• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

पेचिलो बन्दैछ बागलुङमा चुनावी तालमेल


  •   बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित
  • गण्डकी ३० भदौ 

    Advertisement

    सिट बाँडफाँटमा बागलुङ–१ नछाड्ने राष्ट्रिय जनमोर्चाको अडानले जिल्ला तहमा गठबन्धन कसरी अघि बढ्ला भन्ने चासो थपिदिएको छ । गठबन्धनको सबैभन्दा सानो दल जनमोर्चाले त्यहाँको उम्मेदवारमा अध्यक्ष चित्रबहादुर केसीलाई अघि सारेको छ । बागलुङ केसीको गृहजिल्ला हो । सङ्घतर्फ बागलुङ–१ सँगै प्यूठानमा जनमोर्चाको दाबी छ ।

    प्रदेशमा पनि बागलुङको एउटा सिट आफूले पाउनुपर्ने उसको प्रस्ताव छ । विसं २०७४ को चुनावमा वाम गठबन्धन गरेर चुनाव लडेको जनमोर्चाले बागलुङबाट प्रदेशका दुई सिट जितेको थियो ।

    तत्कालीन चुनावमा बागलुङका सबै सिट गुमाएको सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेस अहिले विरासत फर्काउने सुरमा छ । दोस्रो संविधानसभा चुनावमा जिल्लाका तीनै सिट जितेको काँग्रेसले विसं २०७४ को चुनावमा नमिठो हार व्यहोर्नुपरेको थियो ।

    वाम तालमेलबाट गत चुनावमा बागलुङ–२ र बागलुङ–२ (क) मा विजयी बनेको नेकपा (माओवादी केन्द्र) अहिलेपनि गठबन्धनमार्फत त्यही नतिजा दोहोराउन चाहन्छ । गठबन्धनको अर्को घटक नेकपा (एकीकृत समाजवादी)ले पनि प्रदेशको एउटा सिटमा दाबी गरिरहेको छ ।

    एकातिर सङ्घीय मन्त्रीदेखि गठबन्धन दलका शीर्ष नेतासम्म उम्मेदवार बन्ने दौडमा हुनु, अर्कातर्फ दलका आ–आफ्नै अडानका कारण बागलुङ गठबन्धनका लागि पेचिलो बन्ने देखिएको छ ।

    जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शङ्कर बरालले आफूहरुले सङ्घसँगै प्रदेशको एउटा सिट पनि बागलुङबाटै पाउनुपर्ने बताउनुभयो । “बागलुङ–१ मा अध्यक्षलाई उठाउने पार्टी केन्द्रकै निर्णय हो, प्रदेशमा पनि बागलुङबाट एउटा सिट अनिवार्य चाहिन्छ, हाम्रो यही अडान छ”, उहाँले भन्नुभयो ।

    जनमोर्चाको बढी जनाधार भएको जिल्ला बागलुङ हो । गत वैशाखमा भएको स्थानीय तह चुनावमा अहिलेकै गठबन्धनमार्फत उसले दुईटा पालिका जितेको थियो । ति पालिका बागलुङ–१ मा पर्छन् जहाँबाट अहिले जनमोर्चाका अध्यक्ष केसी चुनाव लड्न चाहिरहनुभएको छ ।

    जनाधार, शक्ति सन्तुलन, विगत चुनावको परिणाम आदिलाई हेरेर बागलुङ–१ मा दाबी गरिएको जनमोर्चाले जनाएको छ । विसं २०७४ को चुनावमा बागलुङ–१ (ख) र २ को (ख) मा जनमोर्चा विजयी बनेको थियो । प्रदेशतर्फ बागलुङ–२ (ख) मा अहिलेपनि उसको दाबी कायम छ ।

    स्थानीय तह चुनावमा गठबन्धनको सफल नेतृत्व गरेको काँग्रेस आसन्न सङ्घ र प्रदेशको चुनाव जितेर विगतको हारलाई बिर्साउने दाउमा छ । गत वैशाखमा भएको चुनावमा जिल्लाका दसमध्ये ६ वटा पालिका जितेको काँग्रेसले यो चुनावबाट पनि उस्तै नतिजा ल्याउन चाहान्छ ।

    काँग्रेसका जिल्ला सचिव हरिहर शर्माले गठबन्धनभित्र काँग्रेस र अरु दलमा ६०÷४० को आधारमा सिट बाँडफाँट गरिनुपर्ने बताउनुभयो । गत स्थानीय तह चुनावमा पनि सोही आधारमा गठबन्धन गरिएको उहाँले सुनाउनुभयो ।

