• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. संघीय संसद्को बैठक बस्दै

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

भृकुटी कागज कारखानाको भविष्य अनिश्चित : गोल्छा समूह जग्गा बेच्ने दाउमा


  •   मङ्गलबार, भदौ २१, २०७९ मा प्रकाशित
  • गैँडाकोट २१ भदौ

    Advertisement

    नवलपरासी (सुस्तापूर्व) जिल्लाको गैंडाकोट नगरपालिकामा रहेको भृकुटी कागज कारखाना बन्द भएको ११ वर्ष ६ महिना बित्यो । कुनै समय देशको कुल मागको ६० प्रतिशत पूरा गर्ने देशकै ठूलो यो कारखाना यतिबेला खण्डहरमा परिणत भएको छ । भृकुटी कागज कारखानाको भविष्य अनिश्चित बनेको छ ।

    भृकुटी कागज कारखाना परिसर अहिले झाडीले भरिएर काँसघारी जस्तो बनेको छ । कारखानाका सबै संरचना जीर्ण छन् । टीनका छाना प्वाल परेका छन् । बाहिरबाट हेर्दा अस्थिपञ्चर मात्रै देखिन्छ । मेशिनहरू खिया लागेर बिग्रिएका छन् । पर्खाल भत्किएका छन् । केही सुरक्षा गार्डहरुले बडो मुस्किलले मूलगेट मात्रै कुरेर बसेका छन् ।

    २०६७ साल फागुन १९ गतेदेखि पूर्णरूपमा व्यवस्थापन पक्षले एकलौटी ढंगले सूचना टाँसेर कारखाना बन्द गराएको थियो । कारखाना बन्द गर्ने औपचारिक जानकारी श्रम विभागमा दिनुपर्ने कानुनी व्यवस्था भए पनि कारखाना सञ्चालकले श्रम विभागबाट स्वीकृति नलिइकन कारखाना बन्द गरेका थिए ।

    कागजमा परनिर्भरता बढ्यो

    नेपाली बजारको ६० प्रतिशत कागजको माग पूरा गर्ने भृकुटी कागज कारखाना बन्द भएपछि कागजमा परनिर्भरता बढेको छ । साझा प्रकाशन, जनक शिक्षा सामग्री केन्द्र, गोरखापत्र लगायत विभिन्न सरकारी निकायहरूले विगतमा भृकुटीकै कागज प्रयोग गर्दथे ।

    स्वदेशी कच्चा पदार्थ पराल, बाँस, बाबियो, गहुँको छ्वाली, काँस र झुत्रा कागजबाट दैनिकरुपमा कागज उत्पादन गर्दै आएको कारखाना एकाएक बन्द हुँदा भारतीय उत्पादनका कागजहरूले नेपाली बजार लिन थालेका छन् । भृकुटीले वार्षिक रूपमा जापानमा एक हजार पाँच सय मेट्रिक टन कच्चा कागज र भारतमा तीन हजार मेट्रिक टनसम्म प्रशोधित कागज निर्यात गर्दै आएको थियो ।

    निजीकरणले खराब दिनको सुरुवात

    चीन सरकारले नेपाललाई कागजमा आत्मनिर्भर बनाउन भन्दै २०३९ सालमा भृकुटी कागज कारखाना निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । २०४९ सालमा निजीकरण गरिएपछि यसका खराब दिनहरू शुरू भए ।

    तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले राज्यको दायित्व निजी क्षेत्रलाई सार्दै जाने नीति अनुरुप भृकुटी कागज कारखानालाई २०४९ सालमा गोल्छा अर्गनाइजेसन, काभ्रा समूह र कन्क्राफ्टलाई सबै जमिन र संरचनासहित कौडीको भाउमा बेचेको थियो ।

