चितवन २ असोज ।
अक्षर समूह, चितवनको आयोजना तथा ग्रीनल्याण्ड पब्लिक स्कुलको सहआयोजनामा बालबालिकाको माझमा कवि रमेशचन्द्र घिमिरे कार्यक्रम सम्पन्न भएको छ ।
ग्रीनल्याण्ड पब्लिक स्कुलकी प्राचार्य इन्दिरा कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार गोविन्दराज बिनोदी, अतिथिहरुमा डिबि बर्तौला, इन्दिरा पौडेल, डा. कर्ण बानिया, नानी बिवु रहेका थिए ।
अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभात संयोजक रहेको उक्त कार्यक्रममा अक्षर समूहका सचिव लेखराम सापकोटाले मन्तव्य ब्यक्त गरेका थिए। साहित्यकार विद्या भण्डारी चिरागले सष्ट्रा परिचय, बिमला अधिकारीले रचनावाचन गरेका थिए । कार्यक्रममा ग्रीनल्याण्ड पब्लिक स्कुलका विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।




