भरतपुर, २९ भदौ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा विकासको मूल बाधक भ्रष्टाचार बनिरहेको बताएका छन् । बुधबार फेसबुकमा स्टाटस लेख्दै नेता पौडेलले नेपालको विकासको मुल बाधक भने भ्रष्टाचार भएको बताएका छन् । उनले जबसम्म जनताले सुशासनको अनुभूति गर्न सक्दैनन् तबसम्म समाजिक न्याय सम्भव नभएको विचार व्यक्त गरेका छन् ।
‘नेपाल विकासको मूूल बाधक भ्रष्टाचार हो,’ उनले फेसबुकमा लेखेका छन्, ‘जबसम्म जनताले सुशासनको अनुभूति गर्न सक्दैनन्, सामाजिक न्याय सम्भव छैन ।’
कांग्रेसका वरिष्ठ नेता पौडेलले देशका सबै नेता र सबै कर्मचारी भ्रष्टाचारी नभएको बताएका छन् । स्टाटसमा पौडेलले देशका सबै नेता र सबै कर्मचारी भ्रष्टाचारी वा अनैतिक नभएकाले सबैलाई एकै डालोमा हालेर हेर्नु न्यायसंगत नभएको बताएका छन् ।
‘देशका सबै नेता वा सबै कर्मचारी भ्रष्टाचारी वा अनैतिक छैनन् । तसर्थ, सबैलाई एकै डालोमा हालेर हेर्नु न्यायसंगत हुन्न,’ उनले फेसबुकमा लेखेका छन् ।




