• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरीमा अगाडि बढेन पूर्वाधारका काम


  •   बुधबार, असोज १२, २०७९ मा प्रकाशित
  • गोदावरी, १२ असोज ।

    Advertisement

    सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी घोषणा भएको असोज १२ गते चार वर्ष पुगेको छ । तर, स्थायी राजधानी घोषणा भएको गोदावरीमा पूर्वाधार निर्माणको काम भने अघि बढ्न सकेको छैन ।

    विसं २०७५ असोज १२ गते तत्कालिन प्रदेश नं. ७ प्रदेशसभा बैठकले कैलालीको गोदावरी नगरपालिका–२ र ४ मा पर्ने वन क्षेत्रमा प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पास गरेको थियो । प्रदेश राजधानी गोदावरी घोषणा भएको चार वर्ष पुगिसक्दा भौतिक पूर्वाधारलगायत कुनैपनि काम अघि बढ्न नसक्दा अन्यौलता देखिएको छ ।

    सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको नामकरण र राजधानी तोक्ने काम पाँच बर्षको अवधिमा महत्वपुर्ण उपलब्धिकारूपमा मान्दै आएको छ । राजधानीको पूर्वाधारका लागि प्रदेश सरकारले हरेक वर्ष बजेट विनियोजन गर्दै आए पनि काम नहुँदा सो बजेट फ्रिज भएर जाने गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले गोदावरीमा भौतिक पूर्वाधारका संरचना निर्माणलगायत कामका लागि पहिलो वर्ष २०७५/७६ मा रु एक अर्ब बजेटसमेत विनियोजन गरेको थियो । तर, सङ्घीय सरकारबाट प्रदेश सरकारलाई तेघरी वन क्षेत्रको जग्गाको भोगाधिकार प्राप्त नहुँदा विनियोजित रकम फ्रिज हुन पुग्यो ।

    त्यस्तै आर्थिक वर्ष २०७६/७७ को बजेट, नीति तथा कार्यक्रममा ‘प्रदेश राजधानीको संरक्षण, तटबन्ध, घेरा, पर्खाल निर्माण र सम्भाव्यता अध्ययन’ का लागि रु पाँच करोड बजेट विनियोज भयो । तर, उक्त आर्थिक बर्षमा पनि कुनै काम अघि बढन सकेन ।
    आर्थिक बर्ष २०७७/७८ मा रु २० करोड ७४ लाख विनियोजन भएकामा सम्भाव्यता अध्ययनमा रु आठ करोड खर्च गरियो । यस्तै आव २०७८÷७९ मा विनियोजित रु दुई करोड ७२ लाख ८० हजार बजेट पनि कार्यान्वयन हुन नसकेपछि चालु आव २०७९/८० मा भने बजेट विनियोजन नगरिएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले बताउनुभयो ।

    सङ्घीय सरकारबाट अहिलेसम्म प्रदेश सरकारको नाममा जग्गा प्राप्ति नभएकाले ‘जग्गाको भोगाधिकार प्राप्तिका लागि आवश्यक पहल गरिने’ प्रदेश सरकारको आव २०७९/८० को नीति तथा कार्यक्रममा समेटिएको उहाँको भनाइ छ ।

    गोदावरीलाई प्रदेशको स्थायी राजधानी तोकिएपछि निकै खुसी भएका गोदावरी नगरपालिकाका स्थानीय बासिन्दा राजधानीका लागि आवश्यक भौतिक पूर्बाधारका काम रोकिएकामा निराश छन् । “प्रदेश सरकारले गोदावरीलाई स्थायी राजधानी बनाउने निर्णय गरेपछि उद्योग, कलकारखाना, व्यापार, व्यवसायसँगै गोदावरीका जनताको आर्थिक जीवनस्तरमा परिवर्तन आउने अपेक्षा राखेका थियौँ”, स्थानीय समाजसेवी खम्ब बुढाले भन्नुभयो, “तर संरचना नबन्दा गोदावरीवासीको आशा निराशामा परिणत भएको छ ।”

