• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

किबी खेतीबाट मनग्य आम्दानी लिँदै भारतीय सेनाका पेन्सनर


  •   बुधबार, कार्तिक ०९, २०७९ मा प्रकाशित
  • खोटाङ, ९ कातिक ।

    Advertisement

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका ६० वर्षीय दोर्जी शेर्पाले लगाउनुभएको किबीको बगानमा लटरम्म फलेर पाक्न लागेका करिब साढे आठ क्विन्टल किबीको फल छ । २०७३ सालबाट व्यवसायिक किबी खेती शुरु गर्नुभएका उहाँको दैनिकी अहिले त्यही किबीको हेरचाह तथा गोडमेलमा बित्दै आएको छ ।

    भारतीय सेनाका पेन्सनर उहाँलाई ६३ वर्षीया श्रीमती मेनुकाले समेत सहयोग गर्दै आउनुभएको छ । घर अगाडि रहेको ४० रोपनी खेतीयोग्य जमिनमा शेर्पाले आधिकारिक रुपमा फार्म दर्ता गरेर व्यवसायिक किबी खेती गर्नुभएको हो ।

    पहिलो वर्ष ३७५ बोट किबीको बिरुवा ल्याएर व्यवसायिक खेती शुरु गर्नुभएका उहाँका फार्ममा यस वर्ष करिब रु २५ लाख मूल्य बराबरको किबी उत्पादन भएका छन् । दुईजना निम्न आर्थिक अवस्थाका स्थानीय बासिन्दालाई बस्न र खानसँगै मासिक रु आठ÷आठ हजारका दरले रोजगारीसमेत दिनुभएका उहाँले लगाउनुभएको किबीले रोपेको तीन वर्षदेखि नै उत्पादन दिन थालेको थियो ।

    उहाँले उत्पादन गर्नुभएको किबी दिक्तेलबजार, हलेसी, धरान, काठमाडौँ लगायतका ठाउँहरुमा बिक्री हुने गरेको छ । उहाँले भन्नुभयो, “यस वर्ष उत्पादन भएका किबी बगानबाट टिप्नु अगाडि नै ग्राहकको माग धान्न गाह्रो भएको छ । ”

    किबी खेती सम्बन्धी विभिन्न ठाउँमा पुगेर विज्ञहरुबाट तालिमसमेत लिनुभएका उहाँले टेलिभिजनमा हेरेर किबीको व्यवसायिक खेती शुरु गरेको जानकारी दिनुभयो । “किबी खेतीलाई अन्य बाली जस्तो दैनिक हेरचाह गरिरहनुपर्दैन रहेछ १ बगानभित्र आलु, सागसब्जी लगायतका नगदेबालीको खेतीसमेत हुन्छ”, उहाँले भन्नुभयो, “कम मेहनतमा बढी आम्दानी दिने हुँदा यस वर्ष थप विस्तार गर्ने तयारीमा छु ।”

    केपिलासगढी गाउँपालिका–१ फेदीका युवा कृषक धनकुमार राईले यस वर्ष करिब चार हजार ५०० केजी किबीको फल तथा ६० हजारभन्दा बढी बिरुवा उत्पादन गर्नुभएको छ । पहिलो वर्ष ४३३ केजी किबीको फल उत्पादन गर्नुभएका राई जिल्लामै पहिलो किबीको व्यवसायिक खेती शुरु गर्ने कृषक हुनुहुन्छ ।

    रोपेको करिब पाँच वर्षमा फल दिने किबीले राईको बगानमा तीन वर्षमै उत्पादन दिन थालेको थियो । राईले उत्पादन गर्नुभएको किबी अहिले प्रति केजी रु २०० देखि रु २५० सम्ममा घरैबाट बिक्री भइरहेको छ ।

    एउटै बोटबाट निरन्तर ५० वर्षसम्म उत्पादन दिने किबीको बिरुवासमेत राई आफैले उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । किबीको बिरुवा बिक्रीबाट मात्रै वार्षिक रु १५ लाख बढी आम्दानी हुने गरेको राईले बताउनुभयो ।

    राईले उत्पादन गर्नुभएको बिरुवा प्रतिगोटा रु ३०० मा घरबाटै बिक्री हुने गरेको जनाइएको छ । जिल्लामा किबीको व्यवसायिक खेती शुरु गर्ने कृषकको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले माग अनुसार बिरुवा उत्पादन गर्न गाह्रो भएको राईको भनाइ छ ।

    वि।सं। २०६८ माघमा मयुङ कृषि फार्म दर्ता गरेर दश रोपनी जग्गामा १२५ बोट बिरुवाबाट व्यवसायिक खेती शुरु गर्नुभएको राईले त्यसलाई बढाएर ४० रोपनी क्षेत्रफलमा ४५० बोट बनाउनुभएको छ । स्वीर सरकारको जागिर छाडेर व्यवसायिक किबी खेती शुरु गर्नुभएका उहाँले यस वर्ष मात्रै रु २१ लाख ६० हजार आम्दानी गर्नुभएको छ ।

    रहरै रहरमा किबी खेती शुरु गर्नुभएका राईका लागि अहिले किबीको फल तथा बिरुवा नै आम्दानीको आकर्षक माध्यम बनेको छ । सामाज शास्त्रमा स्नातक गर्नुभएका उहाँको फार्ममा अहिले ६० हजारभन्दा बढी बिरुवा मौज्दात रहेको पाइएको छ ।