    ६० विगाहा जमिनसहित तत्कालीन अवस्थामा दैनिक ८ टन कागज उत्पादन गर्ने कारखाना १७ करोडमा किनेको भनिए पनि जम्मा १२ करोड ९८ लाखमा उनीहरुले भृकुटी हात पारेका थिए । पछि सञ्चालकले ८ विगाहा जमिन अलग्गै बेचे । भृकुटी कागज कारखानाका मुख्य सञ्चालक दिवाकर गोल्छा हुन्, जो २०६४ सालको संविधानसभा निर्वाचनमा कांग्रेसको कोटाबाट समानुपातिक सभासदसमेत बने ।

    करोडौँका सामान नष्ट हुँदै, मजदुरले पाएनन् वक्यौता

    गैंडाकोटमा ४२ वर्षअघि सञ्चालनमा आएको नेपालको सबैभन्दा ठूलो कागज कारखाना भृकुटी कागज कारखाना लामो समयदेखि बन्द भएपछि करोडौंका सामान नष्ट हुन थालेका छन् ।

    भृृकुुटी कागज कारखानामा कार्यरत ३ सय ४० जना मजदुुरले कारखाना बन्द भएप्छि पाउनु पर्ने वक्यौता रकम करिब दस करोड रुपैयाँ अहिलेसम्म पाउन नसकेको स्थानीय मजदुुर होमनाथ कँडेलले बताए । मजदुुरहरुले सो रकम पाउन पटकपटक आन्दोलन गरे । रकम भुक्तान गर्ने कारखाना व्यवस्थापनले सहमति गरे पनि रकम बुुझाउन सकेको छैन ।

    जग्गा बेच्ने गोल्छाको दाउ

    रुग्ण उद्योगबारे सरकारलाई सुझाव दिन गठित समितिले उद्देश्यअनुसार सञ्चालन नभएका उद्योगहरु सरकारले नै फिर्ता लिएर सञ्चालन गर्नुपर्ने सुझाव दुई वर्षअघि नै दिएको थियो । ती उद्योगमध्ये एक भृकुटी कागज कारखाना पनि हो ।

    अहिले गोल्छा समूहले यो उद्योग अघि बढाउन नसकिने र कर्मचारी तथा बैंकको दायित्व फरफारक गर्नुपर्ने भएकाले जग्गा खण्डीकरण गरी बिक्रीको अनुमति दिन सरकारसमक्ष माग गरिरहेको छ । रुग्ण उद्योगबारे सरकारलाई सुझाव दिन गठित समितिले भने उद्योग सञ्चालनको जिम्मेवारी लिएको गोल्छा समूहले “गैरजिम्मेवार र गैरव्यावसायिक क्रियाकलापका लागि अनुमति मागेको” भन्दै जग्गा बिक्री गर्न दिन नहुने सिफारिस गरेको छ ।

    “यस संस्थाले निजीकरणको उद्देश्यअनुरूप कागज उत्पादन वृद्धि गरी संस्थालाई पुनरुत्थान गर्ने कार्ययोजना पेस नगरी जग्गालाई बिक्री गर्ने जस्तो गैरव्यावसायिक क्रियाकलापका लागि अनुमति माग गरेको देखिन्छ” समितिको प्रतिवेदनमा उल्लेख छ, “जुन संस्थाको उद्देश्य विपरीत रहेको तथा संस्था स्थापना गर्दा स्थानीय व्यक्तिहरुको जग्गा प्राप्ति गर्दा स्पष्टरूपमा संस्था सञ्चालन गर्ने उद्देश्यको लागि मात्र प्राप्त गरेको हुँदा सो उद्देश्य पूर्ति गर्नको लागि मात्र जग्गाहरू प्रयोग गर्न सकिने हुँदा समितिले यस उद्योगले माग गरेबमोजिमको जग्गा बिक्री गर्ने अनुमति प्रदान गर्न सिफारिस गर्न सकिने अवस्था रहेको देखिँदैन।”

    • गैरजिम्मेवार र गैरव्यावसायिक क्रियाकलाप
    • गोल्छा समूह
    • भृकुटी कागज कारखाना
    मङ्गलबार, भदौ २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.