काठमाडौँ ४ असोज
सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई अदालत प्रवेश गर्न दिनुपर्ने माग राख्दै केही व्यक्ति वा समूहले प्रदर्शन गर्ने पूर्वसूचना पाएपछि प्रहरी परिचालन भएको स्रोतको दाबी छ।
यसअघि आइतबार चोलेन्द्र सर्वोच्च फर्किने बताए पछि सुरक्षा सतर्कता बढाइएको थियो ।प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले चोलेन्द्रमाथि महाभियोग लगाउन ९ बुँदे आधारसहितको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको थियो ।
चोलेन्द्रले संसदको कार्यकाल सकिएसँगै महाभियोग प्रस्ताव निस्क्रिय भएको भदै सर्वोच्च फर्किने प्रयास गरिरहेका छन् ।आइतबार चोलेन्द्र सर्वोच्च फर्किने प्रयास गरेपछि सरकारले पनि उनको सुरक्षामा कटौती समेत गरिसकेको छ ।
यसैबीच महाभियोग लगाउने दलहरु, सर्वोच्चका न्यायाधीश, नेपाल बार र सर्वोच्च अदालत बारले भने प्रक्रिया पुरा नभएको र चोलेन्द्र निलम्बित अवस्थामा नै रहेकोले उनी फेरी सर्वोच्चमा फर्किन नमिल्ने ब्याख्या गर्दै आएका छन् ।




