चितवन, २६ असोज ।
चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवार जगदीश अर्यालले बुधबार आफ्नो उमेदवारी फिर्ता लिएका छन् । उनले निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी फिर्ता लिएका हुन् ।
अर्याल पूर्वजिल्ला शिक्षा अधिकारी हुन् । समृद्ध चितवन बनाउन गठबन्धनका उम्मेदवार श्रेष्ठलाई समर्थन गरेको अर्यालले बताए । “शिक्षा र स्वास्थ्यमा आमुल परिवर्तन गर्न उमेश श्रेष्ठले जित्नुपर्छ” उनले भने ।




