काठमाडौँ २७ भदौ
सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । केहीबेर अगाडिदेखि बैठकले सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार पार्ने कार्यलाई अन्तिम रुप दिने एक नेताले जानकारी दिए ।
बैठकमा शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरु पनि सहभागी छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको छ ।




