• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

चोरशिकारीले मारे एक सय ७९ वटा दुर्लभ एकसिङ्गे गैँडा


  •   बुधबार, असोज १२, २०७९ मा प्रकाशित
  • नवलपुुर, १२ असोज ।

    Advertisement

    चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा संरक्षण निकै चुनौतीपूर्ण बन्दै गएको छ । चोरीसिकारी र बासस्थान अभाव हुँदा नेपालकै पहिलो राष्ट्रिय निकुञ्जमा सो समस्या बढ्दै गएको हो ।

    विसं २०२९ मा स्थापना भएका यस निकुञ्जमा २०५५ सालदेखि हालसम्म एक सय ७९ वटा गैँडा चोरसिकारीका कारण मरेका छन् । निकुञ्जको स्थापनापछि झन्डै डेढ दशक रोकिएको गैँडाको चोरीसिकार विसं २०४० को दशकपछि पुनः सुरु भई द्वन्द्वकालमा ह्वात्तै बढेको निकुञ्जको तथ्याङ्कले देखाएको छ । चितवनमा विसं २०५६ देखि २०६६ को बीचमा एक सय ५८ वटा गैँडा चोरीसिकारीका कारण मरेका थिए भने आर्थिक वर्ष ०५८/५९ मा एक वर्षकै अवधिमा ३८ वटा गैँडा चोरीसिकारीका कारण मारिए । यो तथ्याङ्क नै चोरीसिकारीका कारण सबैभन्दा बढी गैँडा मरेको वर्षका रुपमा रहेको छ ।

    दुई आव ०६९/७१ र ०७३/७४ मा एक÷एकवटा गैँडा चोरीसिकारीका कारण मरेका थिए । यसपछि केही वर्ष रोकिएको गैँडाको चोरीसिकारी आव २०७७/७८ मा तस्करले एक्कासि चारवटा गैँडा मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । गत आव २०७८/७९ मा चोरीसिकारीका कारण दुईवटा गैँडा मारिएका छन् । आव २०७१/७३ (दुई आर्थिक वर्ष)सम्म लगातार तथा २०७४/७७ (तीन आर्थिक वर्ष)सम्म चितवनमा गैँडाको चोरीसिकार भएन । सो समय निकुञ्जले ‘शून्य चोरीसिकारी वर्ष’समेत मनाएको थियो ।

    आव २०७४÷७५ देखि एक हजार दिनसम्म चोरीसिकारीका कारण निकुञ्जमा कुनै पनि गैँडा नमरेका भन्दै निकुञ्जले उत्सवसमेत मनाएको थियो । यद्यपि अहिले पछिल्ला दुई वर्षदेखि निकुञ्जमा चोरीसिकारी र कालगतिका कारण गैँडाहरु भकाभक मर्ने क्रम बढेपछि संरक्षणमा चुनौती थपिएको छ । प्राकृतिक कारणले पनि गैँडा मर्ने क्रम बढ्दो अवस्था रहेको छ । गैँडा बुढो भएर, एकापसमा जुधेर, दलदलमा फसेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र साना केटोलाई बाघले खाइदिएर मर्ने गरेका छन् । गत आव २०७८/७९ मा निकुञ्जमा ३७ गैँडा प्राकृतिक कारणले मरेको देखिन्छ ।

    अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३३ र आव २०७६/७७ मा ४३ गैँडा प्राकृतिक कारणले मरेका छन् । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादवले पछिल्ला वर्षहरुमा गैँडा संरक्षणमा चुनौती थपिँदै गएको बताउनुभयो । गैँडा संरक्षणको सबैभन्दा ठूलो समस्या भनेको चोरीसिकारी भएको यादवको भनाइ छ । गैँडाको उचित प्राकृतिक बासस्थान नहुँदा मानव बस्तीमा आउने कारण मानव र गैँडाबीचको द्वन्द्व पनि बढिरहेको उहाँको भनाइ थियो ।

    गैँडा संरक्षणको अर्को चुनौतीका रुपमा गैँडाहरु दलदलमा फस्ने र बाढीले बगाएर लैजाने समस्या रहेको उहाँले जानकारी दिनुभयो । निकुञ्जभित्र पर्याप्त मात्रामा घाँसेमैदान निर्माण तथा व्यवस्थापन र चोरीसिकारी नियन्त्रणमा ध्यान दिने हो भने गैँडा मर्ने क्रम घट्ने पूर्व संरक्षण अधिकृत यादवको भनाइ छ ।

    यस्तो अवस्थामा निकुञ्जले गैँडा संरक्षणका लागि चरिचरनको व्यवस्थापन र चोरीसिकारी नियन्त्रणका लागि जनशक्ति परिचाल गर्नुपर्ने चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना बताउनुभयो । घाँसेमैदान व्यवस्थापन तथा गैँडा आहाल बस्ने पोखरी निर्माण गरी उचित बासस्थानसहित गैँडा मर्ने क्रम रोक्नका लागि निकुञ्ज लाग्नुपर्ने उहाँको भनाइ छ । गैँडा राति सक्रिय हुने र दिउँसो झाडीमा लुकेर बस्ने तथा एकान्त ठाउँमा आहाल बस्ने वन्यजन्तु हो  ।

    निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले गैँडाको चोरीसिकारलाई शून्यमा राख्ने आफूहरुको उद्देश्य भएको जानकारी दिनुभयो । निकुञ्जले नेपाली सेना, नेपाल प्रहरी तथा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा तस्करीलाई पक्राउ गर्ने क्रम अघि बढाएको उहाँको भनाइ छ । समुदायको सहभागिता बिना गैँडाको संरक्षण गर्न चुनौती देखिएको उहाँको भनाइ छ । गैँडा चोरीसिकारीविरुद्ध समुदायको जागरुकता र संरक्षणका लागि चौतर्फी सक्रियता बढ्दै गएको उहाँको भनाइ छ ।

    निकुञ्जमा गैँडा मर्ने क्रम मात्रै बढेको छैन । यहाँ गैँडाको सङ्ख्यामा समेत वृद्धि भइरहेको छ । २०७८ को गणनामा देशभर सात सय ५२ गैँडा पाइएकामा निकुञ्जमा मात्रै ६ सय ९४ गैँडा भेटिएका थिए । बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा तीन गैँडा छन्  । अघिल्लो २०१५ को गणनामा चितवनमा ६सय पाँच गैँडा थिए । यसरी गैँडाको सङ्ख्या बढ्दा मानव बस्तीमा समेत आउने गरेका छन् । यसले मानव र गैँडाबीच द्वन्द्व बढ्दै गएको छ । रासस

    बुधबार, असोज १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.