• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ६. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

पोखरालाई बादलको घुम्टोले छोपिदियो, क्यानभासमा कुची चलिरह्यो


  •   आइतबार, असोज ०२, २०७९ मा प्रकाशित
  • नारायण ढुङ्गाना
    पोखरा २ असोज

    Advertisement

    सुन्दरताको वर्णन गर्न नसकिने पोखरालाई यसपालि बादलुको घुम्टोले घप्लक्क छोपिदियो । यहाँ आएका नेपालसहित चार देशका एक सय १८ कलाकार ९चित्रकार०को मनमा केही अमिलो पारिदियो । पोखरा र आसपालका सुन्दरतालाई आँखाले स्पर्श गरी क्यान्भास सजाउन दुई दिनदेखि प्रतिक्षारत स्वदेशी र विदेशी कलाकार सफल हुन सकिरहेका छैनन् । मौसम बदलाव कारक बनिरहेको छ तर प्रतीक्षा बाँकी नै छ ।

    जलरङमा कुची चोपेर माछापुच्छ«ेको काखलाई क्यान्भासमा उतार्दा आउने मजा कलाकारको कल्पनामै सीमित छ । नेपाली कलाकारले विगतका अनुभव पोखिरहेका छन्, विदेशी कलाकार अझै ती दृश्य सिर्जनामा लालायित छन् र प्रार्थना गरिरहेका छन् ।

    छिनछिनमै परिवर्तन भइरहेको बादल अनि त्यसभित्र घुसेको पोखरा, स्थानीय रहनसहनले उनीहरुका मन भने लोभ्याइरहेको छ । अझ यहाँको पर्यटकीय क्षेत्र घाचोकबाट देखिने दृश्य क्यान्भास सजाउने कल्पनामा डुबिसकेका छन् कलाकार ।

    त्यसको पूर्वसन्ध्यामा शनिबार १२ मास्टर कलाकारले बगरको भानु हलमा चित्रहरूको ‘रिहर्सल’ गरे । उहाँहरूको सिर्जना पोखराका ती सुन्दरताभन्दा टाढा थियो । कलाकारले आ–आफ्नो मुलुकका रहनसहन र सामाजिक परिवेश सिर्जना गरेर कलामार्फत एकताको सन्देश छरे । त्यसले उपस्थित कलाकार र दर्शकलाई लोभ्याइदियो । गडगडाहट तालीले कलाकारले सम्मान पाए भने नवकलाकार र दर्शक सेल्फी लिन तम्सिए ।

    इरानी मास्टर आर्टिष्ट नादेर मोहजब्नीयले स्वर्गको परीको हाउभाउ कस्तो रहनसक्ला भन्ने कल्पनामा यथार्थ भर्नुभयो । समाजमा देखिरहेकै युवतीका चालचलनलाई कल्पना मिसाउँदा आउने सुन्दर युवतीको परिपक्व यौवन आर्ट पेपरमा खिच्नुभयो । युवतीको मस्त जवानी छचल्किएको दृश्यले दर्शक तथा कलाकारको मन जित्यो ।

    “कलाको कुनै सीमा हुन्न, यो एउटा स्वर्गकी परीको सिरिजलाई देखाएको हुँ”, उहाँले थप्नुभयो, “उक्त सिरिजमा धेरै चित्र सिर्जना गरिसकेको छु ।” उहाँले फरक–फरक आसन र फरक–फरक ‘पोज’मा परीहरुलाई उतारिसक्नुभएको छ । त्यही शृङ्खला जोडेर नेपाली कलाकारसामु पस्किएको सुनाउनुभयो ।

    उहाँसँगै भारतका कलाकार विजय विश्वाल पनि ‘लाइभ’ सिर्जनामा बस्नुभएको थियो । छोटो समयमा आर्ट पेपरमा जलरङ पोत्नुभयो । उहाँका सिर्जनाले भारतमा चल्ने पुरानो रेलमा नेपाली प्यागोडाशैलीका मन्दिर अनि त्यही कार्यक्रममा नृत्य प्रस्तुत गर्ने नेपाली युवतीलाई जोडेर देश–देशबीचको भाइचारालाई परिपक्व बनाउने प्रयास गरेको छ ।

    रेलको अग्रभावमाथि नेपाली मन्दिरको गजुर ठड्याएको दृश्यले भानु हलका दर्शकको गडगडाहट तालिम पायो । विगतमा ट्रेन सिरिजमा भरतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट तारिफ पाएका उहाँले त्यही सिरिजमा नेपाली कला मिसाएर स्थानीय स्वाद पस्किने प्रयास गरेको सुनाउनुभयो ।

