चितवन । गुण्डा नाईके भनिने अनिल परियार ‘कान’को हत्या प्रकरणमा कर्तव्य ज्यान मुद्धामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन । भरतपुर महानगरपालिका भरतपुर महानगरपालिका वडा नम्बर १५ का तिलक गैरे पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गैरेलाई प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा रुपन्देहीको बेलहियामा लुकीछिपी हिंडिरहेको अवस्थामा बिहीबार बिहान सात बजे पक्राउ गरेको हो ।
रुपन्देही प्रहरीले उनलाई पक्राउ गरी प्रहरी कार्यालय चितवनमा दाखिला गरेको छ ।
उनलाई आज बिहान १० बजे चितवन जिल्ला अदालतमा उपस्थित गराईएको चितवन प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्यको पहिचान र खोजी कार्य भइरहेकोे छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित कृष्णपुर खेल मैदाननजिकै वैशाख २५ गते साँझ सांँढे सात बजेको समयमा अज्ञात समूहले परियारको हतियार प्रयोग गरी हत्या गरेका थिए ।
हत्यामा संलग्न विश्व भन्ने हेमन्त बास्तोला र राहुल परियार पुर्पक्षको लागि थुनामा रहेका छन् भने बिक्रम भन्ने रोहित प्रसाद सिलवाल २० हजार धरौटीमा रिहा भएका छन् ।




