• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

दशैँको रमझम सुरु तर गाउँबाट हराए रोटे र लिङ्गे पिङ


  •   बुधबार, असोज १२, २०७९ मा प्रकाशित
  • सुर्खेत, १२ असोज ।

    Advertisement

    दशैँ सुरु भइसक्यो, वातावरण दशैँको माहोलमा रम्न थालिसक्यो । दशैँको रमझम सुरु भएसँगै गाउँघरमा ‘लिङ्गे पिङ’ खेल्दै रमाउन सुरु भइसक्थ्यो । तर कर्णाली प्रदेशका गाउँ–गाउँमा ‘लिङ्गे पिङ’ थापेको कहीँ कतै देखिँदैन । दशैँमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ ।

    पहाडी तथा ग्रामीण भेगका मानिसले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरूमा ‘मेला’ आयोजना गर्थे । त्यही मेलामा मनोरञ्जनको सबैभन्दा महत्वपूर्ण माध्यम थियो ‘लिङ्गे पिङ’ । दशैँमा ‘लिङ्गे पिङ’ खेल्ने परम्परा पनि यसै अन्तर्गत सुरु भएको हुनसक्छ । जे होस् दशैँमा ‘लिङ्गे पिङ’को रौनकै छुट्टै हुन्थ्यो ।

    पिङ नखेली पनि दशैँ मनाइन्छ र रु मनाए पनि त्यसको के अर्थ रु भन्ने लाग्थ्यो । दशैँमा गरिने रमाइलोमा सबैभन्दा ठूलो भूमिका ‘लिङ्गे पिङ’कै हुन्थ्यो । दशैँमा पिङ खेल्नैपर्ने परम्परा कहिले, कहाँ र कसरी सुरु भयो ठ्याक्कै भन्न नसकिए पनि जबदेखि दशैँ मनाइयो, पिङ खेल्न पनि उही बेलादेखि नै सुरु भएको मान्न सकिन्छ ।

    वर्षमा एकचोटी धर्ती छोड्नैपर्ने मान्यताका साथ हरेक वर्ष कम्तीमा एकपटक बालबालिकादेखि युवा, वृद्ध सबैले पिङ खेल्नैपर्ने चलिआएको चलन बुढापाकाहरू बताउँछन् । केही वर्षअघिसम्म दशैँ तिहारजस्ता चाडमा प्रत्येक टोलमा पिङ थापिन्थ्यो । पछिल्लो समय गाउँगाउँमा खेलिने ‘लिङ्गे पिङ’को चलन हराउँदै गएको हो ।

    दशैँको सुरुआतदेखि थापेको ‘लिङ्गे पिङ’ तिहारसम्मै राखिन्थ्यो । युवाहरू विभिन्न सिलसिलामा गाउँबाट बिहिर जान थालेसँगै दशैँको खुसीयालीमा रौनक थप्ने पिङ खेल्ने संस्कृति हराउँदै गएको बूढापाहरूको भनाइ छ । दशैँका बेला गाउँका युवाले बालबालिकाको लिङ्गे पिङ निर्माण गरेर खेल्ने र रमाइलो गर्ने चलन थियो, अहिलेको पुस्तामा त्यो रहर देखिँदैन ।

    हरेक वर्ष दशैँमा पिङ लगाउने चलन । अनि पिङ बनाउन केही समय अघिदेखि नै गाउँका टाठाबाठाहरूको सहभागिता । बाँस, लठारो, काम्रो, काठ आदिको व्यवस्थापन गर्न हरेक घरबाट केही रुपैयाँ सङ्कलन गरिन्थ्यो । पिङ लगाउने स्थान पनि प्रायः निश्चित नै हुन्थ्यो । साझा चौर या मन्दिरको प्राङ्गण ।

    सबैजना मिलेर तयार पारिएको त्यस पिङलाई गाउँकै सम्पदा जत्तिकै महत्व दिइन्थ्यो । दुई प्रकारका पिङहरूको चलन थियो । लिङ्गे पिङ र रोटे पिङ । लिङ्गे पिङ विशेष चाडवाडमा मात्रै निर्माण गरिन्थ्यो । जुनसुकै बेला नबनाइने भएकाले पनि यसको महत्वलाई संस्कृतिले नै जगेर्ना गर्दथ्यो ।

    अहिले दशैँमा बाटिँदैनन् बाबियाको लठारो । गाडिँदैनन् बाँसका खम्बाहरू । पहिला पिङ लगाइने चौर पनि सुनसान देखिन्छ । माहोल मौन छ, लिङ्गो कटाउँदा गुञ्जिने ‘चाचाहुइया।।।’ गुञ्जिँदैन आजकल । समयले दशैँलाई पनि आफूसँगै फेरिदिएको छ । अहिलेका पुस्तालाई रोटे र लिङ्गे पिङको महत्व मात्रै होइन यसको आकार र स्वरुपका बारेमा पनि थाहा छैन ।

