चितवन । मंसीर ४ गते हुन गईरहेको संघीय तथा प्रदेश निर्वाचनको लागि चितवनमा पांँच दलीय गठबन्धनको समिती निर्माण गर्ने जिम्मा कांँग्रेस चितवन सचिव ध्रुव पोख्रेलले पाएका छन् ।
आज बसेको नेपाली कांग्रेस जिल्ला कार्य समितीको बैठकले पोख्रेललाई उक्त जिम्मेवारी दिएको हो ।
चितवन भरिका क्षेत्र, प्रदेश र वडाभित्रका गठबन्धनको संयुक्त समिती निर्माण गर्न क्षेत्रिय समितीसंगको समन्वयमा सचिवलाई जिम्मेवारी तोकिएको चितवन कांँग्रेसले जनाएको छ ।
बैठकले गठबन्धनका उमेद्वारलाई बिजयी गराउन वरिष्ठ नेताहरू क्षेत्र नंम्बर १ मा शेषनाथ अधिकारी, क्षेत्र नंम्बर २ मा उमा रेग्मी , क्षेत्र नंम्बर ३ मा टेकप्रसाद गुरूङ्गलाई तोकेको छ ।
निर्वाचन परिचालनको सचिवालय सञ्चालनको लागि जिल्ला सचिव सुर्य अर्याल,जिल्लाभरीको अनुगमन गर्न जिल्ला सभापति राजेश्वर खनाललाई तोकिएको छ ।




