• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. संघीय संसद्को बैठक बस्दै

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

को हुन उमेश श्रेष्ठ ? उनको उम्मेदवारी किन ?


  •   आइतबार, असोज २३, २०७९ मा प्रकाशित
  • चितवन । नेपाली कांग्रेसबाट चितवन क्षेत्र नम्बर २ मा प्रभावशाली नेता उमेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन । आज उनले २ नम्बर क्षेत्र को भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अपरान्ह ३ बजेतिर संघीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्तापछि पत्रकारहरुसंग कुरा गर्दै प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री समेत रहेका श्रेष्ठले समग्र चितवनको विकास र देशको आर्थिक समृद्धिको लागि नै आफू चितवन आएको बताए । उनले चितवन धेरै संभावना ठाउँ भएको र यहांँ अझै धेरै काम गर्न बाँकी रहेको भन्दै आफूले जितेमा यस क्षेत्रको आमुल परिवर्तन गर्नेमा विश्वास दिलाए ।

    Advertisement

    को हुन उमेश श्रेष्ठ ?

    २०१२ साल माघ २० गते पूर्वी नेपालको भोजपुर बजारमा जन्मिएका उमेश श्रेष्ठ हाल ललितपुर उपमहानगरपालिका ३, झम्सीखेलमा अस्थाई बसोबास गर्छन् । भरतपुर महानगरपालिका ५ कल्याणपुरमा पनि उनको घर, जग्गा छ । उनको हालको स्थाई ठेगाना यही हो । एक कार्यकाल संविधान सभा सदस्य र एक कार्यकाल प्रतिनिधिसभा सदस्य बनिसकेका श्रेष्ठ हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको राज्यमन्त्री हुन् । यसअघि उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्री थिए ।

    भोजपुरबाट एसएलसी दिएपछि उच्चशिक्षाको चाहना र अवसरको खोजीमा ५० वर्षअघि काठमाडौँ पुगेका उनले विगत ४२ वर्षदेखि शिक्षा क्षेत्रमा अनवरतरुपमा काम गर्दै आएका छन् । एमए, बिएडको अध्ययन पूरा गरेका श्रेष्ठले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्ष भई दुई कार्यकाल र अध्यक्ष भई दुई कार्यकाल काम गरिसकेका छन् । लिटिल एञ्जल्स एजुकेसन ग्रुपका संस्थापक अध्यक्ष श्रेष्ठ उच्च माध्यमिक विद्यालय एसोसिएसनका प्रमुख सल्लाहकार हुन् । यसअघि उनी उमावि एसोसिएसनको अध्यक्ष भइसकेका छन् ।

    काठमाडौँमा रहेको नेपाल एजुकेसन फाउन्डेसनका कार्यकारी अध्यक्ष श्रेष्ठ स्मल हेभन उच्च मावि चितवनको संस्थापक अध्यक्ष हुन् । ललितपुरमा रहेका लिटिल एञ्जल्स स्कुल, लिटिल एञ्जल्स कलेज अफ म्यानेजमेन्ट र आइडियल मोडेल स्कुलको पनि संस्थापक अध्यक्ष हुन् । श्रेष्ठ मिलेनियम पब्लिकेसन प्रा.लि. हात्तीवन, ललितपुरको अध्यक्ष पनि हुन् ।

    कृषि सम्वद्ध संस्थाहरु हिमालयन फ्लोरा ललितपुर, सगरमाथा टी स्टेट संखुवासभा, डाँडा बोखिम नमुना कृषि तथा परामर्श केन्द्र भोजपुर, जिरी एकीकृत नमुना कृषि तथा परामर्श केन्द्र दोलखा र अर्किड फार्म ललितपुरमा समेत श्रेष्ठ अध्यक्ष छन् । जनमैत्री अस्पताल काठमाडौँको सञ्चालक/अध्यक्ष रहेका उनी महेन्द्रनारायण निधि मेमोरियल सामुदायिक अस्पताल काठमाडौँ ट्रस्टिजको अध्यक्ष हुन् ।
    जलविद्युत परियोजनातर्फ पनि श्रेष्ठ सक्रिय छन् । माउन्टेन इनर्जी म्याग्दीका संस्थापक उनी भिजन इनर्जी रामेछाप, बुङ्गल र कालङ्गा हाइड्रो बझाङका निर्देशक हुन् । श्रेष्ठ बझाङको सानिगाड हाइड्रो र पाँचथर पावर कम्पनीको पनि अध्यक्ष रहेका छन् ।

    सिराइचुली होटेल भरतपुरको निर्देशक रहेका श्रेष्ठ चितवनको शुभकामना हाउजिङ एण्ड रियल स्टेटको अध्यक्ष हुन् । उनी सेन्टर पार्क रिसोर्ट चितवन र हिमालयन दृश्य रिसोर्ट धुलिखेलको पनि अध्यक्ष हुन् । उनले अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, स्विडेन, इटाली, पोर्चुगल, अफ्रिका, अष्ट्रेलिया, रुस, चीन, भारत, जापान, मलेसिया, स्पेन, डेनमार्क, नर्वे, कतार, भियतनाम, कम्बोडियालगायत तीन दर्जन मुलुकको शैक्षिक अवलोकन भ्रमण गरेका छन् ।

    विभिन्न स्वास्थ्य संस्थामा आवद्ध श्रेष्ठले कोरोना महामारीका बेला स्वास्थ्योपचारको क्षेत्रमा ठूलो योगदान पु¥याएका थिए । उनले कृषि, पर्यटन, जलविद्युत, बैंकिङ र उद्योग क्षेत्रहरुमार्फत देशमा दिगो आर्थिक विकास तथा रोजगारी सिर्जना गर्नुका साथै युवा उद्यमशिलता वृद्धिमा विशेष भूमिका निर्वाह गर्दै आएका छन् । श्रेष्ठले उनीद्वारा स्थापित लिटिल एञ्जल्स स्कुल र कलेजलाई सगरमाथा विश्वविद्यालयमा रुपान्तरण गरी दीर्घकालसम्म देशको उच्चशिक्षामा गुणस्तरीय तथा अनुसन्धानात्मक पठनपाठनमा टेवा पु¥याउने योजनाको आरम्भ गरेका छन् ।

    नेपालको समृद्धि र विकासको लागि शिक्षा, स्वास्थ्य, कृषि, जलविद्युत, पर्यटन, जडिबुटी, बैंकिङ, सञ्चार र प्रकाशन क्षेत्रमा आवद्ध भई काम गर्दै आएका श्रेष्ठ विगत पाँच वर्षदेखि राजनैतिक क्षेत्रमा क्रियाशील छन् । अब राजनीति र समाजसेवामार्फत देश र जनताको सेवा गर्ने लक्ष्य आफूले लिएको उनी बताउँछन् ।

    आइतबार, असोज २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.