चितवन, ४ कात्तिक ।
वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठ अस्वस्थ भएकी छिन्। गत असोज २५ गतेदेखि उनी निमोनियाबाट अस्वस्थ भएकी हुन् ।
उनीलाई पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ । उनका धर्मपुत्र टङ्कनाथ पौडेलका अनुसार पन्चानब्बे वर्षीया वरिष्ठ समाजसेवी श्रेष्ठ चितवन मेडिकल कलेजमा उपचाररत छिन् ।
नेपाल आमा सम्मानबाट सम्मानित पूर्वसांसद श्रेष्ठ यहाँस्थित मैयादेवी कन्या क्याम्पसको संरक्षक हुन । धर्मपुत्र पौडेलका अनुसार दानवीरका रूपमा परिचित श्रेष्ठले हालसम्म दान गरेका सम्पत्ति रु एक अर्ब भन्दा माथिको रहेको छ । रासस





