• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

‘बच्चा चोर’ अफवाह : सामाजिक सञ्जालमा भिडियोहरु भाइरल,भ्रामक प्रचार नगर्न अनुरोध


  •   बुधबार, भदौ २९, २०७९ मा प्रकाशित
  • रुपन्देही २९ भदौ 

    Advertisement

    गत आइतबार रुपन्देहीको तिलोत्तमामा ‘बच्चा चोर’ फेला परेको जनाउँदै केही तस्वीर र भिडियो सार्वजनिक भयो । चाउमिन खुवाउने बहानामा बालिकालाई भगाउन खोजेको भन्दै स्थानीयले एक महिलालाई नियन्त्रणमा लिए ।

    यो दृश्य केही फेसबुक पेजबाट सेयर भएपछि हेर्ने र सेयर गर्ने काम भयो । केहीबेरमै भिडियो भाइरल बन्यो । जिल्लामा बालबालिका चोरको हल्ला निकै फैलियो ।

    मङ्गलापुरमा साँझ एक अपरिचित महिलाले एक बच्चा झाडीको बाटो लगिरहेको देखेर रोकेर सोधपुछ गर्दा भाग्न खोजेको र तुरुन्त मङ्गलापुर पुलिसलाई खबर गरी पक्राउ गरेको भनी गलत हल्ला फिँजाइयो । प्रहरीले सोधपुछ गर्दा यो घटना गलत भएको पुष्टि भयो ।

    भारतीय महिलाले चोरेर लैजाँदै गरेको भनी गलत प्रचार गरेको यो घटना प्रहरीले आफन्तलाई सोधपुछ गर्दा बालिका उनैको छोरी भएको प्रमाणित भयो । बच्च चोरी गरी हिँडेको भन्ने आरोप लगाइएकी महिला पाल्पा तानसेन नगरपालिका–७ लामीडाँडा बस्ने ज्योति रञ्जन हुन् । यसमा देखिएकी पाँच वर्षकी बालिका ज्योतिकै छोरी रहेको आफन्तले प्रमाणित गरेपछि प्रहरीले परिवारको जिम्मा लगाएको थियो ।

    भारत माइती भएकी ज्योतिलाई नेपाली भाषा राम्रोसँग बोल्न नआउने भएकाले अरुको बच्चा अपहरण गरेर भारत लैजान लागेको आरोप स्थानीयले लगाएका थिए । तर प्रहरीले अनुसन्धानपछि उनीहरूलाई छाडेको जनाएको छ ।

    यसैगरी बुटवलमा केही दिनअघि योगी भोलानाथ भट्टराईलाई आफ्ना नातिसँग हिँडिरहेका बेला बुटवलमै स्थानीयले बच्चा चोर भन्दै घेरा हाले । बच्चा चोरेको आरोप लगाउँदै भट्टराईलाई प्रहरीमा बुझाए । प्रहरीले सोधपुछ गर्ने क्रममा हजुरबुवा र नाति भन्ने खुलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसी बताउनुहुन्छ । सोधपुछपछि दुवै जनालाई परिवारको जिम्मा लगाइएको उहाँको भनाइ छ ।

    बच्चा चोरको अनावश्यक हल्लाले समाजमा एकले अर्कोलाई हेर्न दृष्टिकोण फेरिएको छ । बजारमा नयाँ मानिस बालबालिकासँग देख्नेबित्तिकै चोरको आशङ्का गर्ने र अनावश्यक तनाव दिने काम भएको प्रहरीको भनाइ छ ।

    अहिले सामाजिक सञ्जालमा ‘बच्चा चोर’को अनावश्यक हल्ला फिँजाइएकाले बालबालिकामा समेत यसको नकारात्मक प्रभाव परेको छ । “बच्चा चोरको हल्लाले मेरो छोरा विद्यालयबाट आउँदा हिजो निकै डराए । म घर बाहिर भएकाले एक्कासी रुँदै फोन ग¥यो”, सञ्चारकर्मी अस्मिना पाण्डे भन्नुहुन्छ, बाबु निकै डराएको रहेछ, पछि फोनमा धेरै बेर सम्झाएँ ।”

    बच्चा चोरको हल्लाले बालबालिका विद्यालय जानसमेत डर मान्ने गरेका छन् । सामाजिक सञ्जालको हल्लाले बालबालिकामा मानसिक असर गर्ने भएकाले अभिभावकहरू सचेत हुनुपर्ने मनोविमर्शकर्ता सुष्मा अर्याल बताउनुहुन्छ । यो समयमा एकातिर अभिभावक पनि त्रसित हुने र बालबालिकालाई सचेत गराउन खोज्दा नकारात्मक असर पर्न जाने भएकाले यसमा घरपरिवार, समाज सबै सचेत बन्नुपर्र्नेे उहाँको भनाइ छ ।

