• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

बागलुङमा बढ्दै विद्युतीय चुलो


  •   मङ्गलबार, भदौ २८, २०७९ मा प्रकाशित
  • गलकोट २८ भदौ 

    Advertisement

    बागलुङ बजारका नम्रता शर्माको घरमा विद्युतीय चुलो प्रयोग भएको चार महिना भयो । रुस–युक्रेन युद्धका कारण विश्वबजारमा पेट्रोलियम एवं ग्यासको मूल्यमा भारी वृद्धि भएपछि उहाँले रु चार हजार खर्चेर विद्युतीय चुलो खरिद गर्नुभएको थियो ।

    खाना पकाउने एलपी ग्यासको निरन्तर मूल्यवृद्धिका कारण आम उपभोक्ता विद्युतीय (इन्डक्सन) चुलोप्रति आकर्षित हुन थालेका हुन् । “ग्यासको मूल्य एक हजार तीन सय थियो, विद्युतीय चुलोका विषयमा सोचेकै थिइन, जब रुस–युक्रेन युद्धका कारण ग्यासको मूल्यमा निरन्तर उकालो लाग्यो त्यसपछि ग्याससँगै विद्युतीय चुलो प्रयोग गर्ने निधो गरेँ”, उपभोक्ता शर्माले भन्नुभयो, “पहिलो महिना त धेरै विद्युत् महशुल उठ्छ कि भन्ने चिन्ता थियो तर ग्यासभन्दा निकै सस्तो प¥यो, अहिले भातदाल विद्युतीय चुलोमै पकाउने गरेको छु भने तरकारी मात्रै ग्यासमा पकाउने गरेको छु ।”

    ग्यासको विकल्पमा विद्युतीय चुलो प्रयोग गर्न थालेपछि दुई महिनामा सकिने ग्यास सिलिन्डर चार महिना बित्दासमेत नसकिएको बताउँदै उहाँले सुरुको विद्युतीय चुलोको लगानी नजोड्ने हो भने लगभग विद्युतीय चुलोमा दोब्बर फाइदा हुने उल्लेख गर्नुभयो ।

    विद्युत्मा पकाएको खाना नमिठो हुने सुन्दै आउनुभएकी शर्माले राइसकुकरभन्दा विद्युतीय चुलोमा प्रेसर कुकरको प्रयोग गर्दा ग्यासमा नै पकाए जस्तै खाना पाक्छ भन्नुभयो ।

    बागलुङ बजारमा पछिल्लो समय विद्युतीय चुलोको माग उच्च रहेको विद्युतीय उपकरण बिक्रीकर्ताले बताए । विद्युतीय चुलोे धेरै पहिलेदेखि नै बिक्री भए पनि पछिल्लो समय परिमार्जन भएर आएको विद्युतीय चुलोको माग ह्वात्तै बढेको बागलुङ बजारको शङ्कर इलेक्ट्रिोनिक्सका सञ्चालक शङ्कर नकर्मीले बताउनुभयो ।

    “पहिला विद्युतीय चुलोमो जुनसुकै भाँडा मिल्दैनथ्यो, भाँडा छुट्टै खरिद गर्दा महँगो र झन्झट थियो तर पछिल्लो समय बजारमा आएका विद्युतीय चुलो घरमा प्रयोगमा आइराखेका जुनसुकै भाँडा प्रयोग गर्न मिल्छ”, उहाँले भन्नुभयो, “अहिले ग्यास चुलोभन्दा विद्युतीय चुलो खरिद गर्ने उपभोक्ता दोब्बरले वृद्धि भएका छन्, अहिले बागलुङ बजारवासीका अधिकांश भान्छामा विद्युतीय चुलोसमेत प्रयोगमा आएको देखिन्छ ।” नकर्मीका अनुसार ग्यास विस्थापित नभएपनि त्यसको विकल्पमा विद्युतीय चुलो प्रयोग हुँदा ग्यास खपतमा कमी आएको र उपभोक्तालाई केही राहतसमेत मिलेको छ ।

    विद्युतीय चुलो चलाउनका लागि न्यूनतम १५ एम्पियर क्षमताको मिटर जडान गर्नुपर्ने हुन्छ । बागलुङ बजारका पक्की घरमा धेरैले १५ एम्पिएर भन्दामाथि क्षमताको विद्युत् जडान गरेका छन् । सरकारले विद्युतीय चुलो प्रवद्र्धन गर्न प्रत्येक घरधुरीमा निःशुल्क विद्युतीय चुलो वितरण गर्ने योजना अघि सारेको छ । बीस वर्ष अगाडि खाना पकाउनका लागि सबैभन्दा बढी खर्चिलोरुपमा मानिएको विद्युत् अहिले सबैभन्दा सस्तो भएको हो । बागलुङ बजार क्षेत्रमा विद्युतीय चुलोको माग बढिरहेको भए पनि विद्युत्को नियमित आपूर्तिमा समस्या हुनसक्ने भन्दै विकल्पमा भने ग्यास प्रयोग गरिरहेको पाइन्छ ।

    ग्यास उपभोक्ताले विस्तारै आफूहरुले भान्छामा विद्युतीय उपकरणको प्रयोग वृद्धि गर्दै लगेका छन् । भान्छामा विद्युतीय चुलोसँगै मिक्चर, फ्रिजलगायत उपकरणको प्रयोगले विद्युत्को खपतसमेत वृद्धि भइरहेको छ ।

    विद्युतीय चुलो ग्यासको प्रयोगमा करिब ४० प्रतिशत सस्तो हुने गरेको छ । विद्युतीय चुलो विशेषगरी बागलुङ बजारका पक्की घरमा बढी प्रयोग भइरहेको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले जानकारी दिनुभयो । उहाँले क्रमशः घरमा विद्युतीय क्षमता बढाउने उपभोक्ताको सङ्ख्या वृद्धि भइरहेको बताउनुभयो ।

    “विद्युतीय चुलोको प्रयोग बढिरहेको छ तर पक्की घरमा यसको प्रयोग सहज भए पनि कमजोर विद्युतीकरण भएको घरमा समस्या हुन्छ, विस्तारै विद्युत् ट्रान्सर्फरमरको समेत क्षमता बढाउन आवश्यक छ”, केन्द्रका प्रमुख मरासिनीले भन्नुभयो, “घरमा विद्युत् क्षमता थपेर विद्युतीय चुलो प्रयोग गर्दा जोखिम कम हुने र फाइदा बढी हुने गर्छ ।”

    अहिले ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय पुगेको छ, भने एक परिवारका लागि खाना पकाउन विद्युत्बाट मासिक सात सय ५० र ग्यासबाट एक हजार दुई सय बढी खर्च लाग्ने भएकाले विद्युतीय चुलो सस्तो र छिटो हुने अध्ययनले देखाइसकेको छ ।

    मङ्गलबार, भदौ २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.