‘जसले हात्तीलाई नमज्जाले पिट्छन् भनिरहेका छन्, उनीहरूले यो कुरा भुलिरहेका छन् कि त्यति नगर्ने हो भने एउटा जनावर कसरी नियन्त्रणमा आउँछ रु’ तिवारी प्रश्न गर्छन् ।

    तर अभियन्ताले झैं सरकारी निकायहरूले पनि व्यापारिक प्रयोजनका लागि राखिएका हात्तीमा हुने सफारीलाई निरुत्साहित गर्ने प्रयास गरिरहेका छन् । किनकि, उनीहरू पनि आजभोलि यो काम दिगो होइन भन्ने मान्न थालेका छन् ।

    राष्ट्रिय निकुञ्ज एवं वन्यजन्तु संरक्षण विभागका महानिर्देशक महेश्वर ढकाल हात्ती सफारीलाई सरकारले प्रोत्साहित नगर्ने बताउँछन् । उनी भन्छन्, ‘उनीहरूको प्रयोग पशु अधिकार विपरित भएको देखिएको छ ।’

    तर, देशको पर्यटन वृद्धिका लागि हात्ती सफारीको भूमिका पनि महत्वपूर्ण रहेको कुरा भुल्न नसकिने उनी बताउँछन् । ढकाल भन्छन्, ‘यो दिगो कुरा होइन भन्नेमा विभाग सचेत छ, यसको विकल्प के हुनसक्छ भनेर छलफल चलाइरहेका छौं ।’

    हात्ती संरक्षणको यो मोडल

    यो अवस्थाबीच नेपाली सरोकारवालाले व्यापारिक प्रायोजनमा राखिएको हात्तीको व्यवस्थापनका लागि ‘स्यान्चुअरी मोडल’ बारे छलफल थालेका छन् । यो हात्तीलाई निश्चित क्षेत्रफलभित्र खुला ठाउँमा राख्ने मोडल हो । तर, यो मोडलमा जान पनि थुप्रै समस्या रहेको जानकारहरू बताउँछन् ।

    जैविक विविधता संरक्षण केन्द्रका प्रमुख लामिछानेको बुझाइमा यसको प्रमुख समस्या भनेको जमिनको अभाव हो । निजी जग्गा किनेर त्यहाँ हात्ती राख्नु व्यावहारिक नहुने उनी बताउँछन् । राष्ट्रिय निकुञ्जले जंगलमा त्यसो गर्न अनुमति दिंदैन । सामुदायिक जंगलमा यो अभ्यासका लागि स्थानीयबाटै साथ हुँदैन ।

    ‘सरकारी जग्गामा यो अभ्यास गर्न सकिन्छ, तर यसको अपनत्व कसले लिने भन्ने अर्को समस्या बन्न सक्छ’ उनले भने, ‘यसको स्थायित्वका लागि कसै न कसैले नेतृत्व लिनु जरूरी हुन्छ ।’

    उनको बुझाइमा यो काम प्रकृति संरक्षण कोषले गर्न सक्छ, किनकि हात्ती संरक्षणमा यसले विगतदेखि काम गरिरहेको छ र सरकारबाट पनि कोषलाई राम्रो सहयोग छ । ‘कोषले अहिले व्यापारिक प्रायोजनका लागि राखिएको ८० वर्षको मेल्काली नामक हात्तीलाई संरक्षण गरिरहेको छ’, लामिछाने भन्छन् ।

    हात्ती जंगल सफारी लजका तिवारीको अनुभवमा चाहिं सरकारले ‘स्यान्चुअरी मोडल’बारे अझै अध्ययन र छलफल चलाउनुपर्छ । विश्वमै हात्ती संरक्षणका लागि यो राम्रो मोडल मानिन्छ । ‘यो नियमित काममा प्रयोग गर्न नसक्ने हात्तीका लागि गर्न सकिन्छ’ उनी भन्छन्, ‘घाँस खानलाई जंगलसम्म जानसक्ने हात्तीका लागि यो सहयोगी बन्न सक्छ ।’

    हरियो घाँस हात्तीको अधिकार हो । तर, सरकारी अधिकारीहरू चाहिं बँधुवा हात्ती व्यवस्थापनका ‘स्यान्चुअरी मोडल’तिर जान सम्भव नहुने बताउँछन् । किनकि, उनीहरू यो मान्छन् कि ती हात्तीहरू पर्यटन प्रयोजनका लागि ल्याइएका हुन् र यसको हेरचाह र खान्की व्यवस्थापन सम्बन्धित हात्तीका मालिकको जिम्मेवारी हो ।

    ‘हामी हात्तीका मालिकहरूलाई विभिन्न नीति ल्याएर सहयोग गर्न सक्छौं, तर अहिले जुन माग उठेको छ, यसमा सहयोग गर्न गाह्रो छ’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक महेश्वर ढकाल भन्छन्, ‘किनकि, हामीले जंगली जनावरका कारण भइरहेको मानवीय क्षतिको विषयलाई पनि सम्बोधन गर्नुपर्नेछ ।’ (अनलाइन खबरबाट)

     

    • चितवन राष्ट्रिय निकुञ्ज
    • जैविक विविधता
    • हात्ती
    सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.