• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

पैसा कमाउनु मात्र ठूलो कुरा होइन : डा भगवान कोइराला


  •   सोमबार, असोज ०३, २०७९ मा प्रकाशित
  • चिकित्सकका रुपमा काम गर्न थालेको करिब ३० वर्षको अवधिमा मैले थुप्रै कुरा सिक्ने अवसर पाएँ। साथै यस सन्दर्भमा मैले गरेको कामले विशेषगरी मुटु उपचारको क्षेत्रमा केही योगदान पुग्यो होला भन्ने अनुभव गरेको छु।

    Advertisement

    आत्मसन्तुष्टि कस्ता कार्यबाट लिनु बढी ठीक हो भन्नेबारे पनि सार्वजनिक जीवन जिउने मानिस स्पष्ट हुनुपर्छ। अस्पतालमा उपचार सेवा लिनै नसक्ने बिरामीलाई आर्थिक सहयोग जुटाएर उपचार गरिदिँदा निश्चय नै आत्मसन्तुष्टि हुन्छ। यसरी केही व्यक्तिलाई उपचार गर्न पनि सकिएला। तर देशव्यापी रुपमा यसका लागि कुनै एउटा लोककल्याणकारी प्रणाली बसाउन सकियो भने यसबाट हजारौं बिरामीले सधैंका लागि सेवा प्राप्त गर्न सक्ने हुन्छ। यस्ता कार्यबाट प्राप्त हुने आत्मसन्तुष्टि पनि तुलनात्मक रुपमा धेरै बढी हुन्छ। त्यसकारण केही व्यक्तिलाई लक्ष्य गरेर काम गर्नुभन्दा बृहत्तर जनताको हित हेरेर प्रणाली बसाउनुपर्छ भन्ने मेरो जीवनको मान्यता छ।

    नेपालमा पहिलो पटक ओपनहार्ट सर्जरी प्रोग्राम सुरू गर्न सकियो। गङ्गालाल अस्पतालको स्थापना र सञ्चालन, मनमोहन सेन्टरको स्थापना तथा सञ्चालनमा महङ्खवपूर्ण भूमिका निर्वाह गर्न सकियो। मुटुको शल्यक्रिया सेवालाई निजी क्षेत्रमा र काठमाडौं उपत्यका बाहिरसमेत विस्तार गर्ने कार्यमा केही सहयोग गर्न सकिएको छ। यस अवधिमा आफैं प्रत्यक्ष संलग्न भएर वा मैले नेतृत्वको गरेको टिमले करिब १४(१५ हजार कार्डियोभास्कुलर सर्जरी गरिसकेको छ।

    स्थापनाकालमा सिभिल हस्पिटल तथा अर्गान ट्रान्सप्लान्ट सेन्टरको सञ्चालक समितिमा बसेर दुवै अस्पताललाई सञ्चालनमा ल्याउन सक्दो सहयोग गरें। ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा विभिन्न स्थानीय सङ्घ(संस्थाहरुको सहकार्यमा दर्जनौं हेल्थ क्याम्पहरुमार्फत दसौं हजारभन्दा बढी बिरामीहरुलाई मुटुको विशेषज्ञ सेवा प्रदान गरिएको छ। यसले निश्चय नै आफ्नो स्वास्थ्यबारे अनभिज्ञ र रोगबारे ज्ञात भएर पनि सहरमा उपचारका लागि जान नसकेका थुप्रै नेपालीलाई घरदैलोमा स्वास्थ्य सेवा उपलब्ध भएको छ। यस किसिमको सेवाले उनीहरुको अनुहारमा देखिने खुसीले अझै केही गर्ने हौसला बढेर आउँछ।

    नसर्ने रोगहरुको विषयलाई एउटा महङ्खवपूर्ण एजेन्डाका रुपमा राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गर्न, सुर्तीजन्य वस्तुको नियन्त्रण र स्वास्थ्य सेवामा विकेन्द्रीकरण गर्ने जस्ता विषयलाई राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गर्ने विषयमा केही पहल गर्न सकियो। कर्णाली प्रदेश स्वास्थ्य परामर्श समिति तथा स्वास्थ्य मन्त्रालयको सल्लाहकार समितिमार्फत राष्ट्रिय स्वास्थ्य नीति निर्माणमा सहयोग गर्न सकियो। यस्तै सहिद गङ्गालाल हृदय केन्द्र तथा मनमोहन केन्द्रमा समेत गरिबहरुलाई मुटुको भल्भ निःशुल्क उपलब्ध गराउने, १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई अपरेसनलगायत मुटुसम्बन्धी सम्पूर्ण उपचार निःशुल्क गराउने, ७५ वर्षभन्दा बढी उमेरका नागरिकलाई मुटुसम्बन्धी अपरेसनलगायत सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्न सफल भइयो।

