• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ६. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

यी हुन् तिहार सम्झाउने देउसीभैलो गीत


  •   आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित
  • काठमाडौँ, ६ कात्तिक ।

    Advertisement

    नेपालीको घरआँगनमै तिहार आइसक्यो । तिहार भन्नुबित्तिकै देउसी भैलोलाई बिर्सिने कुरा नै भएन । त्यसमा पनि नेपाली गीत सङ्गीतलाई देउसी, भैलो गीतले वषौँदेखि अजर अमर बनाउँदै आएको छ । तर पछिल्ला केही वर्षयता विस्तारै मादल, बाँसुरी, भ्mयाली बजाएर खेलिने देउसी लोप हुँदै गएको छ । प्रविधिको विकाससँगै डिजेमा देउसी गीत बजाएर देउसी, भैलो खेल्ने चलन बढेको छ । यसरी देउसी, भैलोसँगै बज्ने यी गीतहरूले जहिले तिहारमा रौनक थप्ने गरेको छ ।

    तिहारै आयो लौ झिलिमिली…..

    नेपाली पुरानो चलचित्र स्वर्गमा रहेको यो गीतको पहिलो धुन बजेपछि बल्ल तिहारको रौनक बढ्छ । यो गीतको धुनसँगै हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको सम्म आइपुग्दा माहोल उल्लासमय हुन्छ र हरेक नेपालीले तिहार आएको अनुभूति गर्छन् । यो गीत तिहारका लागि त मुख्य गीत नै हो । त्यसैले यस गीतलाई तिहार, देउसी भैलोमा बज्ने गीतमा सम्झिनै पर्छ । लोचन भट्टराई र नूतन प्रधानले गाएको यस गीतमा सङ्गीत यादव खरेलको छ । विशेषगरी भैली गीत रहेकाले यसमा चेलीहरुको भैली गीतको सुगन्ध पाइन्छ । यस गीतलाई नेपाली चलचित्रको गीतहरुमा चाडबाड समेटिएको उत्कृष्ट गीतमा पनि लिन सकिन्छ । हरेक देउसी भैलो खेल्ने समूहले यो गीतलाई प्राथमिकतामा बजाउँदै नृत्य गर्ने गरेका छन् ।

    सिमल बारुलै….

    नवीन खड्का, पुस्तका खड्का र साथीहरुको स्वरमा सजिएको देउसी गीत सिमल बारुलै सम्भवतः एक दशकदेखि नेपालका गाउँ सहर जतातै बढी घन्किने देउसी गीत हो । यो गीत घन्किन थालेपछि धेरै देउसी समूहले यसै गीत बजाएर देउसी खेल्ने गरेका छन् । करिब १८ मिनेटको यो गीतमा देउसी खेल्न आउनेहरुले घर प्रवेश गरेदेखि बिदा हुनुपूर्वका सबै भाका र शब्दहरुलाई सयपत्रीको माला उनेजस्तै गरी उनिएको छ । एकान्त रातमा देउसी, भैलोको आवाजसँगै कुकुर भुकेपछि घरमा हुने बूढाबूढीको संवादबाट सुरु हुने देउसी रोचक छ । भट्याउने देउसी भन्नेसँगै बीचबीचमा आएका पूर्वेली भाकाले छुनसम्म मन छुन्छ । यसकारण पनि यो गीत देउसीको सदावहार गीतभन्दा फरक पर्दैन ।

    ढक र मक फूलैमा र फुल्यौ सिमल बारुलै फूलबारी हजुर बगानमा
    नाचनी र आयौ खेलनी र आयौं सिमल बारुलै लक्ष्मी हजुर आँगनमा
    ए आ है…. हहहाहाहहा….

    देउसी नृत्यका रुपमा दर्शकमाझ ल्याइएको यो गीतको सङ्कलन लक्ष्मी पराजुलीले गरेकी हुन् । नेपाली लोक सांस्कृतिक केन्द्रले ल्याएको यो गीत हाम्रो भाका हाम्रो संस्कृत एल्बमको भाग २ मा समावेश छ । यस गीतमा सांस्कृतिक केन्द्रलाई मरुवा माझगाउँ सङ्खुवासभाका स्थानीयवासीले देउसी खेल्न सघाएका छन् । यसर्थमा यो पूर्वेली माटोको सुगन्धले भरिएको भाका हो । तर विस्तारै यो भाकाले देशभरका गाउँगाउँ सम्म घन्किने र मन छुने गरेको छ । देउसीको सुरुआतदेखि आशिक दिने र बिदा हुनेसम्मका सवै विषयलाई लय मिलाएर भाका बनाइएकाले पनि यो गीत देउसी खेल्नका लागि पूर्ण गीत हो ।

    फूलको थुङ्गा टपक्कै टिपी….

