चितवन ३१ भदौ
नारायणी पुलबाट एक युवा नदिमा हाम फालेका छन् ।कालिका नगरपालिका–७ जुटपानीका ३२ वर्षीय अनुप पोख्रेल पुलबाट हामफालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनि बिहीबार बेलुका करिब ७ बजे पुलबाट नदिमा हाम फालेका थिए । पोख्रेलको खोजीका लागि विपद व्यवस्थापनसहितको प्रहरी टोलि खटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।