    एउटा वयष्क किबीको बोटमा १०० देखि १५० केजीसम्म फल उत्पादन हुने गरेको युवा राईले बताउनुभयो । “बजार मूल्यमा अन्य फलफूलभन्दा किबी धेरै महङ्गो छ ।” उहाँले भन्नुभयो, “आफूले उत्पादन गरेको किबी बजार पु¥याएपछि चाख्नकै लागि भएपनि उपभोक्ताले खरिद गर्ने गरेका छन् ।”

    किबीको फल दिक्तेल, धरान, बिराटनगर, काठमाडौँ लगायत जिल्ला तथा बिरुवा खोटाङको विभिन्न स्थानीय र छिमेकी जिल्लाहरु सोलुखुम्बू, ओखलढुङ्गा, भोजपुर, इलाम, सङ्खुवासभा लगायतमा नियात हुने गरेको राईले बताउनुभयो । धनकुमारसँगै फेदीका आधा दर्जन घरका स्थानीय बासिन्दाले व्यवसायिक रुपमा किबी खेती गरेको छन् ।

    उता, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका शुभचन्द्र राईले किबीको फल तथा बिरुवा बिक्री गरेर लोभलाग्दो आम्दानी गरिरहनुभएको छ । बिगत आठ वर्षदेखि किबीको निरन्तर नर्सरी उत्पादन गर्दै आउनुभएका राईको फार्ममा यस वर्ष करिब साढे छ क्विन्टल फल उत्पादन भएको अनुमान गरिएको छ ।

    वि।सं। २०७१ सालमा शुभ कृषि फार्म दर्ता गरेर व्यवसायिक खेती शुरु गर्नुभएको राईले ३० रोपनी क्षेत्रफल जमिनमा किबी खेती गर्नुभएको छ । कानूनमा बिएल तथा समाज शास्त्र र राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएका राई पूर्वगाविस अध्यक्षसमेत हुनुहुन्छ ।

    वि।सं। २०५४ सालमा साविकको दोर्पाचिउरीडाँडा गाविसको अध्यक्ष हुनुभएका राईले अहिले किबी खेतीबाट वार्षिक रु २० लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । स्थानीय चारजना युवालाई रोजगारीसमेत दिनुभएका राईले पछिल्लो समय जुस उद्योगसमेत सञ्चालन गर्ने तयारी गरिरहनुभएको छ ।

    यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ छितापोखरीस्थित गोगनेका राजेश थापामगरले ४२ रोपानी जग्गामा किबी खेती गर्नुभएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश पुगेर फर्कनुभएका थापामगरले वि।सं। २०७५ सालमा नमूना अर्गानिक किबी फार्म दर्ता गरेर व्यवसायिक खेती शुरु गर्नुभएको हो ।

    आफूले उत्पादन गरेको किबी बोलेरो गाडीमार्फत काठमाडौँ, धरान, बिराटनगर लगायतका विभिन्न शहर पु¥याएर बिक्री गर्ने गरेको थापामगरले बताउनुभएको छ । “किबी महङ्गो खेती भएकाले सानो पुँजी हुनेले यसको खेती गर्न सक्ने अवस्छा छैन । तर, गरेको मेहनत खेर जाँदैन” उहाँले भन्नुभयो, “बजारको समस्या छैन । बिक्री नभए प्रशोधन गरेर खाद्यवस्तु बनाउन सकिन्छ । वाइन, जुस र रक्सी उत्पादन गरेर राम्रो आम्दानी लिन सकिन्छ । यसका लागि राज्यले कानूनी व्यवस्था गर्नुप¥यो ।”

    वि।सं। २०६८ सालबाट किबीको व्यवसायिक खेती शुरु गरिएको जिल्लामा अहिले अधिकांश क्षेत्रका कृषकले आ–आफ्नो क्षेत्रमा व्यवसायिक फार्म दर्ता गरेर किबी खेती शुरु गरेका छन् । लामो समय विदेश बसेका तथा गाउँमा बेरोजगार बसेका युवा आफ्नो खाली रहेका तथा भाडामा लिएको जग्गामा व्यवसायिक किबी खेती गर्नेको लहर नै चलेको छ ।

    छदेखि आठ मीटरको दूरीमा रोपिने किबीलाई अन्य बालीनालीलाई भन्दा कम मेहनत गर्दा पनि प्रयाप्त उत्पादन दिने र किबी खेती गरिएको क्षेत्रभित्र अन्य विभिन्न बालीनाली लगाएर दोहोरो फाइदा लिनसमेत सकिने कृषकहरुले बताएका छन् । समुद्री सतहबाट दुई हजार ५०० मीटरमाथि अर्थात् सुन्तला फल्ने क्षेत्रभन्दा माथि र स्याउ फल्ने क्षेत्रभन्दा तल्लो क्षेत्रमा किबी खेती गर्न उपयुक्त भूगोल मानिन्छ ।

    ब्रुनो र मन्टी प्रजातिको किबीसमेत उत्पादन हुँदै आएको जिल्लामा सबैभन्दा बढी हेवार्ड र रेड प्रजातिको किबीको राम्रो उत्पादन रहेको छ । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा प्रशस्त पानीको श्रोत र चिस्यान भएको खेतीयोग्य जमिन रहेकाले व्यवसायिक किबी खेती गर्न उपयुक्त भूगोल भएको कृषि विज्ञहरुले बताएका छन् ।

    व्यवसायिक रुपमा किबी खेती गर्ने कृषकलाई पछिल्लो समय सङ्घ, प्रदेश र स्थानीय सरकारले समेत अनुदान दिँदै आएको छ । सरकारले दिने अनुदानमा पहुँचवालाको मात्र हालीमुहाली रहेको जिल्लाका वास्तविक कृषकहरुले गुनासो गर्दै आएका छन् । रासस

    बुधबार, कार्तिक ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.