काठमाडौं २७ भदौ
डा.गोविन्द केसी अनसन बस्न धनगढी पुगेका छन् ।उनी आजै साँझदेखि अनसन बस्न काठमाडौंबाट धनगढी प्रस्थान गरेका हुन् ।
आफूले अघि सारेका ६ बुँदे मागको सम्बोधन नभएको भन्दै उनी अनसन बस्न धनगढी लागेका हुन् ।उनी पूर्वनिर्धारित कार्यक्रमअनुसार नै धनगढी पुगेका हुन् ।
केसीले १२ भदौमा पत्रकार सम्मेलन गर्दै ६ बुँदे मागसहित अनसनको घोषणा गरेका थिए ।




