चितवन । स्थानीय निर्वाचनमा पार्टीले गरेको गठबन्धन र पार्टीको विधान विरुद्ध लागेका भनिएका चितवनका पांँचजना नेता तथा कायकर्ताको कारवाही फुकुवा भएको छ ।
उनीहरूको सक्रियता र केन्द्रको परिपत्र अनुसार जिल्लाका पाँच नेताको कारवाही फुकुवा गरिएको हो । फकुवा हुनेहरुमा राष्ट्रिय सभाका पूर्व सांसद भीमबहादुर श्रेष्ठ, नेपाल तरुण दल चितवनका पूर्व अध्यक्ष शम्भु अर्याल, पूर्व जिल्ला सचिव आनन्द राउत, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत र क्रियाशील सदस्य केशव पौडेल रहेका छन ।
पार्टीको निर्णय विपरीत बागी उम्मेदवारलाई सहयोग र समर्थन गरेको आरोपमा उनीहरु कारवाहीमा परेका थिए । उनीहरूलाई साविककै हैसियतमै काम गर्ने गरी निर्णय भएको चितवन कांँग्रेसले जनाएको छ । काँग्रेसको जिल्ला कार्यसमितिको बुधबार बसेको बैठकले असोज १७ गतेको पार्टीको परिपत्र अनुसार फिर्ता गर्ने निर्णय गरिएको पार्टी कार्यालयले जानकारी दिएको छ । उनीहरूसंगै कारवाही मा परेका तीन जनाको भने कारवाही फिर्ता भएको छैन ।
भरतपुर महानगरपालिकाको निर्वाचनमा पार्टीले गरेको चुनावी गठबन्धन विरुद्ध उम्मेदवारी दिएका जगन्नाथ पौडेल, प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेलको कारवाहीे फिर्ता नभएको हो । विधानअनुसार कारवाही भएकालाई केन्द्रले नै निर्णय गर्नुपर्ने प्रावधान भएकोले कारवाही फिर्ता नभएको हो ।




