काठमाडौँ ५ असोज ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, घोषणापत्र तयारी समितिले पूर्णता पाएको छ । समितिमा ४१ जना सदस्य मनोनयन गरेपछि समितिले पूर्णता पाएको हो ।
मनोनयन गरिएका सदस्यमा सहमहामन्त्री फरमूल्लाह मंसुर, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सहमहामन्त्री भीष्मराज आङ्देम्बे, सहमहामन्त्री महेन्द्र यादव, सहमहामन्त्री बद्रीप्रसाद पाण्डे, सहमहामन्त्री जीवन परियार रहेका छन् ।
यसैगरी केन्द्रीय सदस्यहरु मीनबहादुर विश्वकर्मा, किरण यादव, योगेन्द्र चौधरी, रंगमती शाही, प्रा.डा. गोविन्दराज पोख्रेल, सुशीला भट्ट मिश्र, नानु बाँस्तोला, अनुराधा कोइराला, मनोहरनारायण श्रेष्ठ, किरण गिरि, डा बिष्णुविभु घिमिरे, श्रवण मुकारूङ, डा. स्वर्णीम वाग्ले, डा. सुरेश आचार्य, गेजा शर्मा वाग्ले, मदन कट्टेल, प्रमोदहरी गुरागाईं, डा. अञ्जनी झा, ई. अभिमन्युलाल सिंह, डा.ई. हरि दर्लामी मगर, अधिवक्ता डा. रुद्र शर्मा, डा. सञ्जय महतो थारु, भोजराज श्रेष्ठ, प्रताप पौडेल सदस्य छन् ।
अन्य मनोनित सदस्यमा डा. बुद्धिमान श्रेष्ठ, शंकर तिवारी, डा. कृष्ण पौडेल, दिपेश घिमिरे, प्रकाश लामिछाने, डा. प्रीति मण्डल, मीन भाम, विनोद दास, सुमित खरेल र विकल राई छन् । समितिको सदस्य सचिवमा डा. प्रदीप पराजुली रहेको नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।




