चितवन, २२ असोज ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला गैंडाकोटका अन्दाजी ३५ बर्षीय शंकर श्रेष्ठ शनिबार रत्ननगरमा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ३ बजेर ४० मिनेटमा रत्ननगरपालिका वडा नम्बर ९ स्थित पूर्व वडा अध्यक्ष रोशन आचार्यको घरको कम्पाउण्डभित्र उनी मृत फेला परेका हुन् ।
यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।