    आफूले सिकेको ज्ञानलाई जुनियर चिकित्सकहरु र चिकित्सा शिक्षाका विद्यार्थीहरुलाई पनि सिकाउन पाएकोमा मलाई गौरवको अनुभव भएको छ। कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जरीमा एमसिएच ९पिएचडी सरह० प्रोग्रामको संयोजकका रुपमा थुप्रै विद्यार्थीलाई तालिम दिन सकिएको छ। विभिन्न व्यावसायिक सोसाइटी, चिकित्सा शिक्षा आयोग तथा कमिटीहरुमार्फत पनि स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको क्षेत्रमा केही योगदान गर्न सकियो भन्ने लागेको छ।

    सार्वजनिक क्षेत्रमा यति लामो काम गरेपछि अबका दिन कसरी अगाडि लैजाने भन्ने सोचिराखेको बेला साथी उपेन्द्र महतोले मेडिसिटी अस्पतालमा प्रमुख भएर जाने निम्तो दिए। एक मनले जाऊँ कि भन्ने लाग्यो। तर भुइँचालोपछि भने विचार फेरियो। भुइँचालोमा हजारौं व्यक्तिको मृत्यु र त्यसभन्दा बढी घाइते भएको देखेपछि लाग्यो( पैसा कमाउनु मात्र ठूलो कुरा होइन, जिउन पाउनु खुसीको कुरा रहेछ, अरुका लागि जिउन पाउनु त सौभाग्य रहेछ। फेरि अमेरिकामा पढ्दै गरेको छोरा नीरभले एक दिन फोनमा भन्यो, “बाबा, अब तपाईंले मेरा लागि खर्च गर्नुपर्दैन। तसर्थ पैसाका लागि तपाईंले आफूलाई मन नपर्ने कुनै काम गर्न जरूरी छैन। तपाईं निजी संस्थाको प्रमुख भएर नगए पनि हुन्छ। तपाईंले देशको नीतिगत तहमा काम गर्नुभए बेस हुन्छ। पछि म पनि तपाईंलाई सघाउँला।”

    करिअर एवम् समाजबारे मसँग कुरा गरिरहने छोराको सुझाव बलियो मार्गनिर्देशन सावित भयो। म सरकारी जागिर छाडेर निजी संस्थामा पूर्णकालीन काम गर्न नजाने भएँ। तर सरकारी जागिर सकिएपछि पनि मैले काम गर्न सक्ने समय अझ धेरै बाँकी भएकाले घरपरिवार, साथी तथा चिकित्सकको सल्लाहबमोजिम भविष्यमा एक चुनौतीपूर्ण काम गर्ने निधो गरें।

    नेपालमा बालरोग उपचारका क्षेत्रमा खासै ठूलो काम हुन सकेको छैन। बालबालिकाको स्वास्थ्य, त्यसमा पनि मुटु स्वास्थ्यमा मेरो विशेष चासो र दक्षता छ। त्यसैले काठमाडौंमा एक बहुविशेषज्ञ सेवासहितको स्तरीय बाल अस्पताल र बाँकी छ प्रदेशमा एकएक ओटा जनरल बाल अस्पताल बनाउन पहल गर्ने निधो गरें। यसका लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ नामक गैरनाफामूलक संस्था दर्ता भएको छ।

    काठमाडौंको गोल्फुटारस्थित हेपाली हाइटमा नेपाल सरकारबाट ४२ रोपनी जग्गा लिजमा प्राप्त भई कन्सेप्ट डिजाइनको काम अन्तिम चरणमा पुगेको छ। अन्य प्रदेशहरुमा पनि स्वस्फूर्त रुपमा उत्साहजनक तरिकाले हामीलाई बोलाइएको अवस्था छ। गैरनाफामूलक क्षेत्रबाट यो काम गर्न सके करिब डेढ करोड बालबालिकाको स्वास्थ्यमा उल्लेख्य सहयोग पुग्ने थियो। सरकारी र गैरसरकारी क्षेत्रको सहकार्यमा एउटा नमुना विशिष्टीकृत सेवाप्रदायक प्रणालीको पनि विकास हुने थियो। अवकाशपछिको जीवन यही काममा समर्पित गर्ने विचार गरेको छु। यहाँहरुको समेत सहयोग भए यो काम पूरा हुन्छ भन्ने विश्वास छ।

    (डा. भगवान कोइरालाको सोमबार लोकार्पण भएको पुस्तक ‘हृदय’ को एक अंश। हालसम्म सीमित संस्करण मात्र सार्वजनिक भएको यस पुस्तकको नियमित संस्करण असोज पहिलो साता उपलब्ध हुनेछ। २५,००० रुपैयाँ मूल्य अङ्कित विशेष संस्करण बिक्रीबाट प्राप्त शतप्रतिशत रकम र नियमित संस्करणको लेखकस्वको ५० प्रतिशत रकम विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजनाका लागि जानेछ।)

    • डा. भगवान कोइराला
    सोमबार, असोज ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.