    नेपाल प्रहरीको साइबर ब्यूरोले समेत विज्ञप्ति जारी गर्दै बच्चा चोरीको सामाजिक सञ्जालमा फैलाइएको प्रचार भ्रामक भएको जानकारी गराएको छ । तर यस्ता भ्रामक सूचना र दृश्यले समाजमा त्रास उत्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सामाजिक सञ्जालमा उल्लेख भएको बच्चा चोरको हल्ला गलत भएको जनाएको छ ।

    अहिलेसम्म कुनै पनि यस्ता घटनाका सम्बन्धमा उजुरी तथा निवेदन नपरेको र त्यस्तो कुनै पनि प्रकारको गतिविधि भएको नपाइएकाले हल्ला र अफवाहको पछि नलाग्न प्रहरीको अनुरोध छ । “अहिलेसम्म कुनै घटना भएको छैन । सामाजिक सञ्जालमा अफवाह फैलाउने काम भयो । यस्तो हल्लाको पछि नलागौँ”, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी श्यामु अर्याल भन्नुहुन्छ ।

    कतिपय व्यक्तिले अनावश्यक हल्ला तथा अफवाह फैलाएर मानिसमा डर, त्रास तथा आतङ्क सिर्जना गर्ने काम गरेका कारण यसका पछाडि नलाग्न उहाँको अनुरोध छ । बच्चा चोरको अनावश्यक हल्ला फैलिएपछि यस क्षेत्रका स्थानीय तहले समेत भ्रम नफैलाउन आग्रह गरेका छन् । बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शिक्षा विकास तथा समन्वय एकाइलगायत विभिन्न निकायले विज्ञप्तिमार्फत भ्रामक प्रचारमा विश्वास नगर्न आग्रह गरेका छन् ।

    बुटवल उपमहानगरपालिका कार्यालयले विगत केही दिनदेखि सामाजिक सञ्जालमा व्यापकरूपमा फैलाइएको विद्यार्थी अपहरणसम्बन्धी दिग्भ्रमित गराउने खालका झुटा प्रचारलाई आधार मानी केही विद्यालयले समेत सूचना प्रकाशित गरेको हुँदा यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै सामाजिक सञ्जालमा उल्लेख भएझै उपमहानगरपालिकामा कुनै घटना जानकारीमा नआएको हुँदा त्यस्ता भ्रामक सूचना, तस्वीर र भिडियोको पछाडि नलाग्न सबैमा अनुरोध गरेको छ ।

    त्यस्ता अपराधसम्बन्धी सूचना प्राप्त भएमा, जिल्ला प्रशासन कार्यालय रुपन्देही, नजिकको प्रहरी कार्यालय, वडा कार्यालय वा यस उपमहानगरपालिकामा जानकारी गराउनुहुनसमेत उपमहानगरले अनुरोध गरेको छ ।

    यतिमात्रै होइन यस उपमहानगरपालिकाअन्तर्गतका विद्यालयले स्पष्ट आधार, प्रमाण र अनुमतिबिना अभिभावक तथा विद्यार्थीलाई दिग्भ्रमित गराउने सूचना सम्प्रेषण गरेको पाइएमा कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ । “बच्चा चोरको अफवाहले परिवार समाजमा नकारात्मक असर गरेका कारण उपमहानगरपालिकाले विज्ञप्तिमार्फत सचेत गराउने काम गरेको छ”, उपप्रमुख सावित्रादेवी अर्याल भन्नुहुन्छ, “सचेत बनाँै तर शङ्काकै भरमा केही व्यक्तिमाथि आरोप नलगाऔँ ।”

    त्यसो त प्रहरीका विभिन्न एकाइले पनि सूचनामार्फत गलत हल्लाका पछि नलाग्न अनुरोध गरेको छ । तर सामाजिक सञ्जालमा भ्रामक दृश्य राखेर सेयर गर्ने क्रम रोकिएको छैन । बच्चा चोरी भयो भनेर अभिनयसमेत गरेर सामाजिक सञ्जालमा राख्न थालेपछि प्रहरीले यस्ता गलत सूचना दिने सामग्री नराख्न र राखेको पाइएमा कारबाही गर्ने जनाएको छ ।

    “सामाजिक सञ्जालमा गलत सूचना दिनेलाई प्रहरीले कारबाही गर्नुपर्छ, यस्ता गलत हल्लाले समाज अशान्त भयो । सबैभन्दा बढी बालबालिकामा नकारात्मक प्रभाव प¥यो यसले गर्दा बालबालिका विद्यालय जान पनि डराउन थाले”, अभिभावक रचना पाण्डे भन्नुहुन्छ । सचेत गराउने नाममा गलत सूचना दिएर भ्रम फैलाउने कार्य बन्द गर्नुपर्ने उहाँको भनाइ छ ।

    बुधबार, भदौ २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.