चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणी नदीमा सिग्नेचर पुल निर्माणको लागि ठेक्का आह्वान भएको छ । हाल सञ्चालनमा रहेको पुलको नजिकै सिग्नेचर पुल बनाउने गरी ठेक्का आह्वान भएको हो । सडक विभागको पुल शाखाले सिग्नेचर पुल बनाउने गरी आज ठेक्का आह्वान गरेको छ । पुल निर्माणको लागि ठेक्का आह्वान भएलगत्तै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बधाई दिएकी छन् ।
हाल सञ्चालनमा आएको नारायणी नदीको पुल निकै जीर्ण भइसकेको छ । यो पुलमा कुनैपनि समय ठूलो दुर्घटना हुनसक्ने भन्दै नयाँ पुल निर्माणका लागि पटकपटक जनस्तर तथा अन्य संसघ संस्थाले पनि नयांँ पुल बनाउनका लागि दबाब दिदै आएका थिए ।




