चितवन । देशभर चुनावी सरगर्मी बढेसंँगै चितवनमा पनि चुनाव रोचक र घोचक बन्दै गएको छ । हरेक दल र स्वतन्त्र उम्मेद्वार चुनावी अभियानमा सक्रिय बन्दै गएका छन । तर यसपटकको चुनाव पनि पांँच दलीय गठबन्धन र नेपाल कम्युनिष्ट पार्टी (एमाले) गठबन्धन बीच तीब्र प्रतिस्पर्धामा देखिएको छ । चुनावी मैदानमा होमिएका यी दुईपक्ष बीच कसले बाजी मार्ने हो यकिन छैन । तर चितवनको चुनावी माओल पनि तातिएको छ ।
बिहान देखि बेलुकासम्म उम्मेद्वारहरु भेटघाट र मत माग्न व्यस्त हुंँदै आएका छन । चितवनका ३ वटा क्षेत्र मध्ये क्षेत्र नम्बरको २को चुनावी माओल अत्यन्त फरक देखिएको छ । यो क्षेत्रमा नेकपा एमालेका उम्मेद्वार कृष्णभक्त पोख्रेल र राज्यमन्त्री तथा नेपाली कांँग्रेसका उम्मेदवार उमेश श्रेष्ठ चुनावी मैदानमा छन । यी दुबै कार्यकर्ताका साथ घरदैलो अभियानमा सक्रिय छन । यसैक्रममा आज श्रेष्ठ र पोख्रेल चुनावी घुरदैलो गर्ने क्रममा कालिका नगरपालिाकमा जम्का भेट भयो । उनीहरुबीच केहीबेर भलाकुसारी समेत भयो । एक अर्काले आदरसाथ हात मिलाएर जितको शुभकामना दिएका थिए ।




