• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

निर्वाचन २०७९ : मनोनयन दर्ता आज, अधिकांश उम्मेदवारको टुंगो


  •   आइतबार, असोज २३, २०७९ मा प्रकाशित
  • भरतपुर, २३ असोज ।

    Advertisement

    आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते आइतबार मनोनयन दर्ता हुँदै छ । देशभर प्रतिनिधिसभाका लागि १६५ र सातै प्रदेशका प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा एकैदिन उम्मेदवारको मनोनयन दर्ता हुने छ ।

    दलहरूले शनिबार रातिसम्म अधिकांश क्षेत्रमा उम्मेदवारको टुंगो लगाएका छन् । बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन दर्ता गरिसक्नु पर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइसकेको जनाएको छ ।

    शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गरे ।

    उनले मनोनयनपत्र दर्ता गर्दा नेपालको संविधान र विद्यमान कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, लिङ्ग, जाति, क्षेत्र र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयन गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गरे ।

    उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम केही पर सारिदिन वा तीन दिनसम्म उक्त कार्यक्रम निरन्तर गर्न आग्रह गरेको भए पनि दलले प्रायःअन्तिम समयमा मात्रै उम्मेदवारी मनोनयनको निर्णय गर्ने प्रवृत्ति रहेको र विद्यमान कानुनी अवस्थाभित्र निर्वाचन कार्यक्रम हेरफेर गर्ने आधार नदेखिएकाले कार्यक्रम यथावत राखिएको स्पष्ट पारे ।

    उनले उम्मेदवारले वारेसनामा वा प्रतिनिधिका माध्यमबाट पनि मनोनयनपत्र दर्ता गराउन सक्ने भएकाले सोका लागि आधिकारिक पत्र, वारेसनामा र निस्साजस्ता कागजात सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपलब्धसम्म गराएर दल र उम्मेदवारलाई सहजीकरण गर्न आयोग तयार रहेको उनले बताए ।

    ५ बजेसम्म मनोनयन दर्ता गरेपछि आजै बेलुकी मनोनयन पत्र दर्ता गर्नेको नामावली प्रकाशन गरिने छ । उम्मेदवारको विरोधमा उजुरी दिनुपर्ने भएमा भोलि सोमबार १० देखि ३ बजेसम्म दिन सकिने छ ।

    आज दलहरू दलबलसहित निर्वाचन अधिकृतको कार्यालय जानेछन् । सम्भावित भीड नियन्त्रण गर्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले दलहरूलाई मनोनयनका लागि आउन फरक–फरक समय छुट्याइदिएको छ ।

    कार्यालयको सूचनाअनुसार नेकपा एमालेलाई २ बजे, नेपाली कांग्रेसलाई ३ बजे र नेकपा माओवादी केन्द्रलाई ३ः१५ बजे समय दिइएको छ । त्यसैगरी अन्य दललाई पनि एकअर्कासँग नजुध्ने गरी समय दिइएको कार्यालयले जनाएको छ ।

    अधिकांश क्षेत्रमा टुंगो

    राजनीतिक दलहरूले देशभरका अधिकांश क्षेत्रमा उम्मेदवार टुंग्याएका छन् । चितवनमा पनि शनिबार रातिसम्म लगभग टिकट टुंगिएको छ । नेकपा एमालेले चितवनको प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ टुंग्याएको छ ।

    १ मा सुरेन्द्र पाण्डे र २ मा कृष्णभक्त पोखरेलले एमालेबाट टिकट पाएका छन् । उनीहरू २०७४ मा पनि यसै क्षेत्रबाट निर्वाचन जितेका थिए । क्षेत्र नम्बर ३ मा भने एमालेले उम्मेदवारको अन्तिम टुंगो शनिबार रातिसम्म लगाएको छैन ।

    यहाँबाट एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने सिफारिस भएका छन् । तर, यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल भए विक्रम पाण्डेलाई समर्थन गर्ने सम्भावना पनि छ । त्यसको अन्तिम टुंगो भने लागेको छैन ।

    एमालेले तीनवटै क्षेत्रअन्तर्गतका प्रदेशसभा उम्मेदवार भने टुंग्याइसकेको छ । क्षेत्र नम्बर १ को ‘क’ मा जगन्नाथ थपलिया र ‘ख’मा प्रकाश खनाल सैलेशले टिकट पाएका छन् ।

    त्यस्तै क्षेत्र नम्बर २ को ‘क’ मा कृष्ण सिलवाल र ‘ख’मा देवी ज्ञवालीले टिकट पाएका छन् । क्षेत्र नम्बर ३ को ‘क’ मा सरस्वती विष्ट र ‘ख’ मा कृष्ण भुर्तेललाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।

    प्रचण्डले छोडेको ठाउँमा डा. भोजराज

    चितवन क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रले चिकित्सक डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ ।

    हाल भरतपुर अस्पतालका अध्यक्ष रहेका अधिकारीलाई मंसिर ४ गते हुने आम निर्वाचनमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने भएको हो । २०७४ को चुनावमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जितेको यस क्षेत्रमा आफूलाई टिकट दिने निर्णय पार्टीले गरेको डा. अधिकारीले बताए ।

    सो निर्वाचन क्षेत्र सत्ता गठवन्धनका तर्फबाट माओवादीको भागमा परेको छ । पश्चिम चितवनको पटिहानी घर भएका डा. अधिकारी भरतपुर अस्पतालमा अध्यक्ष हुनुअघि त्यहीँ विशेषज्ञ चिकित्सकका रुपमा कार्यरत थिए ।

    यसै क्षेत्रबाट उम्मेदवार बन्ने चर्चा गरिए पनि अन्तिम समयमा अध्यक्ष दाहाल गोरखा–२ सरेका छन् । माओवादीकै भागमा परेको चितवन ३ ‘ख’ मा माडी नगरपालिकाका पूर्वमेयर ठाकुर ढकाललाई उम्मेदवार बनाउने तय भएको छ । ३ ‘क’ भने कांग्रेसको भागमा परेको छ ।

    क्षेत्र नम्बर २ मा कांग्रेसले उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको छ । शिक्षा उद्यमी उनलाई उम्मेदवार बनाउने तय भएको कांग्रेसले जनाएको छ । त्यस्तै क्षेत्र नम्बर १ मा कांग्रेसले डा. विश्व पौडेललाई उम्मेदवार बनाउने तय भएको छ । क्षेत्र १ का प्रदेशसभामा समाजवादी र कांग्रेसले एक–एक सिट भाग लगाएका छन् भने २ का प्रदेशसभामा कांग्रेस र माओवादीको भागवण्डा छ । तर, शनिबार राति अबेरसम्म ती क्षेत्रका उम्मेदवारको अन्तिम टुंगो लागेको छैन ।

    यो समाचार कायाकैरन दैनिक पत्रिकामा प्रकाशित छ ।

    आइतबार, असोज २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.