    स्केच नगरी कला सिर्जना गर्न पारङ्गत नेपाली मास्टर आर्टिष्ट दिराम पाल्पाली अन्तर्राष्ट्रिय कलाकारसामु अब्बल नै देखिनुभयो । सयौँ दर्शकका बीचमा प्रत्यक्ष कला सिर्जनामा सहभागी पाल्पालीले काठमाडौँको व्यस्त सडक र त्यहाँ आ–आफ्नो तालमा हिँडिरहेका बटुवा उतारिरहँदा भारतीय कलाकार विजयको मन उद्देलित भयो । तत्कालै पोडियममा पुगेर भन्नुभयो, “वास्तविक जलरङ भनेको त्यो हो, जुन पाल्पालीको डेमोमा देखिँदैछ ।”

    बङ्गलादेशी मास्टर कलाकार कौशर होसनले नेपाली समाज सुहाउँदो आफ्नै मुलुकको सुन्दर ग्रामीण बस्ती र त्यहाँको समाज, रहनसहनलाई देखाइदिनुभयो । उहाँसँगै लाइन सिर्जनामा नेपाल कलाकार भीम श्रेष्ठ सहभागी हुनुभयो । उहाँले नेपाली समाजलाई चित्रित गर्नुभयो ।

    पानी रङ जटिल विधा हो । यसमा काम गर्र्दा सुधार गर्ने मौका नै हुन्न । बिग्रियो त सकियो । त्यसैले पनि जलरङमा कुची चलाउन औधी गाह्रो हुन्छ । त्यसमाथि नेपालकै दोस्रो पर्यटनको गल्तव्य पोखराको सुन्दरता सिर्जनामा वर्णन गर्न झनै गाह्रो हुन्छ ।

    माछापुच्छ«े हिमालको काखमा रहेको पोखराको अनुपम दृश्यले पर्यटकलाई बारम्बार लोभ्याउँछ । प्राकृतिक तालहरूबाट प्राप्त आनन्द अनि अन्नपूर्ण हिमशृङ्खलाका हिमाली दृश्य एकसाथ नजिकबाट नियाल्न सकिने ठाउँ हो पोखरा । ग्रामीण बस्ती, स्थानीय रहनसहन र विभिन्न साहसिक खेल यसका थप विशेषता हुन् । घरीघरी बादलुको घुम्टोले ढाकेका पल कम्ता गजब लाग्दा हुन्न ।

    मानसपटलमा पटकमा ती दृश्य कैद भए पनि कलाकारले शनिबार त्यसलाई क्यानभास सजाउन पाएनन् । तेस्रो चरणका डेमोस्टेटर छ कलाकार एकैपटक लाइभमा बसे । कला सिर्जना गरेर देखाए । जसमा नेपालका मनोज तामाङ र डिबी राई, भारतका अमलेश मजुम्दार र अनिल शर्मा तथा बङ्गलादेशका एसएम वाहिदुज्मान र अराफात हुसेनले प्रस्तुति दिनुभयो ।

    संस्कृति, राजनीति र सामाजिक विषयलाई सरलरूपमा प्रस्तुत गर्न सकिने विधा हो कला । सहजरूपमा बुझन् सकिने विधाको एउटा महोत्सवकै रूपमा पोखरामा आयोजना गरिएको आर्ट क्याम्प पर्यटक प्रवद्र्धनको माध्याम पनि हो ।

    नेपाल प्रकृति, संस्कृति, इतिहास र सभ्यताको खानी मुलुक हो । अझै पोखराको दृश्य सबैका लागि मनमोहक हो । त्यसलाई हृदयको गहिराइमा पुगेर सिर्जना गर्न सके त्यसले खास दिन्छ । लुकेका विषयवस्तुलाई सरलरूपमा पस्कन सक्ने क्षेत्र भनेकै कला हो । कला जीवनसँग संलग्न हुने भएकाले इरान होस् या बङ्गलादेश, भारत होस् या नेपाल यसले संसारलाई एक बनाउन भूमिका खेल्छ । कलाले विश्वलाई जोड्न मद्दत गर्छ ।

    आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज ९आइडब्लुएस० नेपालका अध्यक्ष एनबी गुरुङ यस कार्यक्रमले पोखरा र समग्र नेपालको पर्यटन विकासमा योगदान गर्ने विश्वास गर्नुहुन्छ । आइतबार घाचोक पुगेर प्रतिस्पर्धात्मक कला सिर्जना गरिँदै छ भने सोमबार यहाँका अन्य प्राकृतिक दृश्य समेट्ने योजना कलाकारको छ । रासस

    आइतबार, असोज ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    • ६.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.