• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

कञ्चनपुरमा सवारीसाधन दुर्घटनाको दर भयावह


  •   शुक्रबार, असोज २१, २०७९ मा प्रकाशित
  • दोधारा चाँदनी, २१ असोज ।

    Advertisement

    बिहीबार साँझ महेन्द्रनगरस्थित बसपार्क नजिक बसको ठक्करबाट मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका–८ का २० वर्षीय सुनिल रानाको मृत्यु भयो । एक दिनअघि बुधबार मात्रै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ हुलाकी सडकमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको ज्यान गयो । मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक कैलालीको धनगढी उपमहानगरपालिका–३ का २३ वर्षीय गुड्डु राना र सोही मोटरसाइकलमा सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० विकास बस्तीका २२ वर्षीय विशाल रानाको मृत्यु भएको हो ।

    गत साता मात्रै दुर्घटनामा परी ६ जना घाइते भएका छन् । गत सोमबार पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका–५ स्थित अर्जुनी ब्यारेक नजिकै भैँसीसँग अटोरिक्सा ठोक्किँदा शुक्लाफाँटा–७ का ४० वर्षीय पुना खत्री, अटोरिक्सामा सवार सोही ठाउँकी ४० वर्षीया राजमती भट्ट र उनका २३ वर्षीय छोरा पुष्पराज घाइते भए ।

    सोही दिन गाईसँग मोटरसाइकल ठोक्ँिकदा कृष्णपुर नगरपालिका–६ का ४८ वर्षीय टेकराम चौधरी र पछाडि सवार ५० वर्षीय बाधुराम चौधरी घाइते भए । त्यसैगरी महेन्द्रनगर बजारमा स्कुटर दुर्घटना हुँदा भीमदत्त–१२ का ३५ वर्षीय हेमन्त रावल घाइते भए । गत असारमा पनि पूर्व पश्चिम राजमार्गमा बसले ठक्कर दिँदा स्थानीय ३० वर्षीया बिमला जोशीको मृत्यु भएको थियो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो समय कञ्चनपुरमा सवारीसाधन दुर्घटनाको दर भयावह देखिएको छ । सवारीसाधन दुर्घटनामा परी हरेक वर्ष धेरैले अकालमै ज्यान गुमाउँदै आएका छन् । गत साउन १ गतेदेखि हालसम्म कञ्चनपुरमा दुर्घटनामा परेर आठजनाको ज्यान गइसकेको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । गत आर्थिक वर्षमा जिल्लाभरि एक सयभन्दा बढी सवारीसाधन दुर्घटनामा परेका थिए । ती दुर्घटनामा परी ३१ जनाको मृत्यु भयो भने ६१ जना गम्भीर घाइते भएका थिए । यसैगरी ६४ जना सामान्य घाइते भए ।

    सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेका छन् । जिल्ला ट्राफिक कार्यालयका प्रमुख उमेश चन्दका अनुसार पछिल्लो समय सवारीसाधनको अत्यधिक चाप र सडक साँघुरो भएका कारण दुर्घटना बढी हुने गरेका छन् । “सडक साँघुरा छन्, यात्रुको चाप धेरै भयो”, उहाँले भन्नुभयो, “सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन्, नागरिक सचेत हुन जरुरी छ ।” उहाँले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सवारीसाधनका चालकलाई प्रशिक्षण दिएर सचेत गराउने कार्यक्रम गर्दैआएको बताउनुभयो ।

    सामाजिक अभियन्ता मदन चन्द चालक र सरकारी निकाय दुर्घटनामा उत्तिकै दोषी देख्नुहुन्छ । “चालकको लापर्बाही त छँदै छ, सरकारी पक्षको पनि गल्ती देखिन्छ,” उहाँले भन्नुभयो, “चालकले थाहा भएर पनि ट्राफिक नियम उल्लङ्घन गर्दैआएका छन्, तर त्यसको अनुगमन छैन ।” उहाँले चालक, ट्राफिक प्रहरी, आम नागरिक सबै सचेत भए मात्रै दुर्घटना न्यूनीकरण हुने बताउनुभयो ।

    स्थानीय लक्ष्मी जोशी पछिल्लो समय मोटरसाइकल बढी दुर्घटना भइरहेको बताउँछन् । “मोटरसाइकल चालक अन्धाधुन्द चलाउँछन्, क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाइराखेका हुन्छन्”, उहाँले भन्नुभयो, “कानुन पनि फितलो भएका कारण दुर्घटना बढिरहेका छन् ।” उहाँले सवारी दुर्घटनामा मानवीय क्षति भए पनि आर्थिक लेनदेनमा कुरा मिलेर चालकलाई कारबाही नहुने भएका कारण पनि उनीहरुले लापरबाही गर्ने गरेको बताउनुभयो । रासस

    शुक्रबार, असोज २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.