    उनीहरूले सुनेका छन् आमाबुबा वा हजुरबुबा, हजुरमुमाबाट ‘हामी दशैँमा पिङ खेल्थ्यौं । क्या मज्जा आउँथ्यो ।’ यही अभिव्यक्तिले उनीहरूको मस्तिष्कमा छाप पारेको छ ‘दशैँमा पिङ खेलिन्छ ।’ त्यसैले उनीहरू घरभित्रै सानो पिङ लगाइदिन झगडा गर्छन् । कसैको माग पूरा हुन्छ । कसैले भने घरभित्रै खेलिने पिङको समेत मज्जा लिन पाउँदैनन् ।

    लिङ्गे पिङलाई चार दिशामा बाँस गाढेर, बाबियाबाट निर्मित लठारो प्रयोग गरी तयार गरिन्थ्यो र शिरमा सयपत्री, लालुपातेजस्ता फूलहरू राखेर सिँगारिँदा पिङ चिटिक्क परेकी बेहुलीजस्तै देखिने । बालबालिकादेखि वृद्धसम्म हरेक उमेरका मानिसहरूले पिङ खेल्ने चलन भए पनि युवा वर्गहरू पिङ खेल्नमा बढी नै उत्साहित हुन्थे ।

    बसेर उठेर दुवै तरिकाले मच्चिँदै खेलिने लिङ्गे पिङमा युवायुवतीको दोहोरी नै चल्थ्यो । ‘कसले बढी मच्चिन सक्ने रु’, ‘कसले लिङ्गो कटाउने रु’ भनेर । जसले सक्यो ऊ नै त्यहाँको ‘हिरो’ । रोटे पिङ बनाउन जनशक्ति र खर्च बढी नै लाग्ने भएकाले कमै मात्र बनाइन्थ्यो । काठ, डोरी जस्ता स्थानीय वस्तुहरू प्रयोग गरेर बनाइने रोटे पिङ बनाइन्थ्यो ।

    एकैसाथ धेरै जनाले खेल्न पाउने गरेर रोटे पिङ बनाइन्थ्यो । ‘पिङ खेल्नकै लागि घण्टौंसम्म लाइन बस्ने, तछाडमछाड गर्दै आफ्नो पालो कुर्ने, कसले धेरै उचाइसम्म मच्चिन सक्छ भन्ने होडबाजी । यो सबै एकादेशको कथाजस्तै भइसक्यो,’ राहताल गाउँपालिका–५ बड्डीचौरका पदमलाल बिष्टले भन्नुभयो, ‘अहिले समयसँगै दशैँ पनि बदलिएको छ ।’

    प्रविधिको विकास भएसँगै मनोरञ्जनका अन्य साधनहरू प्रशस्तै आएकाले पनि यस्ता पिङतर्फ आकर्षण घटेको उहाँको बुझाइ छ । रोजगारका लागि युवाहरू विदेशिएका कारण पिङ थाप्ने जनशक्ति नै गाउँमा नभएको बिष्ट बताउनुहुन्छ । ‘रोटे र लिङ्गे पिङ बनाउन खुला ठाउँ चाहिन्छ, तर न हामीसँग छेलोखेलो जमिन छ न त समय नै,’ उहाँले भन्नुभयो ।

    पिङ बनाउनलाई आवश्यक बाँस, काठ आदि सामाग्रीहरू पनि उपलब्ध नहुने भएकाले पनि रोटे र लिङ्गे बन्न छाडेको उहाँको भनाइ छ । बढ्दो शहरीकरण र आधुनिकताका कारण पिङ बनाउनलाई आवश्यक खाली जमिन, पर्याप्त समय र आवश्यक स्रोत साधनको अभाव भएकाले पनि दशैँमा लिङ्गे पिङ खेल्ने कल्चर मासिँदै गएको उहाँले बताउनुभयो ।

    “ग्रामीण भेगमा मानिसहरूको बसोबास पातलिएको छ । गाउँ सुनसान छन् । गाउँका सक्रिय जनशक्ति नै विदेश पलायन भएपछि पिङ लगाउने को रु अनि खेल्ने को रु वर्षमा एकदिन जमिन छोड्नुपर्छ भन्दै ‘पिङ’को उडान भर्ने युवाहरू रोजगारीका एकाएक विदेसिन थालेपछि पिङ एक्लिएको हो । विस्थापित भएको हो”, उहाँले भन्नुभयो ।

