• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

रवि लामिछानेको दिवास्वप्न : चुनावपछि रास्वपा सरकार


  •   बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
  • चितवन, २ कात्तिक ।

    Advertisement

    गत साउन २० गतेसम्म नेपालमा दर्ता भएका ११६ वटा दलमध्ये एक दल हो, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । पार्टी दर्ता नम्बर १८७ रहेको रास्वपा दर्ता भएकामध्ये ११३औँ दल हो । यसका सभापति हुन् चर्चित सञ्चारकर्मी रवि लामिछाने । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका लामिछानेले चुनावपछि आफ्नो पार्टीको सरकार बनाउने सपना देखेका छन् ।

    लामिछानेको यो सपना दिवास्वप्न हो । दिउँसै देखिने सपनालाई दिवास्वप्न भनिन्छ, जुन कहिल्यै पूरा हुँदैन । त्यसो त रातमा देखिने सपना पनि पूरा हुँदैनन् । दिउँसो होस् वा राति, सपना देख्न पाइन्छ । तर यस्तो कहिल्यै पूरा नहुने सपना देखाएर मतदातालाई झुक्याउन पाइँदैन । रास्वपाले चुनावपछि सरकार बनाउने आधार के हो ? केही पनि छैन ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना सदस्य प्रत्यक्ष र ११० जना समानुपातिक मतबाट निर्वाचित हुन्छन् । रास्वपाले प्रत्यक्षतर्फको १६५ क्षेत्रमध्ये १३१ क्षेत्रमा मात्रै उम्मेदवारी दिएको छ । प्रत्यक्षतर्फ ३४ क्षेत्रमा उम्मेदवारी नै दिन नसकेको रास्वपाले चुनावपछि सरकार बनाउँछु भनेर नारा फलाक्दै हिँड्नु आकासको तारा झारिदिन्छु भने बराबर छ । ११० समानुपातिक सिटबाट कति सिट पाउला रास्वपाले ? प्रत्यक्ष चुनाव जितेर कति सिट ल्याउला ? अनि सरकार बनाउन चाहिने कम्तीमा १३८ सिट आउँछ रास्वपाको ? आउँदैन । फ्यानहरुको दुईचार दिनको हाइहाइले चुनाव जितिँदैन । रास्वपाले सरकार बनाउने कुरा एकछिनको लागि परै राखौँ । स्वयं लामिछानेले चितवनमा चुनाव जित्ने आधार समेत छैन ।

    क्षेत्र नम्बर २ मा उमेश श्रेष्ठ अगाडि

    चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राज्यमन्त्री उमेश श्रेष्ठ उम्मेदवार छन् । भरतपुर महानगरपालिका ५, कल्याणपुरका स्थायी बासिन्दा श्रेष्ठ विकासप्रेमी नेताका रुपमा परिचित छन् । स्थानीय निर्वाचनमा भरतपुरको मेयरमा रेनु दाहाललाई निर्वाचित गराउन विशेष भूमिका खेलेका श्रेष्ठ गठबन्धनबाट सबैभन्दा बलियो उम्मेदवारका रुपमा देखा परेका छन् ।

    शिक्षा, स्वास्थ्य, ऊर्जा र पर्यटन क्षेत्रमा ठूलो लगानी गरेका श्रेष्ठले अबका दिनमा राजनीति र समाजसेवामार्फत् आफूलाई जनतामा समर्पित गर्ने पवित्र भावनाले आफू चितवन २ बाट प्रतिनिधिसभा सदस्य पदमा प्रत्यासी रहेको बताए । उनले आफूलाई चितवन क्षेत्र नम्बर २ का जनताले अत्याधिक बहुमतले विजयी गराउनेमा आफू ढुक्क रहेको सुनाए । कांग्रेस नेता श्रेष्ठले आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आफूले पाउने तलब र भत्ता नलिने घोषणा गरिसकेका छन् ।

    श्रेष्ठविरुद्ध नेकपा एमालेबाट नेता कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि उम्मेदवारी दर्ता गराएका छन् । पोखरेल विगतमा यसै क्षेत्रबाट निर्वाचित भए पनि यसपटक एमाले टुक्रिएको र माओवादी केन्द्रको साथ कांग्रेसलाई रहेकोले अन्तिम नतिजा उनको पक्षमा पर्ने देखिँदैन । स्वतन्त्र पार्टीका लामिछाने रैथाने नभएको र उनले पहिले चितवन ३ बाट उम्मेदवारी दिने चर्चा चलेकोमा अन्तिम समयमा आएर चितवन २ बाट उम्मेदवारी दर्ता गराएको कारण उनकै पार्टीका मतदाता उनीसँग चिढिएका छन् । यसले कांग्रेसका श्रेष्ठलाई जित्न सघाउने आँकलन गरिएको छ ।

    चितवन २ मा भरतपुर महानगरपालिकाभित्रका १० वटा वडा, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्छन् । यो भुगोल र यहाँका मतदाताबारे रास्वपाका सभापति रवि लामिछाने आधा पनि जानकार छैनन् । टेलिभिजनमा कार्यक्रम चलाएर सेलिब्रेटी बनेका लामिछानेको नामै नसुनेका मतदाता यस क्षेत्रको पहाडी भूभागमा प्रशस्त छन् । आफैँले जित्ने टुंगो नभएका लामिछानेले सरकार बनाउने सपना देखेका छन् । सपना देख्न पाइन्छ ।

    बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.