    “पार्टीको जिल्ला कार्यासमितिको निर्णय र नेता, कार्यकर्ताको एउटै धारणा के हो भने बागलुङमा काँग्रेसले एउटा सङ्घ र प्रदेशका तीन सिट पाउनुपर्छ”, उहाँले भन्नुभयो, “यो कुरा हाम्रा नेताहरुले केन्द्रमा पनि पु¥याइरहनुभएको छ, त्यसो भएन कार्यकर्ता सम्हाल्न सकिने स्थिति हुन्न भनेर भनेका छौँ ।”

    सचिव शर्माले सिट बाँडफाँटको टुङ्गो दलका शीर्ष तहबाटै टुङ्गिने भएकाले जिल्लाको काबुमा केही नरहेको बताउनुभयो । गठबन्धनमा सामेल एकीकृत समाजवादीले पनि बागलुङमा आफ्नो सम्मानजनक उपस्थिति खोजिरहेको छ । गठबन्धनको संस्कृतिमा अरु दल नचले नयाँ ढङ्गले सोचिने सो दलका जिल्ला अध्यक्ष लालबहादुर थापाले बताउनुभयो ।

    “स्थानीय चुनावमा गठबन्धनबाट धोका भयो, कतिपय ठाउँमा त्याग पनि गरियो”, उहाँले भन्नुभयो, “अहिले बढी नै सचेत छौँ, अस्तित्व नस्वीकार्ने, सम्मानजनक व्यवहार नहुने स्थिति आयो भने नयाँ निर्णय गरेर अगाडि बढ्छौँ, नत्र एक्लै चुनाव लड्छौँ ।”

    बागलुङबाट सङ्घ या प्रदेशतर्फ एउटा सिट पाउनुपर्ने दाबी एकीकृत समाजवादीको छ । प्रदेशमा बागलुङ–१ (क) र (ख) मा नै आफूहरुको जोड रहेको अध्यक्ष थापाले बताउनुभयो । उक्त दलका गण्डकी प्रदेश अध्यक्ष रामजी शर्माको गृहनगर पनि बागलुङ–१ (क) मा पर्छ ।

    माओवादी केन्द्रका जिल्ला संयोजक राजीव घिमिरेले बागलुङ–२ स्वभाविक रुपमै आफूहरुले पाउनुपर्ने धारणा राख्नुभयो । पहिले जितेको क्षेत्र सम्बन्धित दलले नै लिने गरी गठबन्धनभित्र चलिरहेको छलफलले पनि माओवादी केन्द्रलाई सहज हुने ठानिएको छ । विसं २०७४ मा सो क्षेत्रबाट शिक्षा मन्त्री देवेन्द्र पौडेलले जित्नुभएको थियो ।

    “हाम्रो जनमत पनि राम्रो छ, शिक्षा मन्त्रीले पनि त्यहीँबाट प्रतिनिधित्व गर्नुहुन्छ”, संयोजक घिमिरेले भन्नुभयो, “पहिले जितेको बागलुङ–२ र २ (क) मा हाम्रो दाबी छ, माथिबाट सिट बाँडफाँट कसरी टुङ्गिन्छ, त्यो त हेर्न बाँकी छ ।” अन्यत्रको भन्दा गठबन्धनमा बागलुङको अवस्था विशिष्ट भएकाले सिट बाँडफाँट पचिलो बनेको उहाँको भनाइ छ ।

    “जनाधार पनि भएको र शीर्ष नेता पनि यहीँको भएको हुनाले जनमोर्चाले गरिरहेको दाबी स्वभाविक हो, ठूलो दलका हिसाबले काँग्रेसको आफ्नै अडान छ”, उहाँले भन्नुभयो, “जिल्लागत परिस्थिति हेरेर केन्द्रीय तहबाटै यो विषय पक्कै टुङ्गिन्छ, जनमोर्चा र माओवादीले सङ्घ ल्याएर प्रदेशमा काँग्रेसले बढी पाउने सम्भावना पनि छ ।”

    गठबन्धनमा सामेल जनता समाजवादी पार्टी भने बागलुङको चुनावी दौडमा छैन । विसं २०७४ मा सङ्घ र प्रदेश गरी बागलुङका दईटा सिट जितेको नेकपा (एमाले) अहिले गठबन्धनको विपक्षी कित्तामा छ । एक्लै गठबन्धनको सामना गर्न तयार रहेको एमालेको भनाइ छ । सो चुनावमा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा मिलेर जिल्लाका सबै निर्वाचन क्षेत्रमा जित निकालेका थिए ।

    अहिले परिस्थिति भिन्न छ र गठबन्धन पनि । स्थानीय तह चुनावमा जिल्लामा ठूलो धक्का व्यहोरेको एमालेलाई यो चुनाव पनि पेचिलो बन्ने पक्का छ । चुनावमा गठबन्धन र एमाले एकार्काका लागि कति चुनौती बन्ने हुन् ? यसका लागि त चुनाव नै कुर्नुपर्छ ।

    बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.