काठमाडौं ६ असोज
नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले आज ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा पार्टी प्रवेश गराएका हुन्।
खनालमाथि तत्कालीन जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादव अपहरण गरेको आरोप लागेको थियो। उनले एमाले नेता तथा सांसद महेश बस्नेतसँग सांसद यादवलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको आरोप लागेको थियो।




