काठमाडौं २६ भाद्र
जबर्जस्ती करणी आरोप लगेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने स्वदेश फर्कने तयारीमा छन्। उनी केही दिनमै स्वदेश फर्कने तय भएको हो ।
उनीविरुद्ध गत भदौ २१ गते एक नाबालिग किशोरीले जबर्जस्ती करणी आरोप लगाउँदै गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन्। उजुरीअनुसार फ्यान रहेकी ती युवतीलाई सन्दीपले कफी पिउन बोलाइ नगरकोट पुर्याएर थिए। नगरकोटमै सन्दीपले बास बस्नका लागि कोठा पनि बुक गरेका थिए। तर ती किशोरीले बस्न नमानेपछि बाध्य भएर उनी किशोरीलाई लिएर काठमाडौं फर्किसकेका थिए। तर होस्टल बन्द भइसकेकाले होटलमै बस्नुपर्ने भएपछि गौशालास्थित एक होटलमा पुर्याएर आफूमाथि सन्दीपले जबर्जस्ती करणी गरेको ती किशोरीले उजुरीमा उल्लेख गरेकी छन्।
उक्त उजुरीपछि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट गत बिहीबार पक्राउ पूर्जीसमेत लिइसकेको छ। पक्राउ पूर्जी लिई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सबै नाकामा प्रहरीले पक्राउ आदेश पठाएको छ।
सन्दीप फर्किएलगत्तै उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गर्ने तयारी गरेको छ।