    त्यसो त प्रविधिले मनोरञ्जनका विभिन्न साधन र माध्यम विकास गरिदिएकाले पनि पिङ खेलेर मनोरञ्जन लिनु त्यति खास लाग्दैन मान्छेहरूलाई । मानव जीवनमा प्रविधिको बढ्दो हस्तक्षेपलाई पनि केही हदसम्म दोषी मान्नुहुन्छ, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ निवासी गायक तथा संगीतकार कुलमान नेपाली ।

    अहिलेका सोखिन मानिसहरू चौरमा पिङ खेल्नभन्दा कोठामै बसेर मोबाइलमा गेम खेल्न रुचाउँछन् । “दशैँलाई सबैसँग घुलमिल भएर मनाउने चाडभन्दा पनि आफ्नो परिवारमा मात्र सिमित राख्ने कल्चरको विकास भएको छ”, नेपाली भन्नुहुन्छ, “दशैँ सामूहिक पर्वभन्दा ‘प्राइभेट सेलिब्रेसन’को माध्यम बनेपछि पिङ खेल्ने चलन लोप हुँदै जानु स्वभाविक हो ।”

    उहाँका अनुसार अहिलेको पिढी सुखसयलको भोगी छ । नयाँ पुस्तालाई संस्कृति, परम्परालाई अवलम्बन गर्न झन्झट लाग्छ । उनीहरू पिङ खेल्नु भन्दा कोठामै बसेर मोबाइल चलाउन, कम्प्युटरमा गेम खेल्न रमाइलो मान्छन् । ‘आजकल मान्छेलाई टिका लाएर आशीर्वाद थाप्ने फुर्सद त छैन, पिङ खेल्ने त धेरै टाढाको कुरा हो,’ उहाँले थप्नुभयो ।

    प्रविधि, व्यस्तता र संस्कृतिलाई निरन्तरता दिनुपर्छ भन्ने भावनाको कमीले दशैँका बेला खेलिने रोटे र लिङ्गे पिङ हराएको उहाँको भनाई छ । नेपाली भन्नुहुन्छ, ‘यो पिढीको मूलमन्त्र हो, बाप बडो न भैया, सबसे बडा रुपैयाँ १ अहिलेकै पुस्तालाई मात्रै सबै दोष दिन मिल्दैन । अघिल्लो पुस्ताले पनि बुझाउन सकेन, नयाँ पुस्ताले बुझ्नै चाहेन, कुरा यही हो ।’

    पिङ बनाउनलाई आवश्यक बाँस, काठ आदि सामग्रीहरू पाउनै कठिन भएकाले चाहेरै पनि यसको महत्व घटेको हुन सक्ने बताउनुहुन्छ, वीरेन्द्रनगर नगरपालिका–११ का रमेश सिँजाली । सामग्रीहरू प्राप्त गर्ने प्रक्रिया पनि झन्झटिलो, पट्यारलाग्दो हुने भएकाले चाहेर पनि संस्कृतिलाई निरन्तरता दिन नसकेको उहाँको भनाइ छ ।

    “अहिले गाउँघरमा युवाहरूको सङ्ख्या पनि कम छ । युवाहरू पढाइ रोजगारीका लागि थातथलो छाड्नुपर्ने बाध्यताका कारण पनि पिङ बनाउन कठिन छ,’ सिँजालीले भन्नुभयो, ‘अहिले गाउँ–गाउँमा भित्रिएको प्रविधिसँगै मनोरञ्जनका विभिन्न साधनहरूले गाउँघरमा रोटे र लिङ्गे पिङ लोप भएका हुन थालेका छन् ।”

    गाउँघरमा पिङ नभएपछि जमघट र भेटघाट खलो हुने गरेको उहाँको भनाइ छ । “गाउँमा मात्र होइन, केही वर्ष अगाडिसम्म सदरमुकाममै पिङ देख्न पाइन्थ्यो तर अहिले त्यो संस्कृति हराइसक्यो”, सिँजालीले भन्नुभयो, “अहिले त जङ्गलमा बास र बाबियो पनि पाइँदैन । सामग्री नै नपाइने भएपछि बनाउनका लागि कसले झण्झट गर्ला र रु”

    उहाँँका अनुसार पहिले बाबियोको डोरी बाटेर बाँसको लिङ्गा गाडेर ‘लिङ्गे पिङ’ हाल्ने गरिन्थ्यो । सामान्यतया लिङ्गे पिङ बाँसका लिङ्गा गाटेर बाबियोको डोरीको लठ्ठा बनाएर बनाउने गरिन्थ्यो । पुरानो संस्कृति र परम्परा जोगाउन अहिले गाउँघरमा बाबियोको डोरी बनाउने मानिसको अभाव रहेका कारण पनि ‘रोटे र पिङको संस्कार’ पनि हराउँदै गएको छ । रासस

    बुधबार, असोज १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.