चितवन, २८ असोज ।
मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर दुईबाट प्रत्यक्षतर्फ उम्मेदवार उमेश श्रेष्ठले घरघर पुगी मतदातासँग भेटघाट गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री श्रेष्ठले शुक्रबार बिहान भरतपुर महानगरपालिका वडा नम्बर १० बाट घरदैलो सुरु गरेका हुन् ।
मतदातासँगकाे भेटघाटका क्रममा श्रेष्ठले समग्र चितवनको विकासका लागि आफूलाई अत्यधिक बहुमतले विजयी गराउन आग्रह गरे । उनलाई पाका मतदाताले शिरमा हात राखी विजयी हुनु भन्दै आशीर्वाद समेत दिएका छन् । वयोवृद्ध मतदाताको आशीर्वादले आफूलाई नयाँ ऊर्जा प्राप्त भएको श्रेष्ठले बताए ।




