चितवन, ८ कात्तिक ।
चितवन क्षेत्र नम्बर दुईबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठकाे चुनावी गीत प्रोफेसनल मीडिया ग्रुपका अध्यक्ष नवीनराज पौडेलले लेखेका छन् । सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको उक्त गीतले २४ घण्टामा १ लाख भ्युज पाएको पौडेलले बताए ।
विमलराज क्षेत्रीद्वारा संगीतबद्ध उक्त चुनावी गीत विमल र टीकाकुमारी क्षेत्रीले गाएका छन् । विष्णु परियारको छायांकन र सम्पादन रहेकाे यस गीतको म्युजिक भिडियोमा राजु लामिछाने, गीता क्षेत्री, कृष्ण परियार र कोमल पौडेलको अभिनय रहेकाे छ । उम्मेदवार श्रेष्ठले म्युजिक भिडियोमा भोट मागेको दृश्य समेटिएको छ ।
म्युजिक भिडियोको निर्देशन सरोज विरही कार्कीले गरेका हुन् । यसको कोरियोग्राफर सुमित लामा हुन् ।
https://youtu.be/LNIzD1cfODA




