काठमाडौँ २१ भदौ
काठमाडौं महानगरले असन, इन्द्रचोक र भेडासिं क्षेत्रमा अवैधरूपमा राखिएका पसल र संरचना हटाउन सुरू गरेको छ ।
मंगलबार महानगरको टोली असन पुगेको हो । यसअघि अवैध संरचना हटाउन महानगरले दिएको अल्टिमेटम सकिएसँगै महानगरको टोली अहिले असन बजारमा पुगेको छ ।
महानगरको वडा नम्बर २५ ले आइतबार इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर, असन क्षेत्रका मन्दिर आसपासका अवैध संरचना भत्काउन २४ घण्टे अल्टिमेटम जारी गरेको थियो ।
महानगरले भदौ ६ गतेदेखि अवैध संरचना हटाउने अभियान शुरु गरेको थियो ।