    राजधानीका लागि प्रदेश सरकारबाट पहल हुँदै आए पनि सङ्घीय सरकारबाट जग्गा प्राप्तिमा ढिलाइ र सर्वोच्चमा परेको रिटले राजधानी कार्यान्वयन अड्किएको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारीले बताउनुभयो ।

    प्रदेश सरकारले जग्गा भोगाधिकार हस्तान्तरण गर्न २०७५ माघ २० मै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरेको बताउँदै उहाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि वातावरणीय प्रभाव मूल्याङ्कन गरिदिन २०७५ चैत २४ मा प्रधानमन्त्री कार्यालय र सङ्घीय वन मन्त्रालयलाई पत्र पठाएको बताउनुभयो । उहाँका अनुसार २०७६ भदौ १५ मा प्रधानमन्त्री कार्यालयले मुख्यमन्त्री कार्यालयलाई वातावरणीय प्रभाव मूल्याङ्कनपछि जग्गाको भोगाधिकार प्रक्रिया अघि बढाउने जवाफ दिएको थियो ।

    तर २०७६ असोज २९ मा सङ्घीय वन मन्त्रालयले सबै अधिकार प्रदेशलाई नै गएको भन्दै वातावरणीय प्रभाव मूल्याङ्कनसहितका सबै काम प्रदेशले नै गर्नुपर्ने सुझाएको थियो । त्यतिबेला प्रदेशको छुट्टै ऐन नभएकाले काम अघि बढ्न नसकेको जनाइएको छ । अहिले प्रदेश सरकारले वन ऐन बनाएर सम्भाव्यता अध्ययनसमेत पूरा गरी सङ्घीय सरकारलाई फाइल पठाइसकेको मन्त्री सोडारीको भनाइ छ । तर, वन मन्त्रालयले त्यसको अख्तियारी प्रदान गर्न ढिलाइ गरिरहेको बताइएको छ ।

    विसं २०७६ पुस १५ गते अधिवक्ता मनिषकुमार श्रेष्ठसहित नौ जनाले प्रदेशको राजधानी घोषणा अवैज्ञानिक भएको भन्दै सर्बोच्च अदालतमा रिटमा दाबी गर्नुभएको थियो । सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता कुलानन्द पाध्यायकाले कारण देखाउ आदेश जारी गरिएको मुद्दामा पटक–पटक पेशी तोकिए पनि थप सुनुवाइ नभएको बताउनुहुन्छ ।

    प्रदेशको नाम र राजधानी सिफारिसका लागि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का सांसद तारा लामा तामाङ संयोजकत्वमा गठित समितिकै सिफारिसलाई प्रदेशसभाको बैठकमा दूइ तिहाइ पास गरेको थियो ।

    तर समितिको प्रतिवेदनमा तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले भने असहमति जनाएका थिए । प्रदेशको नाम र राजधानीमा सहमति नजुटेपछि प्रदेशसभाको बहुमतले यसको टुङ्गो लगाएर प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’कायम गरिएको थियो । प्रदेशसभाका ५३ सांसदबाट ३६ मत आवश्यक रहेकामा ३८ मत खसेको थियो । तत्कालीन प्रतिपक्षी दलमध्ये कांग्रेसका १२ र राजपाका दुई गरी १४ प्रदेशसभा सदस्यले सो प्रस्ताव बहिष्कार गरेका थिए ।

    धनगढीबाट २२ किलोमिटर उत्तरमा रहेको गोदावरी पर्यापर्यटनका लागि उचित गन्तव्य पनि हो । तीन सय ५० हेक्टर क्षेत्रफलमा फैलिएको गोदावरीको जङ्गल र जीव तथा वनस्पतिको पर्यावरणीय उत्तिकै महत्व मानिन्छ । रासस

    बुधबार, असोज १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.