    फूलको थुङ्गा टपक्कै टिपी देउराली चढाउँदै
    देउसीमा आयौँ भैलेनी आयौँ तिहार मनाउँदै

    अरुण उपत्यकाको यो गीतमा पनि नवीन खड्का, पुस्तका खड्का र साथीहरुको स्वर सुन्न सकिन्छ । पूर्वेली लोकसंस्कृति संरक्षणमा अब्बल अरुण उपत्यकाको लोकसुसेलीहरुको संरक्षणमा लामो समयदेखि कृयाशील खड्काको स्वरमा सजिएको यो गीत पनि नेपाली माटोको सुगन्ध बोकेको देउसी गीत हो । यस गीतको अध्ययन सङ्कलन नवीन खड्काले गरेका हुन्। सङ्गीतमा खड्कालाई यस गीतमा शिलाबहादुर मोक्तानले पनि सघाएका छन् । आधा दशक अघिदेखि स्रोत दर्शकमाझ आएको यो गीत पनि पूर्वेली माटोको गीत हो । १३ मिनेट बढीको यो गीत पनि देउसीको लागि तयार गरिएको पूर्ण गीत हो । देउसी सुरु, मध्य र आशिक दिंदै देउसी घरबाट बिदा हुने प्रकृयालाई समेटिएको यो गीत पनि देउसीका लागि महत्वपूर्ण गीत हो ।

    यसपालिको तिहारै रमाइलो….

    पछिल्लो समय देउसीसँगै नृत्य गर्ने परम्परा बढ्दो छ । नृत्य बिनाको देउसी समूहको आकर्षण नै घट्न थालेको छ । यसर्थमा सामूहिक रुपमा आयोजना हुने देउसी कार्यक्रमहरुमा नृत्य राखिएकै हुन्छ । यस्ता नृत्यमा छुट्दै नछुटेको गीतमा यो गीतलाई पनि लिन सकिन्छ । कोहिनुर चलचित्रको यो गीत चलचित्रसँगै धेरैले मन पराएको गीत हो । प्रमोद खरेल र अन्जु पन्तको स्वरमा रहेको यो गीत शम्भूजित बास्कोटाले सङ्गीत भरेका छन् । नेपाली देउसीको समयलाई दृष्यमा देखाइएकाले र समसामयिक तिहारसँग जोडिएको यो गीत पनि देउसीमा बज्ने उत्कृष्ट गीतमा पर्दछ ।

    देउसी, भैलो गीत देउसिरे भन साथी हो….

    नेपाली गीत सङ्गीतमा चाडबाडलाई लक्षित गरी नयाँ सिर्जना ल्याउने चलन कायम नै छ । नयाँदेखि चलेका पुराना सर्जकहरु यस्ता सिर्जना बनाउन लोभिन्छन् । यसैक्रममा यसवर्षका लागि भर्खरै मात्रै पशुपति शर्मा, शान्तिश्री परियार, सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको नयाँ देउसी गीत सार्वजनिक भएको छ । यसले पनि छोटो समयमा दर्शक स्रोताहरुको मन जितिरहेको छ । गुडलक नेपाल युट्युव च्यानलमा सार्वजनिक भएको यो गीतले १० दिनमै करोड ‘भ्युज’ पाइसकेको छ । मुख्यगरी पशुपति शर्माले मुख्य भूमिका निर्वाह गरेको यो गीतले पनि तिहारमा रमाइलो दिन थालेको छ ।

    यी गीतहरुका अलावा तिहार भन्ने बित्तिकै अन्याय चलचित्रको अधरमा आज उनकै छ गीत, आशा भोस्लेको दियो बाली साँझको, विजय पराजय चलचित्रको निधारमा लर्काएर सप्तरङ्गी टीका, राजु लामाको स्वरमा रहेको भाइटिकामा भेट्न आउँला बोलको गीतले पनि देश विदेशमा रहेका नेपालीको मन बिझाँउछ र बेस्सरी तिहार सम्झाउँछ । त्यस्तै टङ्क बुढाथोकीको भन भन भाइ हो, धर्मेन्द्र सेवानको देउसिरे, एक्स व्याण्डको देउसी भैलोलगायतका थुप्रै गीतलाई तिहारमा बज्ने गीतहरूका रुपमा लिन सकिन्छ । रासस

    आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    • ६.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.